Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

प्रचण्ड र ओली फेरि भनाभन

काठमाडौं, ५ पुस । संसद्को गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमतिका लागि पहल थालेकी छिन् । उनले सोमबार आफ्नै कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बोलाएर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ– सभामुख घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग संविधान संशोधनलगायतका विषयमा सके सहमति नभए पनि प्रक्रियामा सहमति खोजेर जारी अवरोध खुलाउन आग्रह गरेकी हुन् । छलफलमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू अडानमै रहेपछि सभामुखले सहमतिका लागि तीन दिनको समय दिएको माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जानकारी दिए । बैठकमा सत्तापक्षका नेताहरूले एमालेले सदनको अवरोध अझै जारी राखे विरोधका बीच पनि विधेयक अगाडि बढ्ने बताएपछि एमाले नेताहरू सभामुख घर्तीलाई आफ्नो स्वविवेक प्रयोग गर्न आग्रह गर्दै बैठकबाट बाहिरिएका थिए । उनीहरूले संशोधन विधेयक फिर्ता नलिएसम्म संसद् चल्नै नदिने बताएका थिए । ओलीले भने, ‘पहिले हामीले गल्ती गरेका रहेछौँ, सच्यायौँ’ प्रधानमन्त्री : संविधान संशोधन गर्न दुईतिहाइ आवश्यक पर्छ । तपार्इं भन्दै हुनुहुन्छ– प्रतिपक्षी दलहरूसँग एकतिहाइ बढी मत छ । त्यसो हो भने संसद्लाई किन बन्धक बनाइरहनुभएको छ । संसद्को परम्परा, नियमावली, वैधानिक राजनीतिअनुसार सदनमा सरकारले जुनसुकै प्रस्ताव ल्याउन पाउँछ । त्यहीअनुसार सरकारले संशोधन विधेयक ल्याएको हो । त्यसलाई बलजफ्ती तपाईंहरू किन रोक्नुहुन्छ ? अर्कोतिर संशोधनलाई राष्ट्रघातसँग जोडिरहनुभएको छ । पहिला तपार्इंहरूले नै ल्याएको प्रस्ताव होइन त्यो ? तपार्इंहरूका पनि केही प्रस्ताव छन् भने ल्याउनुहोस्, किन यसरी संसद्लाई बन्धक बनाइराख्नुहुन्छ ? ओली : त्यसवेला गल्ती भएको कुरा हामीलाई स्वीकार्य छ । हामीले कमजोरी गरेका रहेछौँ । तर, सच्यायौँ । पहाडलाई अलग गर्ने र तराईलाई मात्र समेट्ने गरी आएको ५ नम्बर प्रदेशको कुरालाई कसरी मान्न सकिन्छ ? यो कालान्तरमा नेपालको तराई क्षेत्रलाई पहाडबाट अलग गराउने उद्देश्यसँग जोडिएर आएको छ । यसलाई मानेर जान सकिँदैन । हामी संशोधन मान्दैनौँ । यो प्रस्तावमा हामी संशोधन पनि हाल्दैनौँ, संशोधन फिर्ता लिनुपर्छ । गलत रूपमा ल्याइएको प्रस्ताव फिर्ता नलिएसम्म संसद्मा अवरोध गरिरहन्छौँ । पहिले अहिलेकै संशोधनको स्वरूपमा कांग्रेस–एमालेले संघीयतामा प्रस्ताव ल्याएर गल्ती गरेका थिए । हामीले अहिले सच्याएका छौँ । प्रधानमन्त्री : अहिलेको २ नम्बर प्रदेश बनाउँदा तपाईं–हामी सबैको सहमति छ । यो प्रदेशमा पनि तराई क्षेत्र मात्रै समेटिएको छ त ? त्यहाँ कुनै पहाडी भूभाग जोडिएको छैन । अनि त्योचाहिँ राष्ट्रघात नहुने, ५ नम्बर प्रदेशका केही सीमा मिलाउन खोज्दा कसरी राष्ट्रघात हुन्छ ? यसरी अगाडि नबढौँ, प्याकेजमै सहमति खोजौँ । ओली : संविधान संशोधन फिर्ता नलिएसम्म हामी संसद् चल्न दिँदैनौँ । संविधान संशोधन विधेयक फिर्ता हुनैपर्छ भन्ने हाम्रो अडान हो । प्रधानमन्त्री : निरन्तर संसद्को अवरोध रहन सक्दैन । अब आजकै बैठकमा संशोधन विधेयक कार्यसूचीमा राखेर अगाडि बढ्न हामी सभामुखलाई आग्रह गर्छौं । ओली : आज कार्यसूचीमा नराख्नुहोस् । प्रधानमन्त्री : कार्यसूचीमा राखेरै जाने हो अब । कार्यसूचीमा राखे के गर्नुहुन्छ ? ओली : अहिले संसद्मा हामीले विरोध मात्र गरिरहेका छौँ, जबर्जस्ती गर्न खोज्नुभयो भने हामी पनि अहिलेको विरोधबाट एक स्टेप अगाडि जान्छौँ । सभामुखजीले आफ्नो स्वविवेक प्रयोग गर्नुहोस् यसमा ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy