Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नायिका बनाइदिन्छु भन्दै शृंखलाबद्ध बलात्कार

काठमाडौं, ५ मंसिर । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए। अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए। सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए। तर युवतीले मानिनन्। त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे। युवती चिच्याइन्। उनी भाग्ने प्रयास गरे। होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए। अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयासमात्र गरेका थिए, त्यसभन्दा पहिला धेरै पटक उनले युवतीहरुलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ । तिरुपतिको घटना हुनुअगाडि नै उनी महानगरीय प्रहरी वृत्त जनसेवाको मोस्ट वान्टेड सूचीमा थिए । सुन्धाराका एक होटेलमा अन्तर्वार्ताका लागि भनेर एक युवतीलाई बोलाएर उनले बलात्कार गरेर भागेका थिए । ‘पक्राउ परेका अभियुक्तले धेरै युवतीलाई बलात्कार गरेको बताएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने, ‘थप घटनाबारे अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका खड्काले १६–१७ वटा बलात्कारका घटनामा आफू संलग्न रहेको स्वीकारेका छन् । सबै घटनामा उनको एउटै तरिका देखिन्छ । मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने। अन्तरवार्ताका लागि भनेर होटलमा बोलाउने । अन्तरवार्ताको बहानमा होटलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्ने । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन्। तर श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेको छ । अहिलेसम्म प्रहरीलाई नै उनले आफ्नो पहिचान लुकाइरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending