Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पत्याउनुहुन्छ ? कुलमानले यसो भने

\"\"काठमाडौं, ५ पुस । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आसपासका जिल्लामा लोडसेडिङ अन्त्य भयो । तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो । मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले ? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न पनि जीवितै छ । किनकि १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए । अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ । विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ । फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भयो भन्ने जिज्ञासा । के २४सै घन्टा बिजुली आइरहेको यो अवस्था कायमै रहला ? नदीमा पानी सबैभन्दा कम रहने अवधि माघदेखि चैतसम्म पनि बिजुली निरन्तर आइरहन्छ ? जिज्ञासा यी पनि छन् । उनले भने, पहिले–पहिले लोडसेडिङ माघमा यति हुन्छ र फागुनमा यति हुन्छ भनेर असारमा नै घोषणा हुन्थ्यो । त्यही बानी लागेकाहरूले अहिलेदेखि नै माघ र फागुनमा यति घन्टा लोडसेडिङ हुन्छ भन्न थालेका छन् । लोडसेडिङ हुँदा कतिपयलाई फाइदा पनि होला । लोडसेडिङ यति घन्टा हुन्छ भनेर घोषणा गर्ने नै हिरो हुन्थ्यो । जनतादेखि व्यापारीले त्यही सूचनाका आधारमा योजना बनाउँथे । तर, मेरो भनाइ छ, लोडसेडिङ हुन्छ भनेर किन घोषणा गर्ने ? हामी सकेको व्यवस्थापन गर्छौं भनेर लागेका छौँ । तथापि, कुलमान घिसिङले सबै कुरा गर्छ भन्ने होइन । हामी सकेसम्म लोडसेडिङ गर्दैनौँ भनेर लागेका छौँ । मन्त्रीले पनि लोडसेडिङ गर्दैनौँ भन्नुभएको छ । तर, यसको अर्थ हामीले लोडसेडिङ अन्त्य भयो भनेर घोषणा गरेको भन्ने होइन । अहिलेको अवस्थालाई निरन्तरता दिने हाम्रो प्रयास हो । प्राविधिक कारणले एक–दुई घन्टा बत्ती जान सक्छ । तर, त्यसलाई लोडसेडिङ भन्न मिल्दैन । लोडसेडिङ भएन भने सार्वजनिक पद धारण गर्दिनँ भनेर कसैले भन्छ भने त्यो उसको विषय हो । कसैले लोडसेडिङ नै खोज्छ भने त हामीले भन्नु केही छैन । –नयाँ पत्रिका दैनिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending