पौष ५ गते, २०७३ मगलवार 20th December, 2016 Tue०९:३४:२७ मा प्रकाशित
कलाकार बन्ने हुटहुटी बोकेका सुलेमान शंकर आखिरमा ‘इकु’ नामले परिचित भए । सन्तोष पन्तको ‘हिजो आजका कुरा’मा अभिनय गर्न घन्टौँ लाइन लाग्थे उनी । तर, कहिल्यै उनको पालो आएन । ‘तीतो सत्य’, ‘बाउन्न घुस्सा, त्रिपन्न ठक्कर’लगायतका केही सिरियलमा उनले छोटा भूमिका पाउँथे ।
‘मेरी बास्सै’मा वनमान्छे ‘इकु’ को भूमिका निर्वाह गरेपछि उनको चर्चा ह्वात्तै बढ्यो । त्यसपछि त उनलाई भ्याई–नभ्याई भयो । कुखुराको भुत्लावाला पहिरन नै उनको पहिचान भयो । ‘इकु’ चरित्रको लोकप्रियताले उनलाई ‘इकु–दी जंगल म्यान’ र ‘इकु ब्याक अगेन’को ‘हिरो’ र निर्माता पनि बनायो । तर, समय सधैँ कहाँ एउटै हुँदो रहेछ र ? दोस्रो फिल्मको असफलताले गर्दा उनको जीवनमा ठूलो उथलपुथल भयो ।
यसरी बनेँ इकु
गोपीकृष्ण मुभिजको ‘कुसुमे रुमाल’ फिल्ममा अभिनय गरिरहेको थिएँ । त्यतिवेला मलाई केदार घिमिरे ९माग्ने बुढो० दाइले फोन गर्नुभयो । उहाँले ‘मेरी बास्सै’मा जंगली मान्छेको रोल निस्किएकाले मलाई सम्झिएको बताउनुभयो । त्यसपछि सीताराम कट्टेल ९धुर्मुस०सँग पनि भेट भयो ।
जंगली मान्छे कसरी बन्ने त भन्ने कुरा दिमागमा खेलाउन थालेँ । केदार र सीताराम दाइले मेरो गेटअप कस्तो बनाउने भनेर सल्लाह गर्नुभयो । उहाँहरूको सुझाबअनुरूप मैले ‘डेभलप’ गर्दै गएँ । जंगली मान्छेले कसरी बोल्ला भन्ने कौतुलहता पनि थियो । सोहीअनुरूप सोच्दासोच्दै इकु शब्द फुर्यो । दाइहरूले अझै आइडिया थप्नुभयो र चरित्रको नाम नै इकु राखियो । कुखुराको भुत्लाको ड्रेस लगाउने, फुर्लुङ र धनुषबाण बोक्ने, भँगेरोजस्तो गरी उफ्रिँदै हिँड्ने इकुको जन्म भयो । फुर्लुङ, धनुषबाण भने सिंगे लामाले बनाउनुभएको हो ।
मेरी बास्सैमा इकु आएको इपिसोडदेखि नै चर्चा सुरु भयो । विशेषगरी, बच्चाबच्चीले इकुलाई निकै मन पराए । जहाँ जाँदा पनि इकुकै चर्चा हुन थाल्यो । कतिपयले मलाई साँच्चै नै वनमान्छे भन्ने ठान्न थाले । बच्चाहरू फ्यान बने । मेरी बास्सैको ६ भागसम्म इकु बनेर अभिनय गरेँ । त्यतिवेलासम्म इकु हिट भइसकेको थियो ।
टेलिभिजनका दर्शकमाझ वनमान्छे भएर प्रस्तुत हुँदा बच्चाबच्ची डराउने पो हुन् कि भन्ने त्रास हामीमा थियो । केदार र सीताराम दाइ पनि यो कुरामा सशंकित हुनुहुन्थ्यो । ग्रामीण परिवेशको टेलिसिरियलमा वनमान्छे मिसाउँदा बच्चाबच्चीको सातो जाला भन्ने डर पनि थियो । त्यसैले डराई–डराई इकु चरित्र प्रस्तुत गरिएको थियो । तर, हामीले सोचेभन्दा बिल्कुलैविपरीत भइदियो । बच्चाबच्चीले नै इकुलाई मन पराए । उनीहरूको मागका कारण नेपाली सिरियल नहेर्ने अभिभावक पनि मेरी बास्सै हेर्न बाध्य भए । यसमा मलाई निकै खुसी लाग्छ।
इकु यतिसम्म चर्चित भयो कि दर्शकले मेरी बास्सैभन्दा पनि इकु हेर्ने भन्न थाले । यो कुराबाट केदार र सीताराम दाइ चिन्तित हुनुभयो । उहाँहरूले मेरी बास्सै नै ओझेल पर्लाजस्तो भयो भन्नुभयो । सधैँ उही इकु देखाउँदा दर्शकलाई मोनोटोनस होला भन्ने पनि लाग्यो रे । त्यसैले ६ भागपछि मेरो रोल सिद्धियो । मेरी बास्सैमा रोल सिद्धियो, तर मान्छेहरूले इकुलाई हेर्न चाहिरहे । विभिन्न कार्यक्रममा मलाई बोलाउन थालियो । निम्ता पाएपछि इकुको ‘ड्रेस’ लगाएर म कार्यक्रममा पुगिहाल्थेँ ।
इकुको लोकप्रियता यस्तो भइदियो कि, म जहाँ जाँदा पनि मान्छेहरूले इकु फेरि कहिले आउँछ ? भनेर सोध्न थाले । बच्चाबच्चीदेखि लिएर युवायुवती, वयष्क र वृद्धवृद्धाले पनि इकुको खोजी गर्न थाले । मलाई लाग्यो, इकुलाई फिल्ममा उतार्नु ठीक हुन्छ । त्यसपछि मैले सागर लामिछाने दाइलाई निर्देशनको जिम्मा दिएर ‘इकु–दी जंगलम्यान’ निर्माण गरेँ ।
गोपीकृष्ण मुभिजले वितरण गरेको इकु– दी जंगलम्यान सुपरहिट भयो । जम्मा २३ लाखमा बनेको सो फिल्मले निकै राम्रो पैसा कमायो । मैले पहिला नै वितरकलाई दिएकाले लगानी उठाएर केही लाख रुपैयाँ कमाएँ । वितरकले त निकै पैसा कमाए । फिल्मको सफलताले गर्दा ममा कलाकारिता क्षेत्रमा अझै केही गर्ने जोशजाँगर पलायो ।
अघिल्लो फिल्मको सफलताले हौसिएर मैले ८५ लाख लगाएर इकु–ब्याक अगेन बनाएँ । त्यतिका पैसा मसँग थिएन । अघिल्लो फिल्म सुपरहिट भएकाले साथीहरूले मसँग पार्टनरसिप गरे । राउटे जातिको विषयमा निर्माण गरिएको थियो फिल्म । तर, अपशोच १ रिलिज बिग्रियो । पहिला तोकिएको मितिभन्दा अघि नै फिल्म रिलिज गर्नाले दर्शक कन्फ्युज भए । फिल्म चलेन । पूराका पूरा घाटा भयो ।
इकु ब्याक अगेनमा राउटेको मुखियाको भूमिकामा अभिनय गराउन डोल्पाबाट थिन्ले बालाई झिकाएँ । उहाँले मागेकै पारिश्रमिक तिरेँ । क्यामेरा, प्रविधि, सेटदेखि लिएर सबै कुरा उच्चस्तरको गरियो । तर, फिल्म डुब्यो । रिलिजिङ बिग्रिएकाले राम्रो फिल्म पनि दर्शकले हेर्न पाएनन् ।
अघिल्लो फिल्मले राम्रो व्यापार गरेको थियो । तर, मलाईभन्दा धेरै फाइदा वितरकलाई भयो । दोस्रो फिल्मबाट राम्रो फाइदा कमाउँछु, आफू मात्र होइन, साथीभाइलाई पनि फाइदाको भागिदार बनाउँछु भन्ने सोचेको थिएँ । विपरीत भयो । फिल्म नचलेपछि त घाटा–नाफा बेहोरौँला भनेर पार्टनर बनेका साथीहरूले पनि पेले मलाई ।
फिल्म बनाउने क्रममा केहीसँग ऋण लिएको थिएँ, उनीहरूले पनि वचन लगाए । कहाँ जानू, के गर्नू भयो । साह्रै विरक्तिएँ । फिल्मको सोका लागि झन्डै दुई महिना मलेसिया बसेँ । धेरै ठाउमा सो गर्ने प्लान थियो । तर, त्यहाँ फिल्मभन्दा बढी मनोरञ्जनका अनेक साधन रहेछन् । जसकारण सोचेअनुरूपको कमाइ भएन । त्यही वेलामा पारिवारिक झमेला पनि आइलाग्यो ।
मलेसियामा थिएँ । घरबाट फोन आयो । मेरी पत्नीको बारेमा नराम्रो खबर सुनेँ । प्रेम गरेर बिहे गरेकी श्रीमतीले पनि मलाई धोका दिई । एकातिर फिल्म डुब्नुको पीडा, अर्कोतिर पत्नी पीडा, साह्रै दिक्क लाग्यो । मलेसिया र सिंगापुरको बीचको पुलबाट हाम फालेर आत्महत्या गर्ने योजना बनाएँ । तर, मैले झट्ट सम्झिएँ–दर्शकले मलाई दिएको माया । बच्चाबच्चीले इकु।। इकु।। भन्दै मेरो पछि लागेको, अटोग्राफ लिएको । अनि सम्झिएँ, मेरो हरेक दुःखसुखमा आमाबाबुले दिएको सहारा । त्यसपछि आफूलाई ‘स्ट्रोङ’ बनाउन थालेँ । जसकारण आज म दर्शकमाझमै हुन पाएको छु ।
नयाँ पत्रिका दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: