Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सिजीका मजदुरद्धारा अन्तर्राष्टिय श्रम संगठनको ध्यानाकर्षण

\"\"ललितपुर, ६ पुस । वर्ष दिनदेखि रोकिएको तलब उपलब्ध गराउन र व्यवस्थापन आफैले बन्द गरेको कम्पनी सूचारु गर्नपर्नेलगायतका १३ बुँदे माग राखी आन्दोलनरत चौधरी ग्रुपका मजदुरहरुले अन्तर्राष्टि«य श्रम संगठनको ध्यानाकर्षण गराएका छन् । सिजी कम्युनिकेशन प्रा.लिमा कार्यरत पाँच दर्जनभन्दा कर्मचारीलाई कामबाट बेदखल बनाएको भन्दै विगत २ महिनादेखि आन्दोलन जारी छ । पछिल्लो समयमा व्यवस्थापनले मुद्धा सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकी धेरैपटक छलफल भएपनि मुद्धा सम्बोधनका लागि तयार नभएपछि गत मंसीर २७ गते निरन्तर आन्दोलन गर्दै आएका छन् । विप्लव माओवादी निकट मजदुर संगठनले आइएलओलाई मान्यता नदिएपनि मजदुरका मुद्धामा अन्तर्राष्टिय पहल गर्ने दावी गर्दै आएकोले चौधरी ग्रुपको मजदुरविरोधी हर्कतलाई अन्तर्राष्टि«यकरण गर्न ध्यानाकर्षण गरेको हो । सानेपास्थित आइएलओको नेपालको मुख्यालयमा १ घण्टासम्म र्यालीसहित नाराजुलुश गरेर बुझाइएको ज्ञापनपत्रमा मजदुरको पक्षमा न्याय गर्ने हैसियत हो भने चौधरी ग्रुपलाई अन्तर्राष्टि«य न्यायिक कठघरामा ल्याउन चुनौति दिइएको छ । आइएलओका नेपाल डाइरेक्टर रिचार्ड हावार्डलाई मजदुरहरुले ध्यानाकर्षण पत्र बुझाई समस्या हल गर्न तत्काल पहल नथाले आइएलओको कार्यालय घेराउ गर्ने चेतावनी दिइएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका बिशेष व्यूरो समन्वय समिति संयोजक जन्मदेव जैसीले पुँजीपतिहरुको दलालको आरोपबाट मुक्त हुने हो भने आइएलओले सिजीका मालिक बिनोद चौधरीलाई अन्तर्राष्टिय न्यायालयमा उभ्याएर देखाउन चुनौति दिए । अन्तर्राष्टिय श्रम संगठनको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनुअघि मजदुरहरुले विगतझैं चौधरी ग्रुपको मूख्यालयमा २ घण्टा धर्ना र नारा जुलुशसहित घेराउ गरेका थिए । विश्वका अर्बपतिको सूचिमा परेका विनोद चौधरीको स्वामित्वमा रहेका काठमाडौं र ललितपुर तथा उपत्यका बाहिर नवलपरासीमा रहेका सिजी ग्रुप अन्तर्गतका सबै कम्पनीहरुमा विप्लव माओवादी निकट संचार प्राविधिकहरुले घेराउ गरिहेका छन् । विगत १० महिनादेखि व्यवस्थापनले बिना जानकारी कम्पनी सञ्चालन नगरी कर्मचारीलाई पनि तलव नदिई अन्यौलको स्थिति पैदा भएपछि कर्मचारीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । घेराउ कार्यक्रम अन्तर्गत आइतवारदेखि सानेपास्थित चौधरी ग्रुपको मूख्यालय, सतुंगलस्थित चौधरी इलेक्ट्रोनिकको कार्यालयमा २ घण्टा घेराउ गर्दै आएका छन् । ०७२ भदौ ६ गते पेश गरेका १३ बुँदे माग सम्बोधनका लागि अबिलम्ब वार्ता आब्हान गरी समस्या हल गर्नुपर्ने, विगत १० महिनादेखिको पाउनुपर्ने तलव, भत्ता सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त उपलब्ध गर्नुपर्ने, कम्पनी विक्री भइसकेको भनी कर्मचारीलाई अलपत्र पार्ने र जसरी पनि अबकाश लिनुपर्ने भनि दिइने दवाव बन्द गरिनुपर्ने, कम्पनीलाई तत्काल सुचारु गरी वार्तामार्फत हाम्रा जायज मागहरुको छिटोभन्दा छिटो सम्बोधन गरेर सबै कर्मचारीलाई अभिलम्ब काममा खटाइनुपर्ने र माग राखेकै कारण जबर्जस्त निष्काशन गरिएका सु्रेश डंगोल र लिला रानामगरलाई तत्काल पुनःबहाली गनुपर्ने कर्मचारीको माग छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending