Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

‘पूर्वराजासँग सचेत हुनुपर्छ’

\"\"काठमाडौं, ८ पुस । तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरू राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निष्कर्ष निकालेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा सांसदको बिहीबार राजधानीमा बसेको अनौपचारिक बैठकले प्रमुख तीन दलबीचको ‘कटाक्षु ले परिवर्तनविरोधी शक्तिको आडमा राजाको वक्तव्य आएको निष्कर्ष निकालेको थियो । ‘सक्रिय राजा, संवैधानिक राजा, आलंकारिक राजाका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिमात्र नभएर परिवर्तनकारी शक्तिभित्रका परिवर्तनविरोधी नेतृत्वसमेतको प्रत्यक्ष–अप्रत्यक्ष सहभागिताका कारण राजाले टाउको उठाउन खोजेको उदाहरण बुधबारको वक्तव्य हो\', एक युवा सांसदले अन्नपूर्णसँग भने । अर्को वर्ष माघभित्र संविधान कार्यान्वयन हुन नदिन र संविधानका नाममा विभिन्न षड्यन्त्रमार्फत गणतन्त्रको उपलब्धि सिध्याउने खेलका रूपमा राजाले राष्ट्रियताका नाममा वक्तव्य दिएको निष्कर्ष युवा सांसदहरूको छ । पूर्वराजाको वक्तव्यमा रहेको ‘सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखर रूपले जाग्न र लाग्न सबैसँग गरेको आग्रह\' भित्र उनमा रहेको सत्तास्वार्थ स्पष्ट देखिएको अनुभूति युवा सांसदहरूले गरेका छन् । संशोधन विधेयकपछिको डेडलकलाई निकास दिन युवा सांसदले अनौपचारिक छलफल गरेका थिए । अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रस्ताव, संविधान संशोधन र स्थानीय निकायको निर्वाचन छलफलको मूल एजेन्डा थियो । संविधान निर्माणदेखि जारी हुँदै दोस्रो संशोधनसम्म आइपुग्दा देखिएको असहज परिस्थिति र त्यसबाट बेहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत आफूहरूबीच गम्भीर छलफल भएको एक सांसदले बताए । उनले भने, ‘१३ महिनाबीच स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयनको सन्देश दिन आआफ्ना दल र नेतृत्वलाई घचघच्याउनेछौं । यसका लागि मधेसी मोर्चाका युवा सांसदसँग अनौपचारिक रूपमा नै लबिङ गर्नेछौं ।\' डेडलक फुकाउन संशोधन विधेयक, स्थानीय निर्वाचन र महाभियोग प्रस्तावलाई उच्च प्राथमिकता दिने उद्देश्यसाथ छलफल गरेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अन्नपूर्णसँग बताए । उनले भने, ‘प्रतिगामीहरू कुनै न कुनै रूपमा परिवर्तनको खिलाफमा उठिरहेको समयमा प्रमुख दल र नेतृत्वले राष्ट्र र जनताका लागि निर्णय गर्दै परिवर्तनका लागि भएका सबै संघर्षको सम्मान गर्नेछन् ।\' सांसद शाहीकै प्रस्तावमा संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो । बैठकमा सांसद शाही, हरिबोल गजुरेल, रवीन्द्र अधिकारी, एनपी साउद, चन्द्र भण्डारीलगायत सहभागी थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy