Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

पुल बन्यो, सडक बनेन

[caption id=\"attachment_108834\" align=\"aligncenter\" width=\"750\"]\"\" फाइल फोटो[/caption] जाजरकोट, ८ पुस । जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो । यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन । उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस्, कसले बनाउने भन्नेमै विवाद देखिन्छ । ६ सय मिटर दूरीको सडक सम्बन्धित निकायले बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको स्थानीयवासी जीवन खड्काले बताए । “सडकको रिम्नास्थित भेरी नदीमा १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्मको बाटो बनेन,” खड्काले भने । रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौँले २ वर्ष लगाएर पुल बनाएको हो । खलङ्गादेखि रिम्ना र छेपारेदेखि तल्लुबगर हुँदै त्रिवेणीसम्मको सडकमा यात्रु आउजाउमा सहज भएको छ । तर छेपारेसम्म सडक निर्माणमा बेवास्ता हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिनाइ भएको उनको भनाइ छ । “यो खण्डको सडक किन बन्दैन ? निर्माण जिम्मा कसको हो ? सडक नेपाली सेना र पुल निर्माण कम्पनीमध्ये कसले, किन ढिला गरेको हो ?”, उनले भने । यस बाटोमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री जनार्दन शर्मादेखि विभिन्न दलका नेता कार्यकर्ता र कर्मचारी खलखली पसिना चुहाउँदै हिँडेका छन् । सडक बनाउन भने कसैको ध्यान नगएको खड्काले बताए । ६ सय मिटरको उक्त बाटोमा प्रतिक्विन्टल एक हजारसम्म ढुवानी खर्च लाग्ने गरेको व्यापारी दिनेश ओलीले बताए । “बाटो साँगुरो, भिरैभिर र अप्ठ्यारो हुँदा आवतजावत गर्न र मालसमान ढुवानीमा कठिनाइ छ,” उनले भने । दुईतिर यातायातका साधन गुड्छन् । बीचमा पैदल हिँड्नुपर्ने बाध्यता भएको उनले बताए । नेपाली सेनाले जाजरकोट—डोल्पा सडकअन्तर्गत जाजरकोट खण्डको निर्माण पूरा गरेकै ३ वर्ष पुग्यो । सेनाले रिम्ना पुल छेउदेखि छेपारेसम्मको निर्माणलाई पन्छाउँदै आएको छ । त्यस्तै, पुल निर्माण कम्पनीले पनि पहुँचमार्ग निर्माणमा ढिलाइ गरेको र सडक डिभिजन, चौरजहारीले बेवास्ता गरेको पाइएको छ । पुलको पल्लो छेउ (छेपारे साइड) को एकसय ५० मिटर मात्र पहुँचमार्ग निर्माण अनक लुम्बिनी जेभीको जिम्मा भएको कम्पनीका इन्जिनियर दिनेश श्रेष्ठले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy