Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

खल्तीमा अनुदान बोकेर टहराको बास

[caption id=\"attachment_108975\" align=\"aligncenter\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सिन्धुपाल्चोक, ९ पुस । चोकटी गाविस–३ की ५५ वर्षीया राममाया थामीले दसैंअघि नै सरकारले भूकम्पपीडितका लागि घोषणा गरेको ५० हजार रुपैयाँ अनुदान रकम हात पारिसकेकी छन् । घर निर्माणका लागि दिएको अनुदान रकम पोल्टामा राखेको चार महिना पुग्न लागेको छ । चिसो टहरोमा रात बिताएको पनि राममायाले लामो समय भइसकेको छ तर उनको घर बनाउने कुनै सुरुसार छैन । आजको राजधानी दैनिकमा खबर छ– उनी पोल्टाको रकम बेलाबेलामा गन्छिन् । तर, घर बनाउने उनको योजना छैन । किन त रु ‘यति पैसाले कसरी घर बनाउनु, पुग्दैन त्यही भएर नबनाएको,’ राममाया भन्छिन् । पाँग्रेटार गाविस माझी गाउँका सबै पीडितले अनुदान पाइसकेका छन् । अनुदान खल्तीमा हालेर बसेका लामो समय भइसक्यो तर सुरक्षित जग्गा नभएर माझी समुदायले घर निर्माण सुरु गर्न सकेका छैनन् । सुनकोसी नदी किनारमा बस्ने माझी समुदायसँग जेजति जग्गाजमिन छ, सबै सुनकोसी नदी किनारमा छ । जुरे पहिरोपछि आएको बाढी र केही महिनाअघिको भोटेकोसी बाढीको प्रकोप यहाँका समुदायले भोगेका छन् । ‘घर निर्माणका लागि अनुदान त पाइयो तर सुरक्षित जग्गा नै छैन,’ स्थानीय रामकाजी माझीले भने, ‘पहिलेको थलोमै बनाऊँ भने कति बेला नदीले लैजान्छ भर छैन, अन्त जाऊँ जग्गै छैन ।’ रकम हुनेसँग घर बनाउने जग्गा नै छैन भने जग्गा हुनेसँग घर बनाउन पुग्ने पैसा छैन । समस्यै समस्याबीच जिल्लाका भूकम्पपीडितले टहरोमा रात बिताएको २० महिना भयो । तर, पुनर्निर्माणले भने गति लिनै सकेको छैन । घर निर्माण सुरु गरेपछि दोस्रो किस्ता प्राप्त भएपछि निर्माण अघि बढाउने योजनामा रहेका धेरै पीडितहरू लामो समयसम्म पनि अनुदानको दोस्रो किस्ता नआउँदा अन्योलमा छन् । अनुदानको पहिलो किस्ता ५० हजार लिएका फुल्पिङडाँडा–५ का लालबहादुर तामाङसँग अब एक रुपैयाँ पनि बाँकी छैन । दसैंअघि नै पहिलो किस्ता लिएका उनलाई यस वर्ष दसैं टार्न सहज भयो । अनुदान रकमले दसैं टारेका उनी मध्य जाडो सुरु भएपछि बल्ल पिरोलिँदै छन्, ‘ओछ्यानमै शीत पर्न थाल्यो अब कसरी बनाउनु घर रु’ डेढ वर्षसम्म टहरामा बिताएका उनी जाडो सुरु भएसँगै टहरामा बस्न सकस भइरहेको सुनाउँछन् । ‘अब त न पैसा छ, न घर नै बन्यो,’ उनी भन्छन्, ‘टहरोमा जाडो धान्न मुस्किल परिरहेको छ ।’ घर निर्माणका लागि आएको अनुदानको रकम प्रायः भूकम्पपीडितले घर खर्चमै सकिसकेका छन् । घर निर्माणका लागि सरकारले ‘लगाम’ लगाउन नसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन । ठूलो सिरुवारी गाविस–७ की उर्मिला नेपाली २० महिनादेखि जस्ताको अस्थायी टहरोमा सात महिनाकी छोरीलाई हुर्काउँदै छिन् । घाम लाग्दा बिहान ओच्छ्यानमै शीत चुहिन्छ, रात परेपछि चिसो सिरेटो । उनको घरनजिकै धेरैले घर बनाउन फलामे पिलर ठड्याएका छन् तर उर्मिलाको परिवार भने अझै केही वर्ष त्यही टहरोमा बस्ने योजनामा छ । सरकारले दिएको अनुदान उर्मिलाले पाइसकेकी छन् । घर बनाउन अनुदान रकमले नपुग्ने भएपछि उनका श्रीमान् विदेश गएका छन् । ‘अनुदानले घर निर्माण गर्न पुग्दैन, श्रीमान् विदेश जानुभएको छ, पैसा कमाएर पठाएपछि घर निर्माण सुरु गर्छु,’ उनी भन्छिन् । पैसा हुनेले सरकारले दिएको अनुदानमा थपथाप गरेर भए पनि सिमेन्ट रड प्रयोग गरेर भूकम्प प्रतिरोधी गर निर्माण सुरु गरिसकेका छन् । सरकारको अनुदानको मात्रै भर पर्नेहरूले भने घर निर्माणको कुनै सुरसार नै गरेका छैनन् । ठूलो सिरुवारी गाविसका १ हजार ७ सयले पहिलो किस्ताको ५० हजार हात पारेको दसैंैअघि नै हो । तर, सो गाविसमा सयजनाले मात्रै घर निर्माण सुरु गरेको गाविस सचिव दुर्गा ढुंगेलले जानकारी दिए । केहीले घर निर्माण गरेर बस्न थाले पनि घर निर्माण सुरु गर्नेको संख्या न्यून भएको सचिव ढुंगेलले बताए । भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा हालसम्म पहिचान भएका पीडितहरूको संख्या ७८ हजार ५ सय ३७ छ । यो संख्यामध्ये हालसम्म ७४ हजार ८ सय ७० ले गाविस र नगरपालिकामा गएर अनुदान सम्झौता गरिसकेका छन् । ७४ हजार ८ सय ४५ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाइसकेका छन् । दसैंअघि नै धेरै भूकम्पपीडितले पहिलो किस्ताको अनुदान हात पारेका थिए । चाडपर्व सकिएलगत्तै पुनर्निर्माणले गति लिने आशा गरिए पनि सोचेको जस्तो प्रगति भएको देखिँदैन । जिल्लामा अहिलेसम्म कतिले घर निर्माण सुरु गरे, त्यसको यकिन तथ्यांक कुनै पनि कार्यालयसँग छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयको तथ्यांकअनुसार रकम लिएकामध्ये हालसम्म १ हजार १७ जनाले घर निर्माण सुरु गरेका छन् । पुनर्निर्माण प्राधिकरणले यसअघि जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेको थियो । उपसचिव दरबन्दी सिर्जना गरेर प्राधिकरणको कार्यालय राख्ने भने पनि अहिलेसम्म कार्यालय स्थापना हुन नसकेको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए । ‘दोस्रो किस्ता वितरण सुरु भएको भए कतिले घर निर्माण सुरु गरे, त्यसको तथ्यांक आउने थियो तर दोस्रो किस्ताको अन्योल रहेकाले पनि तथ्यांक आउन सकेन,’ प्रजिअ सिलवालले भने । भूकम्पपीडितका धेरै समस्या र गुनासा भए पनि जिल्लामा त्यसको सम्बोधन कुन कार्यालयले गर्ने भन्नेमा अन्योल रहेको चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले बताए । ‘दैनिकजसो धेरै पीडितहरू समस्या लिएर सदरमुकाम आउँछन् तर हामीले उनीहरूलाई दिने जवाफ नै हँुदैन,’ लामिछानेले भने । घर निर्माण सुरु गरे पनि प्राविधिकहरूको आन्दोलनले गर्दा पीडितहरू समस्यामा छन् । घडेरी खनेर ठिक्क पारे पनि प्राविधिक नै नभएपछि घर निर्माणमा समस्या भएको पीडितले बताएका छन् । प्रायः गाउँमा जनशक्ति नहुँदा पनि निर्माणमा समस्या परेको छ । निर्माण सामग्रीको अभाव हुन पाए पनि चरम महँगो हुनु, अनुदानको पैसा घरखर्चमै सक्नाले पनि पीडितले घर निर्माणमा आँट गर्न नसकेको गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष दुर्गा ढुंगेलले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy