उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने
पौष १० गते, २०७३ आइतवार 25th December, 2016 Sun०६:४२:४६ मा प्रकाशित
काठमाडौं, १० पुस ।उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो ।
आजको नयाँ पत्रिकामा खबर छ– अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ । ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक (एडिबी)लगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको छ ।
प्रशोधन केन्द्र हरियाली बनाइने
प्रशोधन केन्द्र्रमा आधुनिक प्रविधिद्वारा कभरले ढाकिने भएकाले वरिपरिको वातावरणमा कुनै असर नपर्ने निर्देशनालयले जनाएको छ । छेउछाउमा रूख–बिरुवा रोपेर प्रशोधन केन्द्र हरियाली बनाइने ढकालले बताए ।
गुह्येश्वरी केन्द्र डेढ वर्षभित्रै सञ्चालनमा आउने
उपत्यकाका चार ढल प्रशोधन केन्द्रमध्ये गुह्येश्वरीको डेढ वर्षभित्र पूरा भई सञ्चालनमा आउने भएको छ । त्यसका लागि टेन्डर जारी भइसकेको छ । अरू तीन प्रशोधन केन्द्रको सबै प्रक्रिया पूरा भइसकेकाले टेन्डरको प्रक्रियामा रहेको ढकालले बताए । ‘ढल प्रशोधन केन्द्र निर्माणका लागि एक चाइनिज कम्पनीसँग छलफल भइरहेको छ, सम्झौताको अन्तिम चरणमा छौँ,’ उनले भने । आगामी ०७६ पुसभित्र तीन प्रशोधनको काम पूरा गर्ने लक्ष्य राखिएको छ ।
दैनिक १० करोड लिटर प्रशोधन हुने
राजधानीमा दैनिक १६ करोड लिटर पानी खपत हुँदै आएको छ । कुल खपत पानीको ८० प्रतिशत अर्थात् १२ करोड ८० लाख लिटर पानी ढल बन्ने निर्देशनालयको अनुमान छ । चार ठाउँमा ढल प्रशोधन केन्द्र स्थापना भई सञ्चालन भएमा दैनिक १० करोड लिटर ढल प्रशोधन हुनेछ । लक्ष्यअनुसार प्रशोधन हुन नसकेमा ललितपुरको खोकनामा ६ सय रोपनी जग्गा लिई पानी प्रशोधन गर्ने निर्देशनालयले योजना बनाएको छ ।
कुन प्रशोधन केन्द्रको अवस्था कस्तो ?गुह्येश्वरी केन्द्र
गुह्येश्वरीमा दुईवटा ढल प्रशोधन केन्द्र स्थापना गरिनेछ । हाल यहाँ एउटा प्रशोधन केन्द्र सञ्चालनमा छ । ०५१ मा निर्माण सुरु भई ०५४ मा यो केन्द्र सञ्चालनमा आएको थियो । यसमा नयाँ प्रविधि जोडेर अत्याधुनिक केन्द्र बनाइनेछ । केन्द्रको क्षमता विस्तार गरी दैनिक एक करोड ६२ लाख लिटर ढलको पानी प्रशोधन गर्न क्षमताको बनाइनेछ ।
गुह्येश्वरी क्षेत्रमै एक करोड ६२ लाख लिटर पानी प्रशोधन गर्न सक्ने नयाँ प्रशोधन केन्द्र निर्माण गरिने भएको छ । पुरानो केन्द्र मर्मत र नयाँ प्रशोधन केन्द्र निर्माण गर्न भारतको भाटेकवाग प्रालिलाई दुई अर्ब सात करोड रुपैयाँ ठेक्का दिने सम्झौता भएको छ । सोही प्रशोधन केन्द्रबाट तीन सय ४० किलोवाट क्षमताको विद्युत् निकाल्ने निर्देशनालयको योजना छ ।
भक्तपुर सल्लाघारी केन्द्र
यो प्रशोधन केन्द्र ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो केन्द्र भक्तपुरको सबै ढल प्रशोधन गर्ने क्षमताको हुनेछ । यसले दैनिक एक करोड ४० लाख लिटर ढल प्रशोधन गर्नेछ ।
ललितपुरको बालकुमारी कोड्कु ढल प्रशोधन केन्द्र
यो प्रशोधन केन्द्र ६ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । दैनिक एक करोड ७० लाख लिटर ढल प्रशोधन गर्ने क्षमताको बनाइनेछ । केन्द्रवरिपरि हरियालीसँगै बगैँचासमेत निर्माण गरिनेछ ।
धोबीघाट ढल प्रशोधन केन्द्र
ललितपुरको धोबीघाटमा पाँच सय २० रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र फैलिएको छ । यसले दैनिक तीन करोड ६० लाख लिटर प्रशोधन गर्छ । प्रशोधन केन्द्रबाट दुई सय चार किलोवाट विद्युत् उत्पादन गर्ने तयारी छ ।
तीन ढल प्रशोधन केन्द्र चाइनिज कम्पनीलाई दिने तयारी
सरकारले भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी कोड्कु र धोबीघाटको प्रशोधन केन्द्र निर्माणका लागि चाइनिज कम्पनीसँग सम्झौता गर्ने तयारी छ । तीन प्रशोधन केन्द्र कुल तीन अर्ब ५० करोड रुपैयाँमा ठेक्का दिने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । पाँच वर्षभित्र कम्पनीले तीनवटा ढल प्रशोधन केन्द्र बनाइसक्नुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: