Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मधेसमा योजनाविहीन बन्दै माओवादी

\"\"काठमाडौं, ११ पुस । सत्तारूढ माओवादी केन्द्र मधेसमा योजनाविहीन बनेको छ । पार्टी केन्द्रको योजनासमेत नेताहरूले कार्यान्वयनमा लैजान नसकेपछि मधेसमा माओवादी केन्द्र योजनाविहीन बनेको हो । केन्द्रले निर्वाचन लक्षित गर्दै तीनमहिने कार्ययोजना बनाए पनि त्यसको कार्यान्वयन गर्ने संगठन नै मधेसमा नबनेको नेताहरूको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ– केन्द्रमा ६ जेठमा १० माओवादी घटकहरूको एकता भएको थियो । तर, जिल्लामा अझै ती पार्टीका पूर्ववत् समूहहरूको एकता हुन नसक्दा योजना कार्यान्वयनमा लैजान अप्ठ्यारो परेको छ । पार्टी एकता नै भएन केन्द्रमा १० माओवादी घटक पार्टी तथा समूहहरूको एकता भए पनि २ नम्बर प्रदेशअन्तर्गतका आठ जिल्लामा अझै पार्टी एकता हुन सकेको छैन । जिल्ला तहमा पार्टी एकता हुन नसकेपछि नेता कार्यकर्ताको परिचालनमा समेत समस्या देखिएको छ । अन्य जिल्लामा भने एकता अधिवेशन सम्पन्न भइसकेका छन् । पार्टी एकता हुन नसकेका मधेसका आठ जिल्लामा १० पुससम्म एकता अधिवेशन गरिसक्न माओवादी केन्द्रको पोलिटब्युरो बैठकले सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । तर, सो समयावधि आइतबार सकिँदासम्म कुनै जिल्लाको पनि त्यस्तो एकता अधिवेशनको मिति नतोकिएको पोलिटब्युरो सदस्य युवराज भट्टराईले जानकारी दिए । २ नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सामा जिल्ला तहमा एकता हुन नसकेको हो । केन्द्रले योसहित तेस्रोपटक अधिवेशन १० पुससम्म गरिसक्न सर्कुलर गरेको हो । यसअगाडि पनि उसले दुईपटक सम्बन्धित प्रदेश कमिटीलाई एकता हुन नसकेका जिल्लाहरूको अधिवेशन गरिसक्न मिति तोक्दै सर्कुलर गर्दै आएको थियो । अब कहिले गर्ने ठेगान पनि छैन पार्टी केन्द्रको निर्णय मान्ने हो भने २ नम्बर प्रदेशका आठवटै जिल्लाले आइतबारसम्म एकता अधिवेशन गरिसक्नुपर्ने थियो । तर, कुनै जिल्लाको पनि एकता अधिवेशन भएन । माओवादी केन्द्रले अधिवेशन सम्पन्न गरिसक्न र १० पुसमै २ नम्बर प्रदेशका केन्द्रीय आयोजक समिति सदस्यहरूको प्रशिक्षण राख्ने निर्णय गरेको थियो । पोलिटब्युरो बैठकको निर्णय सर्कुलर गर्ने उद्देश्यले उसले प्रदेशस्तरीय प्रशिक्षण राख्दै आएको थियो । अन्य ६ वटै प्रदेशमा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डकै उपस्थितिमा प्रशिक्षण कार्यक्रम सकिसकेको छ । जिल्ला एकता अधिवेशन नै हुन नसकेपछि सो कार्यक्रम पनि प्रभावित बन्न पुगेको मधेसका नेताहरूको भनाइ छ । ‘प्रशिक्षणको मिति तोकिएको थियो, तर स्थान नतोकिएको कारण तयारीसमेत भएन,’ मधेस कार्यक्षेत्र रहेका एक नेताले नयाँ पत्रिकासँग भने, ‘अब प्रशिक्षण कहिले गर्ने, जिल्लाका एकता अधिवेशन कहिले गर्ने कुनै नयाँ तिथिमिति बनेको छैन ।’ पूर्ववत् समूहकै आधारमा चल्छन् नेता–कार्यकर्ता जिल्ला तहमा पार्टी एकता नहुँदा नेता–कार्यकर्ता परिचालनमा समेत समस्या छ । कुन नेता–कार्यकर्तालाई कसरी परिचालन गर्ने समस्या छ । पार्टीको संरचना निर्माण भएको भए संरचनाअनुसार नेता–कार्यकर्ता परिचालन हुन्थे । तर, त्यो नहुँदा कसले कसलाई परिचालन गर्ने भन्ने कुनै योजना छैन । अहिले पूर्ववत् समूहकै गुटगत आधारमा नेता–कार्यकर्ताको परिचालन हुने गरेको छ । अझै फाइनल छैन केन्द्रीय आयोजक समितिकै नाम माओवादी केन्द्रले तीन हजार नौ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । सातवटै प्रदेशबाट कति संख्यामा आयोजक समितिमा रहने भन्ने निधो पनि गत पोलिटब्युरो बैठकले गरेको थियो । सबै प्रदेशबाट नाम र संख्यासमेत टुंगो लागे पनि २ नम्बर प्रदेशको भने आयोजक समितिमा रहने नेताहरूको नाम अझै फाइनल भइनसकेको प्रदेश संयोजक विश्वनाथ साहले जानकारी दिए । ‘संख्या टुंगो लागेको छ, नाम टुंगिसकेको छैन,’ साहले नयाँ पत्रिकासँग भने, ‘केही दिनभित्रै नाम टुंगो लगाउँछौँ ।’ माओवादी केन्द्रको जम्बो आयोजक समितिमा मधेसको २ नम्बर प्रदेशबाट पाँच सय ५० जना आयोजक समितिमा रहने गरी संख्या तोकिएको छ । आयोजक समितिको नाम टुंगो नलागेका कारण आइतबार हुनुपर्ने पार्टीको आन्तरिक प्रशिक्षण हुन नसकेको नेताहरूको भनाइ छ । पूर्ववत् माओवादीभित्रैका गुट–उपगुट व्यवस्थापन गर्न र नाम मिलाउन नसक्दा आयोजक समितिमा रहने नेताहरूको नाम टुंगो नलागेको बताइन्छ । जवस मोर्चाको हालत पनि उस्तै जिल्ला तहमा पार्टीको एकता अधिवेशन नै नभएपछि अन्य जवस मोर्चाको हालत पनि त्यस्तै छ । जनपरिचालनका लागि महत्वपूर्ण मानिने विद्यार्थी, मजदुर, युवा, महिलालगायतका संगठन एकता हुन नसक्दा परिचालन हुन सकेका छैनन् । पार्टीको एकता नभए पनि प्रदेशभित्रका केही जिल्लामा भने विद्यार्थी र पत्रकारको संगठनको एकता अधिवेशन भने सम्पन्न भएको नेताहरू बताउँछन् । आफ्नै एजेन्डा मधेसमा अलपत्र माओवादी केन्द्र नेतृत्वको सरकारले मधेसीको माग सम्बोधन गर्ने भन्दै संसद्मा संविधान संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । तर, उसले अझै पनि संशोधनका विषयवस्तुका बारेमा मधेसमा कुनै कार्यक्रम लैजान सकेको छैन । सरकारले संशोधनका लागि लगेको प्रस्ताव, पार्टीको मधेस नीतिलगायतका विषयमा कुनै कार्यक्रम बनाउन सकेको छैन । ‘हामीले सकेको बुझाइरहेका छौँ, तर ठ्याक्कै यसबारेमा कार्यक्रम बनेका छैनन्, त्यो सही हो,’ साहले नयाँ पत्रिकासँग भने, ‘यसबारेमा पनि अब कार्यक्रम छिटै बन्छन् ।’ मातृका र पूर्वएकताकेन्द्रका नेताबीच अन्तरविरोध माओवादी केन्द्रले २ नम्बर प्रदेशको इन्चार्ज मातृका यादव र संयोजक विश्वनाथ साहलाई जिम्मेवारी दिएको छ । यादव पूर्ववत् एकताकेन्द्र मसाल माओवादीमा गाभिएपछि पार्टी छाडेर अलग्गै पार्टी सञ्चालन गरेका व्यक्ति हुन् । संयोजकको जिम्मेवारीमा रहेका साह भने पूर्ववत् एकताकेन्द्र मसालबाट माओवादीमा आएका नेता हुन् । जसका कारण पनि यी दुई नेताहरूको बीचको अन्तर्विरोधले मधेसमा जिल्ला एकता अधिवेशनसमेत हुन नसकेको हो । गिरिराजमणि पोखरेल, प्रभु साह, उर्मिला अर्याललगायतका नेताहरूलाई साथ लिएर मातृकाबाट मधेसमा पार्टी संगठन नचल्ने भन्दै साहले लबिङ थालेको बताइन्छ । यादवलाई भने पूर्ववत् माओवादी खेमाका नेताहरूले साथ दिइरहेका छन् । मातृका पनि साहका कारण संगठन निर्माणमा अवरोध आएको बताउँदै आइरहेका छन् । पार्टी नेतृत्वले भने यस विषयमा हस्तक्षेप गर्न सकेको छैन । के भन्छन् नेता ? विश्वनाथ साह, संयोजक माओवादी केन्द्र, २ नम्बर प्रदेश मधेसमा पार्टीको संगठन निर्माण भएको छैन । तर, कार्यक्रम भने रोकिएको छैन । कुनै न कुनै रूपमा भेटघाट हुने, तल्लो तहमा जाने, जनसम्पर्क/सम्बन्ध विस्तारका काम भइरहेकै छन् । सांगठनिक काम रोकिएको हो, अन्य काम रोकिएका छैनन् । हामी प्रदेशभित्रका सिनियर नेताहरूको बैठक बसिरहेका छौँ । सचिवालयको पनि बैठक बसेको छ । अबको १५ दिनभित्र सबै जिल्लाको अधिवेशन हुन्छ । त्यसका लागि पार्टीको संगठन विभागसँग छलफल भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy