Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बेपत्ता पारिएका व्यक्ति खोज्न आयोग गाउँगाउँ जाने

\"\"काठमाडौं, १५ पुस । दशवर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको अध्ययनका लागि बेपत्ता पारिएका व्यक्तिको बारेमा बुझ्नका लागि छानबिन अयोगका कर्मचारी गाउँगाउँ जाने भएका छन् । आयोगका कर्मचारी आगामी फागुनदेखि तत्कालीन माओवादी र सरकारी पक्षबाट बेपत्ता पारिउका व्यक्तिको विस्तृत अध्ययन र छानबिन गर्न गाउँगाउँ जाने भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– ‘हामीले उजुरीको प्रारम्भिक छानबिन गरिसकेका छौं, द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन गर्ने आयोगका कर्मचारी १ फागुनदेखि गाउँ जाने योजना छ’, आयोगका प्रवक्ता डा. विष्णु पाठकले भने । प्रारम्भिक छानबिनपछि कर्मचारीलाई तालिमलगायत अरु काम गर्नुपर्ने भएकाले फागुनदेखि विस्तृत अध्ययनका लागि अयोगका कर्मचारीहरु खटिन लागेका हुन् । २१ पृष्ठ लामो प्रश्नावली तयार विस्तृत अध्ययनका लागि पीडित–पीडक र सम्बन्धित पक्षलाई सोधपुछका लागि २१ पृष्ठ लामो प्रश्नावली तयार परिएको छ । सबै प्रश्नको उत्तर आउने गरी सरोकारवाला पक्षलाई सोधिने पाठकले जानकारी दिए । उनका अनुसार सबै प्रश्न वैज्ञानिक तवरले तयार गरिएका छन् । पीडितको छानबिनका लागि आवश्यक सूचना भएमा दिन प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरीलाई पत्र नै लेखेर अनुरोध गरेको पाठकले बताए । सोही सूचनाका आधारमा बेपत्ता पारिएका व्यक्तिको खोजबिन गरिनेछ । बेपत्ता पारिका व्यक्तिको कपडादेखि शरीरको बनावट पनि खोजबिन गरिनेछ । बेपत्ता व्यक्ति कस्ता प्रकृतिका साथीभाइसँग नजिक थिए र उनीहरूलाई के–कस्तो साथ सहयोग हुन्थ्यो भन्ने विषयको सूक्ष्म अध्ययन गरिनेछ । यसका लागि आयोगले हरेक जिल्लामा एकपटक सार्वजनिक सुनुवाइ गर्ने योजना बनाएको छ । वैशाखदेखि शव उत्खनन गर्ने आयोग प्रवक्ता पाठकले बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययनपछि वैशाखदेखि शव उत्खनन गर्ने योजना रहेको जानकारी दिए । गाडिएको शव उत्खनन गर्दा कम्तीमा ३० देखि ४५ दिनसम्म लाग्न सक्ने अनुमान छ । पुरातत्वविद्, इतिहासविद्, समाजशास्त्री, मानवशास्त्री, इन्जिनियर, चिकित्सा क्षेत्रका विज्ञहरूको सहभागितामा ती शवको छानबिन हुनेछ । बेपत्ता पारिएका व्यक्तिको नाममा २८ सय ६४ उजुरी द्वन्द्वमा तत्कालीन माओवादी र सरकारी पक्षबाट बेपत्ता पारिएका व्यक्तिको खोजबिनका लागि २८ सय ६४ उजुरी परेका छन् । सबैभन्दा धेरै पुरुषले २६ सय ४० र महिलाले दुई सय २४ उजुरी हालेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending