Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी

\"\"काठमाडौं, २१ पुस । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ । यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन् । ‘अघिल्लो साता चिनियाँ सेनासँग इनिसिएल प्लानिङ कन्फ्रेन्स (प्रारम्भिक योजना बैठक) काठमाडौंमा सम्पन्न भएको छ, अब अन्तिम योजना बैठक बसेर त्यसबारे टुंगो लाग्छ,’ सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठकमा प्रस्ताव राखिएको छ, दुवैतर्फका विषय प्रस्तुत भएका छन् ।’ उनका अनुसार दुवै पक्षलाई मान्य हुने मिति, स्थान र अन्य प्रक्रियागत विषय अर्को बैठकबाट टुंगो लाग्नेछ । स्रोतका अनुसार सैन्य अभ्यासको नाम ‘प्रतिकार’ प्रस्तावित छ। हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ । ‘छिमेकी र उदाउँदो शक्तिराष्ट्रसँग सैन्य अभ्यास राख्नु कूटनीतिक र सामरिक सन्तुलनका लागि यो अर्थपूर्ण छ, यो राष्ट्रहितका पक्षमा छ,’ सामरिक मामिलाविज्ञ गेर्जा शर्मा वाग्लेले भने, ‘भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन ।’ १४ पुसमै चिनियाँ घोषणा चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताए पनि मिति तोकेका थिएनन् । उनको भनाइ थियो, ‘आपसी सम्मान, समानता, लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामीले काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ ।’ चीनसँग पहिलोपटक अभ्यास भारत र अमेरिकासँग पहिल्यै दक्षिण एसियाको सबैभन्दा पुरानो नेपाली सेनासँग चिनियाँ सेनाले संयुक्त अभ्यासका लागि पहिलोपटक प्रस्ताव गरेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको सैनिक स्रोतले बतायो । रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले यसबारे कुराकानी गरेका थिए । नेपाली सेनालाई चिनियाँ सेनाले अस्पताललगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ चीन जाँदा चिनियाँ सेनाले एउटा उच्चस्तरीय प्रविधियुक्त अस्पताल बनाइदिने प्रस्ताव गरेको थियो, राजनीतिक नेतृत्वले स्वीकार गरेन, अहिले सेनाको कल्याणकारी कोषबाट दुई अर्ब रुपैयाँ खर्च गरेर भेट्रान्स अस्पताल बनाउनुपरेको छ,’ सेनाका एक बहालवाला उपरथीले भने, ‘चिनियाँ सेनासँग सम्बन्ध थप सुदृढ पार्ने कुरालाई स्वाभाविक मान्नुपर्छ, भारतीय सेनासँग हाम्रो सम्बन्ध घनीभूत छँदै छ ।’ अमेरिका र भारतसँग पहिल्यै नेपालले भारत र अमेरिकासँग यसअघि दुईपक्षीय संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सन् २०११ देखि नेपाल र भारतका सैनिकबीच ‘सूर्यकिरण’ नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष रूपन्देहीको सालझन्डीस्थित सैनिक तालिम केन्द्रमा आयोजित सैन्य अभ्यासको समापनमा भारतीय सेनाका निवर्तमान सेनाध्यक्ष दलवीरु सिंहसमेत आएका थिए । नेपाली र भारतीय सेनाबीच दशवटा संयुक्त अभ्यास हुँदै आएको छ । नेपाली सेनाको विशेष बाहिनीमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग रहँदै आएको छ । विशेषगरी महावीर गण (रेन्जर), भैरवनाथ गण, युद्ध भैरव गणमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्ड सम्बद्ध सैनिकले निरन्तर सैन्य अभ्यास गर्दै आएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा पनि अमेरिका, भारतलगायत विभिन्न मुलुकका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । नेपाली सैनिक अधिकारीहरू भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, बंगलादेशमा तालिम लिइरहेका छन् । हरेक वर्ष भारतमा ३५ जना, चीनमा २७ जना, अमेरिकामा १५ जना, बंगलादेशमा पाँचजना सैनिक अधिकृतले स्टाफ कलेज, सिनियर कमान्ड, हाइअर कमान्ड, नेसनल डिफेन्स कलेजको कोर्स गरिरहेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी, कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी, शान्ति सेना तालिम केन्द्र पाँचखाल, माउन्टेन वारफेयर तालिम मुस्ताङ, जंगल वारफेयर अमलेखगन्जमा विभिन्न देशका सैनिक अधिकृतले तालिम लिइरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy