Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

चोरेको विद्युत महँगोमा बिक्री !

\"\"काठमाडौं, २१ पुस । भक्तपुर नगरपालिकाका एक व्यक्तिले विद्युत् चोरेर छिमेकीलाई महँगोमा बिक्री गरेका छन् । आफ्नो घरमा भाडा गरी बस्नेलाई सबमिटर जडान गरिदिएर लागेको विद्युत्को शुल्क लिनु सामान्य हो । तर ती व्यक्तिले सुन्दै अचम्म लाग्ने गरी विद्युत् चोरी गरेर छिमेकीलाई सबमिटर जडान गरी महँगो शुल्क लिएर बिक्री गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– विद्युत् प्राधिकरणले जस्तै विद्युत् बिक्री गरेर शुल्क असुल्ने भक्तपुर नपा ५ देकोचाका लक्ष्मी गहतराज हुन् । नेपाल विद्युत् प्राधिकरण भक्तपुर केन्द्रका प्रमुख विक्रमबहादुर अमात्यका अनुसार गहतराजले खम्बाबाट आफ्नो घरमा ल्याएको मुख्य लाइन मिटर नपुग्दै प्वाल पारेर विद्युत् चोरेका थिए । \'खम्बाबाट घरमा ल्याएको मुख्य लाइन मिटर नपुग्दै प्वाल पारेर विद्युत् चोरेको भेटियो\', प्रमुख अमात्य भन्छन्, \'आफ्ना लागि मात्रै नभएर लक्ष्मी गहतराजले विद्युत् चोरेर पनि अरूलाई महँगोमा बेच्नुभयो ।\' गहतराजले आफ्ना ६ जना छिमेकीलाई सबमिटरमार्फत विद्युत् बेचेको जानकारी प्रमुख अमात्यले दिए । विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार गहतराजले छिमेकीलाई महँगो पैसा लिएर विद्युत् बिक्री गर्दै आएका थिए । प्राधिकरणले साधारण ग्राहकबाट प्रतियुनिट चार रुपैयाँ लिँदै आएको छ तर उनले प्रतियुनिट दस रुपैयाँभन्दा बढी शुल्क लिएर चोरीको विद्युत् बैच्दै आएको केन्द्रका एक कर्मचारीले बताए । चोरीको विद्युत् बेच्दै आएका गहतराजलाई कारबाहीस्वरूप भक्तपुर केन्द्रले एक लाख ४९ हजार रुपैयाँ जरिबाना गरेको छ । उक्त रकम उनले विद्युत् बेचेका छिमेकीको सबमिटरमा देखाएको अंकअनुसार मात्रै भएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख अमात्यका अनुसार गहतराजबाट असुलेको जरिबाना रकम व्यक्तिगत ग्राहकबाट असुल गरेको सबैभन्दा ठूलो हो । \'कैफियत भेटिएका अन्य ग्राहकबाट ४०÷५० हजारभन्दा बढी जरिबाना लिएका छैनौु\', उनले भने, \'तर गहतराजलाई एक लाख ५९ हजार रुपैयाँ जरिबाना गरायौं । यो रकम उनले विद्युत् बेचेको सबमिटरले देखाएको अंकअनुसार मात्रै हो ।\' उनले केन्द्रले विद्युत् चुहावटबारे जिल्लामा अभियान नै थालेपछि विद्युत् चोर्ने प्रविधि र कार्यशैलीबारे धेरै विधि पत्ता लागेको बताएका छन् । भक्तपुर जिल्लामा पनि भक्तपुर नगर क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण चुनौतीपूर्ण भएको उनको भनाइ थियो । उक्त चुनौती कम गर्न केन्द्रले विद्यालय तथा उच्च माविकेन्द्रित विद्युत् चुहावट नियन्त्रण अभियान अघि बढाएको छ । विद्युत् चुहावट र विद्युत्को खपत कम गर्नेबारे सचेत गर्ने उद्देश्यले जिल्लाका विद्यालय तथा उच्च माविमा अभियान अघि बढाइएको केन्द्रका प्रमुख अमात्य बताउँछन् । यसका साथै केन्द्रले विद्युत् चोरी नियन्त्रण गर्न दैनिक दुईवटा समूह खटाउँदै आएको छ । भक्तपुरमा मासिक ३५ लाख युनिट विद्युत् बिक्री भइरहेको छ । केन्द्रको सिस्टममा भने ५१ लाख युनिट बिजुली आइरहेको केन्द्रले जनाएको छ । उक्त तथ्यांकअनुसार भक्तपुरमा १६ लाख युनिट विद्युत् चुहावट भइरहेको छ । केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियान थालेपछि उल्लेखनीय रूपमा चुहावटमा कमी आएको छ । सरकारी तथ्यांकअनुसार भूकम्पअघिसम्म भक्तपुरमा ६३ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । तर भूकम्प र जनचेतना अभियानका कारण चुहावट अहिले ३३ प्रतिशतमा झरेको प्रमुख अमात्यको दाबी थियो । उनले चालू आवभित्र विद्युत् चुहावट २२ प्रतिशतमा झार्ने लक्ष्य रहेको जानकारी दिए । सात प्रतिशतको हाराहारीमा हुने प्राविधिक चुहावट गणना नगर्दा अहिले वास्तविक चुहावट २६ प्रतिशत मात्रै रहेको उनको भनाइ थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy