पौष २३ गते, २०७३ शनिवार 7th January, 2017 Sat०७:४६:१४ मा प्रकाशित
काठमाडौं, २३ पुस ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।
दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो ।
‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ\', शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।
शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए ।
उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।\' गृह मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तस्करीमा जोसुकै संलग्न भए पनि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र डीआईजी सिलवाललाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक अर्याल शुक्रबार बिहान सीआईबी पुगेर प्रहरीले देखाएको अग्रसरताप्रति स्याबासी दिँदै तस्करीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सिलवाललाई निर्देशन दिएका थिए । ‘यो घटनामा कोको प्रहरी, भन्सारका कर्मचारी र व्यापारी मिलेका छन्, सबैलाई कारबाहीको दायरमा ल्याउनुस्\', अर्यालले भने ।
बिहीबार प्रहरीले सुन बरामद गर्दा सुटकेसबाट सुनका २० थान सिक्री आकारका माला र १९ थान बेरुवा औंठीसमेत बरामद गरेको थियो । सीआईबीले बिहीबार शाही, मोरङ पथरीका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई ३३ किलो सुन बरामद घटनामा पक्राउ गरेको थियो ।
विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले सुरक्षा निकायको जिम्मेवारी पन्छाउँदै यो घटनामा भन्सार बढी जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘भन्सारमा सामान पुगेपछि प्रहरीले खोलेर हेर्न मिल्दैन । उसले कुन सामान राख्ने र नराख्ने निर्णय लिन्छ । हामीसँग समन्वयमा भन्सारले कुनै काम गर्दैन तर पनि प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ ।\' उनले सीआईबीको समन्वयमा विमानस्थलको सीसीटीभी र कर्मचारीको कलडिटेल जाँच गरिरहेको बताए । सुनसहित पक्राउ परेकालाई सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।
भन्सारका २९ कर्मचारीलाई ड्युटीमा रोक
३३ किलो सुन विमानस्थलबाट बाहिरिएपछि अनुसन्धानको दायरामा परेको त्रिभुवन विमानस्थलमा भन्सार कार्यालयमा खटिएका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको छ ।
बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म खटिएका उपसचिवदेखि पियनसम्मका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको जानकारी प्रमुख भन्सार प्रशासक नारायणप्रसाद सापकोटाले दिए । उनले भने, ‘यो घटनामा भन्सारलाई मात्रै मुछिएकाले अनुसन्धानका लागि प्रमाण लुकाउने आशंकामा २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाएर अन्यलाई खटाइएको छ । छानबिन गरेर मिडियासामु पेस गर्छौं ।\'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: