Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लोकमान नियुक्त गर्नेलाई पनि कारबाही हुनुपर्छ : डा. केसी

\"\"काठमाडौं, २५ पुस । प्रा.डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाइ सर्वोच्च अदालतले अयोग्य ठहर गर्नुलाई सराहनीय भन्दै उनका गैरकानुनी कामका लागि दण्डसमेत दिनुपर्ने बताएका छन् । आजको कान्तिपुरमा खबर छ– कार्कीलाई महाअभियोग लगाउनुपर्नेसमेत माग राखेर आमरण अनशन बसेका डा. केसीले अयोग्य कार्कीलाई योग्य बनाएर नियुक्त गर्नेलाई पनि कारबाही हुनुपर्ने बताए । ‘सर्वोच्चले कार्कीलाई अयोग्य पुष्टि गर्‍यो, तर उनलाई योग्य भनेर नियुक्ति गर्नेहरू चार दलका शीर्ष नेता र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्छ,’ उनले भने । डा. केसीले विधिको शासन छ भन्ने कुरा स्थापित गर्न पनि गलत कामका लागि कार्कीले दण्ड पाउनुपर्ने बताए । उनले सर्वोच्चको फैसला सुशासनको सुरुवात भएको बताए । उनले मुलुकमा सुशासन स्थापित गर्ने आफ्नो लडाइँ जारी रहनेसमेत उल्लेख गरे । ‘अब जनताको मतबाट जनहितका काम गर्न चुनेर आउने सांसदहरूलाई समेत जवाफदेही बनाउनुपर्छ,’ उनले भने । डा. केसीले आयुक्त राजनारायण पाठकलाई कारबाही नभएसम्म अख्तियार चोखो हुन नसक्नेसमेत बताए । ‘सांसदहरू लोकमानबाट कति डराएका थिए भन्ने कुरा महाअभियोग लगाउन तीनजना सांसदसमेत जुट्न नसक्ने स्थितिले स्पष्ट पारेको थियो । राजनीतिक दल र लोकमानबीच एक–अर्काको कुकर्मबारे नबोल्ने सहमति भएकाले उनीहरूले महाअभियोग नलगाएका हुन्,’ उनले भने । मुलुकमा गुणस्तरीय स्वास्थ्य शिक्षा, सेवालाई सबैको पहुँचमा पार्ने आफ्नो अभियानविरुद्ध कार्कीले भ्रष्टहरूलाई ‘क्लिन चिट’ दिएर परिचालन गरेको दाबी डा. केसीको छ । कार्कीले आफ्नो स्वार्थका लागि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा दर्जनौं हस्तक्षेप गरेको पनि उनले दाबी गरे । ‘जनहितविपरीत जाने जतिसुकै ठूलो शक्ति भए पनि सामान्य नेपालीले सहजै ढाल्न सक्छन्,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy