Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सडक विस्तारले तातोपानी कुण्ड सङ्कटमा

\"\"म्याग्दी, २६ पुुस । म्याग्दीको भुरुङस्थित प्राकृतिक तातोपानी कुण्ड सङ्कटमा परेको छ । बेनी–जोमसोम सडक विस्तारका क्रममा तातोपानीको मुहान पुरिने अवस्था आएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कुण्डको मुहान पुरिने गरी सडक विस्तार गर्ने तयारी गरेपछि स्थानीयले विरोध जनाउँदै विकल्प खोज्न माग गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदी किनारमा रहेको भुरुङ तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय स्थल मानिन्छ । सडकदेखि करिब तीन मिटर तल कुण्डको मुहान रहेको छ । कुण्ड संरक्षण समिति र भुरुङ तातोपानीमा क्रियाशील राजनीतिक दलका नेताले कुण्डलाई असर नपर्ने गरी नक्साङ्कन गर्न दबाब दिएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताले आयोजनासँग कुण्ड प्रभावित नहुने गरी नक्साङ्कन गर्न अनुरोध गरेका हुन् । आयोजनासँगै, जिल्लास्थित कार्यालय र राजनीतिक दललाई ध्यानाकर्षण गराइएको नेकपा (माओवादी केन्द्र)का नेता ओमबहादुर फगामीले बताए । नेपाली काँग्रेसका स्थानीय नेता आत्म तुलाचनले पर्यटकीय महत्वको तातोपानी कुण्डको संरक्षणका लागि सडकको ट्र्याक परिवर्तन वा अन्य विकल्प खोज्नुपर्ने बताए । महत्वपूर्ण प्राकृतिकस्थल नै सङ्कटमा पर्ने गरी सडक विस्तार गर्न नहुने बताउँदै एमालेका स्थानीय नेता श्याम रानाले विकल्प खोजे समुदायले सहयोग गर्ने प्रतिबद्धता जनाए । कालीगण्डकी किनारमा निस्कने ५० डिग्री सेल्सियसभन्दा बढी तातो पानी सङ्कलन गरिने तलाउबाट हाल स्थानीय निकायलाई वार्षिक करिब रु ४० लाख आम्दानी हुने गरेको छ । सो कुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । कुण्डको आम्दानीमध्ये आधा पूर्वाधार निर्माण र संरक्षण तथा ५० प्रतिशत सर्वोदय मावि सञ्चालनका लागि खर्च हुँदै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy