Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए । ‘अबुधाबी भ्रमण सकेर प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ खनालले भने । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री प्रचण्ड युएईका युवराज सेख मोहम्मद बिन जायेद अल नह्यानको निमन्त्रणामा वल्र्ड फ्युचर इनर्जी समिटमा भाग लिन शनिबार युएई प्रस्थान गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् । फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन । प्रमुख सत्तासाझेदार दल कांग्रेससँग मन्त्रालयका विषयमा टुंगो लागेको भए प्रधानमन्त्रीले आबुधाबी भ्रमणअघि नै राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसहित दुई साना दलका नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराउने योजना बनाएका थिए । तर, कांग्रेसको भागमा रहेको परराष्ट्र मन्त्रालय राप्रपालाई दिने विषयमा कुरा नटुंगिएकाले शनिबारअघि सरकार विस्तार हुन नसकेको हो । दुई साना दललाई पनि लैजाने मन्त्रिपरिषद् विस्तार गर्दा साना दुई दललाई पनि समेट्ने तयारी प्रधानमन्त्रीको छ । ‘राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउँदा साना दलबाट पनि दुईजनालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले भने । साना दलभित्रबाट अखण्ड नेपाल पार्टीका नेता कुमार खड्कालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको सचिवालयका सदस्यले बताए । समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहलाई पनि मन्त्री बनाउने छलफल भएको, तर त्यसबारे प्रधानमन्त्रीले टुंगो गरिनसकेको ती सदस्यले बताए । लोकतान्त्रिक फोरमभित्र विवाद प्रधानमन्त्रीले सरकारमा लाने तयारी गरेपछि फोरम लोकतान्त्रिकभित्र विवाद बढेको छ । पार्टी अध्यक्ष गच्छदार आफैँ सरकारमा जान इच्छुक देखिएपछि अन्य नेताले त्यसको विरोध गरेका छन् । उनीहरू अहिले पार्टी सरकारमा सहभागी हुन नहुने अडानमा छन् । पहिले सरकारमा जान खोज्दा लैजान नचाहेको, तर अहिले अप्ठेरोमा परेपछि मात्र प्रधानमन्त्रीले फोरम लोकतान्त्रिकलाई खोजेको भन्दै नेताहरूले सरकारमा जान नहुने अडान राखेका हुन् । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पार्टी अहिले सरकारमा नजाने बताए । ‘पहिले हामीले सरकारमा जान चाहेका थियौँ, त्यसवेला लैजानुभएन । अहिले कांग्रेससँगको सहमतिका आधारमा प्रचण्डले सरकार छाड्ने वेला भएको छ । त्यसैले यतिवेला सहभागी गराउन खोज्नुको कुनै अर्थ छैन,’ चौधरीले भने, ‘अब बाहिरै बसेर सरकारलाई सहयोग गर्छौं ।’ गत साउनमा प्रधानमन्त्री निर्वाचनका वेला प्रचण्डलाई मतदान गरेको लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन भने कांग्रेस–माओवादीले अनिच्छा देखाएका थिए । फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी नगराउन मधेसकेन्द्रित दलले दबाब दिएका थिए । तर, अहिले संविधान संशोधन प्रस्तावमा दुईतिहाइ बहुमत पुर्‍याउन सबैलाई समेट्ने तयारीमा सरकार लागेको हो । अहिले मधेसी मोर्चाले पनि सरकारमा गच्छदारको पार्टीलाई ल्याउन ग्रिन सिग्नल दिएको छ । तर, पार्टीभित्रै विरोध देखिएपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy