माघ ३ गते, २०७३ सोमवार 16th January, 2017 Mon०६:१२:३० मा प्रकाशित
काठमाडौं, ३ माघ ।मुलुकको एक मात्र अन्तर्र्रािष्ट्रय विमानस्थल त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको धावनमार्गमा आइतबार दिउँसो साढे २ बजे कुकुरहरूको बथान देखिएपछि त्यहाँको वातावरण खल्बलिन धेरै समय लागेन ।
आजको राजधानीदैनिकमा खबर छ– धावनमार्गमा तीनवटा कुकुर एकसाथ देखिएपछि मलेसियाबाट आएको एयर एसियाको एउटा विमान अवतरण हुन नसकेपछि ओभरसुट (पुनः आकाशमै फर्काउने काम) गर्नुप¥यो । यस्तै, नयाँ दिल्लीबाट काठमाडौं आएका एयर इन्डिया र जेट एयरवेजको विमानको उडान पनि प्रभावित बन्न पुग्यो ।
धावनमार्गमा अकस्मात् एकैसाथ तीनवटा कुकुर हिँडिरहेको देखिएपछि अवतरणका लागि कोटेश्वरमाथिको आकाशबाट आइसकेको एयर एसियाको विमानलाई एक्कासि ओभरसुट गराइएको थियो । विमानस्थलको टावरले दिएको निर्देशनलगत्तै पुनः उचाइ लिँदै अकासिएको सो विमान केही समय काठमाडौं नजिकैको आकाशमा होल्ड गराएर निकै फन्को मारेको थियो ।
एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउमै तीनवटा कुकुर देखिएपछि अवतरण गर्न लागेको सो विमानलाई तत्काल सुरक्षाका लागि ओभरसुट गराउनुपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सम्भावित दुर्घटनालाई मध्यनजर गरी सो विमानलाई पुनः आकाशको उचाइमा पठाएका हौं,’ ठाकुरले भने । उनले एक्कासि धावनमार्गमा पुगेका कुकुरलाई जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मी ९सार्प सुटर० मार्फत व्यवस्थापन गरिएको बताए ।
धावनमार्गमा आतंक मच्चाउनेमध्ये एउटा कुकुरलाई विमानस्थलका सुरक्षाकर्मीले गोली हानी मारेका छन् भने अन्य दुईवटालाई लखेटिएको थियो । त्यसको केही समयपछि विमानस्थलको उडान सेवा सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ । सो समय नयाँ दिल्लीबाट काठमाडौं आएका एयर इन्डिया र जेट एयरवेजको विमानको उडान पनि प्रभावित भएको थियो ।
विमानस्थल कार्यालयले कुकुरहरू कसरी धावनमार्गसम्म आइपुगे भन्ने निरीक्षण गर्न त्यहाँका जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मीहरूलाई व्यापक रूपमा परिचालन गरेको जनाएको छ ।
धावनमार्गमा यसअघि पनि धेरैपटक बाँदर, कुकुर र चराहरूले विमानस्थलको नियमित उडान–अवतरणमा बाधा पु¥याउँदै आएका छन् । अहिलेसम्म चरा ठोक्किएर करिब आधा दर्जन विमान सामान्य एवं ठुला दुर्घटनामा परेका छन् । यस विमानस्थलले अझैसम्म लामो समयदेखि जारी कुकुर, बाँदर, स्यालजस्ता जनावर र चरा नियन्त्रणका लागि सिकारी लगाएर बन्दुक र गुलेलीले लखेट्नेबाहेक अत्याधुनिक प्रविधि प्रयोगमा ल्याउन सकेको छैन ।
पछिल्ला दिनमा कुकुर, बा“दर र चरा आतंक थप तीव्र बन्दै गइरहेको छ । पशुपति वनकाली क्षेत्रबाट दैनिक हुलका हुल बाँदर र विमानस्थल प्रवेशद्वारबाटै भुस्याहा कुकुर छिर्न थालेपछि अहिले विमानस्थलका सुरक्षाकर्मीलाई कुकुर र बाँदर लखेट्न भ्याइनभ्याइ छ । त्यहाँका जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मी (सार्प सुटर) बेलाबेलामा विमानस्थलभित्र पस्ने कुकुर र बाँदर लखेट्दालखेट्दै थाकिसकेका छन् ।
विमानस्थलभित्र पशुपति वनकाली क्षेत्रको जंगलबाट प्रवेश गर्ने बाँदर आतंककै कारण अहिले वायुसेवा सञ्चालक कम्पनीहरूलाई पनि ह्यांगरमा पार्किङ गरिराखिएका आफ्ना विमान र हेलिकोप्टर जोगाउन मुस्किल भइरहेको छ । गत वर्षको २७ माघमा पनि विमानस्थलको ह्यांगरमा बाँदर पसेर केही हेलिकोप्टरको पखेटा बिगारेको थियो भने धावनमार्ग छेउमा एक हुल बाँदरले परेड खेलेको थियो ।
बाँदर आतंककै कारण अहिले विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चु“डालिदिने एवं धावनमार्ग नै छेकिदिनेजस्ता समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरू आजित छन् । बा“दर र कुकुरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने भयले उनीहरू आतंकित बनेका हुन् ।
यस विमानस्थलमा यस्तो खतरापूर्ण अवस्था देखिएको त्यो पहिलोपटक भने होइन । यहाँ अहिलेसम्म चरा ठोक्किएर मात्र तीनवटा ठूला दुर्घटना भइसकेका छन् । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए–३०० जहाज चरा ठोक्किएर दुर्घटना भएको थियो । सन् २०१० को सेप्टेम्बरमा बंगलादेशको डीसी १० र २०५९ असोज १२ मा सीता एयरको डोर्नियर जहाज चरा ठोक्किएकै कारण ठुलो दुर्घटनामा परेको थियो । विमानस्थलनजिकै मनोहरा खोलामा दुर्घटना भएको सो जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको ज्यान गएको थियो । काठमाडौंबाट लुक्लातर्फ उडेको सो जहाजका चालक विजय तण्डुकारले आफू बिते पनि धन्न सहरको मानव बस्ती भने छलाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: