प्याकेजमै सहमति खोजी, एमालेसहितको राष्ट्रिय सरकारको गृहकार्य
माघ ३ गते, २०७३ सोमवार 16th January, 2017 Mon०६:२०:४४ मा प्रकाशित
काठमाडौं, ३ माघ । प्रमुख राजनीतिक दलले प्याकेजमै सहमति खोज्दै वर्तमान समस्या समाधान गर्ने गृहकार्य अघि बढाएका छन् । संविधान कार्यान्वयनका लागि प्रमुख दलबीचको सहमति अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै नेताहरूले तीन दलीय सहमतिलाई पहिलो प्राथमिकतामा राखेका प्याकेज सहमतिको गृहकार्य अघि बढाएका हुन् ।
आजको राजधानी दैनिकमा खबर छ– बालुवाटार स्रोतका अनुसार स्थानीय तहको निर्वाचन मिति घोषणा, संविधान संशोधन तथा निर्वाचन कानुनलगायत विषयमा प्रमुख तीन दलबीचको सहमतिमा जोड दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले देशका लागि भए पनि तीन दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए । स्याङ्जाको वालिङमा आइतवार आयोजित कार्यक्रममा देउवाले संविधान कार्र्यान्वयनको अवस्थामा केही समस्या देखा परे पनि देशको भविष्यका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका हुन् । ७ माघ २०७४ भित्र तीन तहको निर्वाचन नभए देशमा संवैधानिक संकट उत्पन्न हुने देउवाको भनाइ थियो । सरकारले प्याकेजमै सहमतिका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि सरकारमा ल्याउन प्रयास गरेको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड लागेको खुलासा गरेका हुन् । ‘तीन दल नमिल्दासम्म संविधान कार्यान्वयन सम्भव छैन, यसका लागि एमालेलाई समेत सरकारमा ल्याउने गरी छलफल भइरहेको छ,’ विराटनगर पुगेका सरकारका प्रवक्ता कार्कीले भने, ‘देशका प्रमुख मुद्दामा मुख्य दलहरू एक ठाउँमा उभिएर नै अघि बढ्नुपर्दछ भन्ने सरकारको जोड छ ।’ नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार राप्रपाले यसअघिका सर्वदलीय बैठकमा सहमतिका लागि सर्वदलीय सरकार गठन गरेर अघि बढ्नुपर्ने विषय उठाएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रमुख दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको भए पनि एमालेसहित सरकार विस्तारको विषय नीतिगत रूपमा छलफल नभएको बताउँछन् ।
यता, प्रमुख प्रतिपक्षी एमालेले सरकारमा सहभागी हुने आफ्नो इच्छाको विषय नभएको बताएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले आफूहरूलाई सरकारमा जाने कुनै रुचि नभएको बताए । ‘हामीलाई सरकारमा जान कुनै इच्छा छैन,’ ज्ञवालीले भने, ‘हामीले भनेको निर्वाचन हुनुप¥यो भन्ने हो, यो सरकारले गरे पनि केही फरक छैन, तर निर्वाचन हुनुपर्छ र संविधान कार्यान्वयन हुनुपर्छ ।’ सरकार प्रवक्ता कार्की भने तत्काल मन्त्रिपरिषद् विस्तार नहुने र कसैलाई आहत नहुने गरी राजनीतिक दलहरूबीच गहन छलफल भएपछि मात्रै निर्वाचनको मिति घोषणा हुने बताउँछन् ।
प्रतिपक्षी एमालेले सीमांकन हेरफेरको विषय रोकेर निर्वाचन मिति घोषणासँगै निर्वाचन कानुन पास गरेर जानुपर्ने अडान राख्दै आएको छ । सत्तारूढ दलले भने सबैलाई निर्वाचनमा सहभागी गराउन संशोधन पास गरेर जानुपर्ने बताउँदै आएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले मोर्चालाई पनि निर्वाचनमा ल्याउन संशोधन पास गर्न आवश्यक रहेको बताए । ‘सीमांकन रोकेर संशोधन पास गर्ने विषय प्रमुख प्रतिपक्षी एमालेले उठाएको हो,’ पौडेलले भने, ‘मधेसी मोर्चालाई निर्वाचन बाहिर राख्न हुन्न, उसले अहिलेकै अवस्थामा मान्ने अवस्था पनि छैन, त्यसैले सबैको सहमतिमा पास गरेर जानुपर्छ ।’ एमाले नेता ज्ञवाली भने संविधान संशोधन अहिलेको आवश्यकता नभएको र संविधान कार्यान्वयनका लागि निर्वाचन घोषणा गरेर अघि बढ्नुपर्ने मुख्य प्राथमिकता रहेको बताउँछन् ।
नेकपा माओवादी केन्द्रका नेता पोखरेल देश र जनताको हितका लागि सबै दल जिम्मेवार बन्न आवश्यक रहेको भन्दै अहिलेको आवश्यकता भनेको सबै दल एकजुट भएर संविधान कार्यान्वयनमा केन्द्रित हुुनुपर्ने बताउँछन् । कांग्रेस नेता गोपालमान श्रेष्ठ पनि संविधान निर्माणताकाजस्तै प्रमुख दलहरू एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिन्छन् । ‘संविधान निर्माण गर्दा एक ठाउँमा भएका दलहरू लागू गर्ने सन्दर्भमा पनि एक ठाउँ आउनैपर्छ,’ श्रेष्ठले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: