Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

संघीयताको विपक्षमा विप्लव माओवादी

\"\"काठमाडौं, ३ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) नेपालमा अहिले प्रयोग हुन खोजिरहेको संघीयताको विपक्षमा देखिएको छ । उसले अहिलेको संघीयतासम्बन्धी बहसको जनताका लागि कुनै अर्थ नभएको पार्टी महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा उल्लेख गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– आगामी १ देखि ७ फागुनसम्म हुन लागेको आठौं महाधिवेशनका लागि तयरा पारेको राजनीतिक दस्ताबेजमा विप्लवले संघीयताको बहस अर्थहीन रहेको उल्लेख गरेका छन् । केन्द्रीय समिति बैठकबाट अनुमोदन गरी पार्टीका क्षेत्रीय ब्युरोस्तरका नेताहरुका बीचमा अध्ययनका लागि वितरित दस्ताबेजमा त्यसको प्रस्ट व्याख्या गरिएको छ । ‘नेपालमा केही शक्तिले गणतन्त्रमा संघीयता भयो भने जातीय मुक्ति हुन्छ त्यसैले केही भूगोल र अधिकार बाँडफाँट गरे पुग्छ भन्ने सोचाइ राख्ने गरेका छन् । कोही सत्ता एकात्मक भए पनि जनवादी भए पुग्छ भन्ने सोचाइ राख्ने गर्छन् । हाम्रो विचारमा यी दुवै दृष्टिकोण गलत छन्,’ विप्लवको दस्ताबेजमा भनिएको छ, ‘केही जिल्ला वा भूगोल थपघट भए पुग्छ भन्ने सोचाइ जनताका लागि उत्पीडनबाट मुक्तिको दृष्टिकोण होइन । काठमाडौंको दलाल पुँजीवादी सत्ताले शासन गर्नुका साटो मधेसको दलला पुँजीपति वर्गले शासन गर्न पाउनुपर्छ भने मात्र हुन्छ । यो जनताका लागि कुनै अर्थ छैन । यो त कालेको ठाउँमा गोरेले शासन गर्नेजस्तो मात्र हुन्छ ।’ उनले जनवादी गणतन्त्र वा वैज्ञानिक समाजवादभित्र उत्पीडित जातिको स्वशासनको सुनिश्चितता आवश्यक रहेको व्याख्या गरेका छन् । ‘स्वशासनसहितको नयाँ नजवाद र वैज्ञानिक समाजवादले मात्र वर्गीय र जातीय मुक्ति सुनिश्चित गर्न सक्छ र नेपाल वास्तविक जनताको नेपालमा रुपान्तरित हुनेछ,’ विप्लवले भनेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy