माघ ३ गते, २०७३ सोमवार 16th January, 2017 Mon०७:१५:५५ मा प्रकाशित
काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
आजको नयाँ पत्रिकामा खबर छ– शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो । ‘अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर(सिडिई) हिमाल केसीले नयाँ पत्रिकासँग भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ ।’
केसीका अनुसार राष्ट्रपतिकी छोरीको विवाहका कारण नयाँ भवनमा सर्ने दिन लम्बिएको हो । ‘पहिले नै सार्ने योजना थियो, अब विवाह सकिएपछि उहाँ नवनिर्मित भवनमा सर्नुहुन्छ,’ केसीले भने । भवन दुई प्याकेजमा निर्माण गरिएको छ । पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको हो । विभागका अनुसार पहिलो प्याकेजअन्तर्गत २८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । दोस्रो प्याकेजअन्तर्गत ३३ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । भवन बेसमेन्टसहित पाँच तलाको छ । भवन निर्माणमा कुल ६१ करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ ।
शीतलनिवास भत्काउने तयारी
नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ । १२ वैशाख ०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो । भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका तर्फबाट परियोजन निर्देशक शिवहरि शर्मा, बिल्डिङ डिजाइन अथोरिटीका तर्फबाट कार्यकारी निर्देशक सुदीप पौडेल, प्लस इन्जिनियरर्स एन्ड आर्किटेक्टका तर्फबाट सुदीपकुमार श्रेष्ठ र डिजिकन इन्जिनियर्स कन्सल्टेन्टका रामउदार यादवबीच १९ मंसिरमा टेन्डर सम्झौता भएको हो ।
ठेकेदार कम्पनीले अबको सात महिनाभित्र भवन भत्काइसक्नेछ । इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार भवन भत्काउन पुरातत्व विभागबाट समेत स्वीकृति लिइसकिएको छ । ‘राष्ट्रपति बस्दै आएको भवन भूकम्पले क्षति पु¥याएको र रेट्रोफिटिङ गरेर पनि प्रयोग गर्न नसकिने अवस्था रहेकाले पूरै भत्काउन लागिएको हो,’ वाग्लेले भने । त्यस ठाउँमा राष्ट्रपति कार्यालय रहने गरी भूकम्प र बमप्रतिरोधी भवन नै निर्माण गरिने भएको छ । तर, डिजाइन बनाइएको छैन ।
शीतलनिवास चन्द्रशमशेर सत्तामा रहेका वेला १० असार १९५८ मा निर्माण गरिएको हो । भवन तत्कालीन इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणले बनाएका हुन् । सो भवन चन्द्रशमशेरले आफ्नी जेठी महारानी लोकभक्तलक्ष्मीदेवीका कान्छा छोरा कृष्णशमशेरलाई उपहारमा दिएका थिए ।
पछि कृष्णशमशेरले सो भवन सरकारलाई हस्तान्तरण गरे । राणा सरकारको रोलक्रमबाट बाहिरिएपछि कृष्णशमशेर विरक्तिएर भवन छाडेको र भारततर्फ लागेको बताइन्छ । इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार कृष्णशमशेरले भवन मर्मत गर्न तीन लाख २२ हजार आठ सय रुपैयाँ सरकारलाई दिएका थिए । त्यसपछि नेपालस्थित भारतीय दूतावास, राजकीय गेस्टहाउस, परराष्ट्र मन्त्रालय हुँदै अहिले राष्ट्रपतिनिवास र कार्यालयका लागि प्रयोग गरिएको हो ।
छोरीको बिहेलगत्तै राष्ट्रपति नयाँ भवनमा
राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम र पूर्वराष्ट्रपति डा। रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदै छ । विवाहमण्डप शीतलनिवासमै बनाइएको छ । विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: