Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

प्रहरीकै संलग्नतामा किर्ते प्रस्थान छाप

\"\"काठमाडौं, ४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर साढे ३३ किलो सुन बरामद भएपछि सबैको ध्यान त्यसैमा खिचिँदा त्यही दिनको अर्को घटना भने ओझेलमा प¥यो जुन विमानस्थलमा हुने चरम सुरक्षा लापरबाहीको नमुना थियो । पुस २१ गतेको त्यो घटनामा प्रहरीकै संलग्नता थियो । आजको कान्तिपुरमा खबर छ– घटना यस्तो थियो– बोर्डिङ पास र अध्यागमनको नक्कली प्रस्थान छाप लगाएर यूएई जान आँटेका दुई नेपालीलाई अध्यागमन अधिकारीहरुले पक्राउ गरे । ‘सेटिङ’ मा वैध बाटो छलेर एयर अरेबियाको विमानबाट यूएईको सारजहाँ जान लागेका ती दुई थिए, भोजपुर मानेभन्ज्याङका योगेन्द्र तामाङ र जीवन खड्का । अध्यागमनको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ती दुईलाई पक्राउ गरेको थियो । सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा नेपाल एयरलाइन्सका कर्मचारी विमलेश झा र प्रहरी जवान नीतेश दाहालको मिलेमतोमा नक्कली छाप किर्ते गरेर तामाङ र खड्कालाई विमानसम्म पुग्ने तारतम्य मिलाइएको खुल्यो । संलग्नता खुलेपछि महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा दाहाल फरार भइसकेका थिए । सुन प्रकरणमा अल्झिएको सुरक्षा निकाय, विमानस्थल सुरक्षा शाखा सबैले यो मुद्दालाई विस्मृतिमा पु¥याए । विमानस्थलका एक सुरक्षा अधिकारी भन्छन्, ‘देख्दा सामान्य भए पनि यो घटनाले विमानस्थलमा सामान्य प्रहरी जवानले कसरी मौकाको फाइदा उठाउन सक्छ र कसरी सुरक्षा कमजोर बनाउन सक्छ भन्ने बुझाउँछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending