माघ ४ गते, २०७३ मगलवार 17th January, 2017 Tue०८:५३:५५ मा प्रकाशित
काठमाडौं, ४ माघ ।जंगीअड्डाले नेपाली सेनाका दुवै रथीको म्याद थप्ने गृहकार्य थालेको छ । स्रोतका अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीले रथीद्वय बलदेवराज महत र पूर्णचन्द्र थापालाई सैनिक ऐनअनुसार एकवर्षे म्याद थप्ने योजना बनाएका हुन् ।
आजको कान्तिपुरमा खबर छ– ऐनअनुसार रथीको म्याद दुई वर्ष हुनेछ भने उमेर हदमा ५८ वर्षसम्म मात्र रहनेछ । दुई वर्षे कार्यकाल सकिए पनि उमेर ५८ वर्ष पूरा नभइसकेको अवस्थामा प्रधानसेनापतिले ‘सेवा अवधि नेपाली सेनाका लागि आवश्यक छ’ भनी मनासिव आधार र कारण खोली सरकारसमक्ष प्रस्ताव गरेपछि एक वर्ष कार्यकाल थपिन सक्नेछ ।
हालसम्म सेनाले ऐनअनुसार पठाएको प्रस्ताव सरकारले अस्वीकार गरेको छैन । प्रधानसेनापतिपछि दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी महतको दुईवर्षे कार्यकाल २०७४ साउन ७ मा सकिँदै छ । उनी कात्तिक १७ गते ५८ वर्ष पुग्ने छन् । कार्यकाल थपिए पनि महतले तीन महिनापछि अवकाश पाउने छन् ।
स्रोतका अनुसार प्रधानसेनापति क्षत्रीले रथी थापालाई भावी उत्तराधिकारीका रूपमा हेरेका छन् । थापाको मात्र म्याद थप गरिने चर्चा भइरहेका बेला जंगीअड्डाले ‘गुनासो मत्थर पार्न’ दुवैको म्याद थप्न लागेको हो । उमेर हदले तीन महिना मात्र समय बाँकी रहने भए पनि महतको समेत म्याद थपिनुको कारण थापालाई प्रधानसेनापति बनाउनकै लागि कार्यकाल थपिएको भन्ने आरोप नलागोस् भन्ने हो । रथी हुँदा थापा संयुक्त राष्ट्रसंघअन्तर्गत इजरायल (प्यालेस्टाइन सीमा क्षेत्र गोलनहाइट) स्थित डिसइन्गेजमेन्ट (अनडफ) को फोर्स कमान्डरका रूपमा कार्यरत थिए । मिसनमा थापाको पदावधि अर्को वर्ष लम्बिन सक्थ्यो । तर एकवर्षे कार्यकाल सकिनेबित्तिकै थापा बलाध्यक्ष रथीको जिम्मेवारी सम्हाल्न नेपाल फर्किए । उनलाई जंगीअड्डामा छिटो ल्याएर जिम्मेवारी सम्हाल्न दिनुलाई भावी प्रधानसेनापतिका रूपमा अघि बढाउन खोजेको प्रस्ट देखिन्छ ।
तेस्रो वरीयताका थापाको दुईवर्षे कार्यकाल २०७४ असोज १५ मा सकिँदै छ । उनी २०७५ भदौ २५ मा ५८ वर्ष पुग्ने छन् । प्रधानसेनापति क्षत्रीले २०७५ भदौ २४ मा तीनवर्षे कार्यकाल पूरा गरी अवकाश पाउने छन् । एक दिनको संयोगले प्रधानसेनापति बन्ने अवसर पाएमा थापाले तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन् । रथीमा म्याद थप भई प्रधानसेनापति बन्ने थापा पहिलो व्यक्ति पनि बन्नेछन् । कात्तिकमा महतले अवकाश पाएपछि उपरथी हेमन्त कुँवर रथीमा बढुवा हुनेछन् । र, थापा सेनाका दोस्रो वरीयताको व्यक्ति हुनेछन् ।
तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले उमेर हदले नौ महिना बाँकी रहे पनि तत्कालीन रथी नेपालभूषण चन्दलाई म्याद थप्न सरकारलाई सिफारिस गरेका थिएनन् । यसअघि रथीमा बालानन्द शर्माको मात्रै म्याद थपिएको थियो । तर उनी राष्ट्रसंघको शान्ति मिसनमा रहेका कारण सरकारले कार्यकाल बढाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: