Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

न्यायाधीश नै अन्यायमा परेपछि...

काठमाडौं, ७ माघ । जन्म १७ साउन २०१३, महेशपुर झापा । शैक्षिक योग्यता डीएल (डिप्लोमा इन ल) । ‘माननीय प्रकाशकुमार काफ्ले’ को चिनारी यतिमै सकिँदैन । आजका दिनसम्म आइपुग्दा उनले जिल्ला न्यायाधीशका रूपमा ३२ वर्ष बिताए । हाल जिल्ला न्यायाधीशका रूपमा उनी न्यायपरिषद्मा जगेडामा छन् । अाजको राजधानी दैनिकमा खबर छ– न्यायपरिषद्ले २८ पुसको मध्यरात ८० जनालाई उच्च अदालतको न्यायाधीश नियुक्त ग¥यो । जिल्ला न्यायाधीशहरूमध्येबाट ३४ जनाले उच्च अदालतमा नियुक्ति पाए । जिल्ला न्यायाधीशमध्ये वरिष्ठताको आधारमा न्यायपरिषद्को अभिलेखमा काफ्ले एक नम्वरमा नै छन् । उनीभन्दा कनिष्ठ ३३ जना उच्च अदालत पुगे । तर, काफ्ले यसपटक पनि छुटे । जिल्ला न्यायाधीशकै हैसियतमा खुम्चनुप¥यो । पटकपटकको नियुक्तिमा छुटेपछि यसपटक भने उनी आफू कार्यरत संस्थाप्रति बढी नै चिढिए, नियुक्तिविरुद्ध रिट बोकेर अदालत पुगे । संयोग कस्तो प¥यो भने एकै दिनबाट जागिर सुरु गरेका न्यायाधीशले नै उनको रिटको सुनुवाइ गरे । इजलासले बिहीबार न्यायपरिषद्को नाममा कारण देखाउ आदेश (काफ्लेलाई नियुक्ति नगर्नुको कारण) जारी ग¥यो । ती न्यायाधीश हुन्, ईश्वरप्रसाद खतिवडा । काफ्लेको न्यायालय यात्रा ७ चैत २०३९ मा शाखा अधिकृतका रूपमा सुरु भएको थियो । त्यसपछि तत्कालीन संवैधानिक व्यवस्थाअनुसार उनी २७ साउन २०४१ मा जिल्ला न्यायाधीश बने । त्यसबेला शाखा अधिकृतले जिल्ला न्यायाधीश पाउने व्यवस्थानुसार न्यायाधीश भएपछि उनी आजका दिनसम्म सोही पदमै सीमित छन् । नेपाल अधिराज्यको संविधान–२०४७ जारी भएपछि सो संविधानअनुसार उनले २३ कात्तिक २०४८ मा जिल्ला न्यायाधीशका रूपमा निरन्तरता पाए । न्यायपरिषद्को अभिलेखले त्यसयता उनी निरन्तर जिल्ला न्यायाधीश देखाउँछ । यसबीचमा उनले विभिन्न १६ वटा जिल्ला अदालतमा हजारौं मुद्दामा सुनुवाइ गरे, फैसला लेखे । तर, यसपटक २०६३ सालमा जिल्ला न्यायाधीश नियुक्ति भएकाले उच्च अदालतमा नियुक्ति पाउँदासमेत उनलाई नै छुटाइयो । २६ साउन २०४३ मा न्यायसेवामा प्रवेश गरी ५ वैशाख २०५८ मा जिल्ला न्यायाधीश भएका १३ जना उच्च अदालतका न्यायाधीश बनेका छन् भने २०५० सालमा न्यायसेवामा प्रवेश गरेर २३ असार २०६३ मा जिल्ला न्यायाधीश बनेकाहरूसमेत उच्च अदालतमा नियुक्ति भएका छन् । बिहीबार उनको रिटमा आदेश गर्ने खतिवडा मात्र होइन, न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डा. आनन्दमोहन भट्टराई काफ्लेसँगै एकैदिन न्यायसेवा प्रवेश गरेका न्यायाधीश हुन् । सर्वोच्चका अर्का न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अझ डेढ वर्षपछि ९११ पुस २०४१० मा न्यायसेवामा प्रवेश गरेका हुन् । यस हिसाबले सँगै र उनीभन्दा पछि न्यायसेवामा पुगेका तीनजना सर्वोच्च अदालतका न्यायाधीश बनेका छन् भने एकैदिन नियुक्त भएका उच्च अदालतका न्यायाधीश चन्द्रप्रकाश गजुरेल र विष्णुदेव पौडेल २०६६ सालदेखिनै पुनरावेदन (हाल उच्च अदालत) का न्यायाधीश छन् । काफ्लेजस्ता थोरै न्यायाधीश मात्र छन्, जसलाई न्यायपरिषद् ल्याएर थन्क्याइयो । थन्क्याइएकामध्ये केहीलाई ‘कारबाही’ गरेर ल्याएको रेकर्डले देखाउँछ । तर, काफ्लेलाई एउटा स्पष्टीकरणसमेत सोधिएको छैन । उनी भन्छन्, ‘मलाई अहिलेसम्म कामको शिलशिलामा एउटा पनि स्पष्टीकरण सोधिएको छैन, जवाफ पनि लेख्नुपरेको छैन ।’ बिहीबार सर्वोच्चका आफूसँगै जागिर सुरु गरेका न्यायधीशले गर्ने आदेश कुरेर सर्वोच्च अदालत चमेना गृहछेउमा घाम तापिरहेका काफ्ले मलिन अनुहारमा थिए । छेउमै उभिएकाहरू फोन र भेटमा उच्च अदालतमा नियुक्ति भएकालाई बधाई दिइरहेका थिए । तर, उनी भने यसपटक पनि नपरेपछि निराश थिए । कसरी छुट्नुभो त श्रीमान् यसपटक पनि ? प्रश्न सोध्नेबित्तिकै उनी आक्रोशित देखिए, ‘खै मेरोबारे भनसुन गर्ने कोही भएनन्, कसैलाई रिझाउन अझैसम्म सकिनछु ।’ उनको आक्रोश यतिमै सकिएन । उनले भने, ‘एक वर्षदखि परिषद्मा छु । मुद्दाको संख्या हेरेर नियुक्ति गरेको भन्छन्, एक वर्षदेखि मुद्दा हेर्न नदिएको मान्छेले कहाँबाट ल्याउनु फैसलाको संख्या ?’ ३२ वर्षे न्यायाधीश जीवनमा उनका हजारौं फैसला छन् । ती कति विवादको घेरामा थिए, न त परिषद्ले नियुक्तिका बेला बोल्यो न त यतिबेला परिषद् सचिवालयका कर्मचारी र नियुक्तिकर्ता नै यो बताउन सकिरहेका छन् । आखिर किन भयो त उनीमाथि यति धेरै अन्याय ? उनी भन्छन्, ‘भनसुन गर्ने मान्छे भएनन, इमानदार भएर काम गर्दाको फल पाएँ ।’ अति भएपछि आफू न्याय माग्न यतिबेला अदालत आएको उनको भनाइ छ । अदालतले उनको याचिकामा कारण देखाउ आदेश जारी गरिदियो । न्याय दिने पदमा भएका उनी आफैं भने अझै पनि न्याय पाउने आसमै छन् । सर्वोच्च चमेना गृहअघि पटकपटक रसाएका आँखा पुछ्दै फोटोका लागि तयार हुँदा उनलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले बधाई दिँदै भने, ‘लौ श्रीमान्लाई पनि बधाई छ ।’ अनि, त्यसपछि काफ्लले उदास हुँदै हात मिलाए र भने, ‘मलाई कहाँ बनाए र हजुर ? छुटाए नि यसपटक पनि ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy