Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

इन्टरपोल सम्मेलन आतंकवादविरुद्ध संयुक्त लड्ने प्रतिबद्धता

\"\"काठमाडौं, ८ माघ । पाँचबुँदे निर्णय गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने प्रतिबद्धता गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– सम्मेलनबाट नेपाललाई पनि अन्तरदेशीय अपराध अनुसन्धानमा सहजता प्रदान गरेको नेपाल प्रहरीले जनाएको छ । सम्मेलनले सन् २०१७ देखि २०२० को रणनीतिक प्राथमिकताका विषय तय गरेको छ । एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगलाई एकीकृत कार्य सञ्चालन गर्ने, आतंकवादी संगठनविरुद्ध प्रहरीको समन्वय बलियो बनाउने, इन्टरपोलको एसियाली क्षेत्रमा विश्व साइबर अपराधविरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता राख्ने र योजना र अन्तरमहादेशीय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रहेका छन् । सम्मेलनको अध्यक्षता गरेका नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माका अनुसार रेडकर्नर नोटिस अन्य क्षेत्रको तुलनामा एसियामा कम प्रभावकारी भएकाले रेडकर्नर नोटिसलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । सूचना र अनुभवको अप्रेसनले सम्मेलनमा सबै देशलाई फाइदा भएको इन्टरपोलले जनाएको छ । त्यस्तै विभिन्न देशका प्रहरीसँगको सम्बन्ध विस्तारले अपराध अनुसन्धानमा सहजता बढेको एआइजी शर्माले बताए । आतंकवाद नियन्त्रण प्राथमिकतामा सम्मेलनमा आतंकवादको चुनौती नियन्त्रणका विषयमा गम्भीरताका साथ छलफल भएको एआइजी विज्ञानराज शर्माले बताए । खासगरी इस्लामिक स्टेट ९आइएस०मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाको प्रमुख सुरक्षा चुनौती भएको इन्टरपोलले जनाएको छ । मध्यपूर्वका देशहरूबाट उनीहरू बारिहिँदै जाने र एसियाका अन्य देशमा बसेर आतंकवादसम्बन्धी गतिविधि गर्न सक्नेबारे सम्मेलनमा सहभागी विभिन्न देशका अधिकारीले चिन्ता व्यक्त गरेका थिए । विश्वमा बढ्दै गएको आतंकवादको चुनौतीबाट नेपाल पनि ढुक्क हुन सक्ने अवस्था रहेको सम्मेलनपछिको समापनपछि आयोजित पत्रकार सम्मेलनमा एआइजी शर्माले बताए । आतंकवादविरुद्ध सूचना आदानप्रदान गरी आतंकवादविरुद्ध लड्नेबारेमा गम्भीरताका साथ छलफल भएको उनले बताए । सम्मेलनमा आइजिपी उपेन्द्रकान्त अर्यालले मानव बेचबिखन, डिआइजी नवराज सिलवालले वन्यजन्तु अपराध तथा डिआइजी बमबहादुर भण्डारीले आतंकवादविरुद्ध नेपालले गरेको कारबाही र समस्याबारे कार्यपत्र पेस गरेका थिए । आइजिपी अर्यालले मानवतस्करी रोक्न अन्तर्राष्ट्रिय संयन्त्र प्रस्ताव गरे पनि त्यसलाई सम्मेलनले प्राथमिकता दिएन । इन्टरपोलसँग अन्तर्राष्ट्रिय आपराधिक समूहबारे धेरै डाटाहरू रहे पनि त्यसलाई धेरै देशले सदुपयोग नगरेको इन्टरपोलका अधिकारीले बताएका थिए । ‘इन्टरपोलबाट संगठित अपराधविरुद्ध महत्वपूर्ण भूमिका’ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले इन्टरपोल विश्वकै कानुन कार्यान्वयन गर्ने इकाइहरूको संगठन भएको कारण अन्तरदेशीय तथा संगठित अपराधहरूको विरुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अपराधविरुद्ध गरिएको छलफल र निर्णयबाट अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने र यसका लागि नेपाल सरकार गृह मन्त्रालय सहयोगी भूमिका निर्वाह गर्न सदैव अग्रसर रहेको उनको भनाइ थियो । सम्मेलनको मार्गनिर्देशनअनुरूप इन्टरपोलका सदस्य राष्ट्रहरू ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने उनको जोड थियो । समारोहमा इन्टरपोलका महासचिव जुगर्नेन स्टोकले एसियाली मुलुकको सम्बन्ध ज्यादै पुरानो भएको बताउँदै आतंकवाद, संगठित अपराध, वातावरणीय सुरक्षा, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणलगायतका अपराध न्यूनीकरणमा प्रभावकारी समन्वयको विकास गर्नुपर्ने बताए । सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल प्रहरीलाई उनले धन्यवाद दिए । कार्यक्रममा गृहसचिव लोकदर्शन रेग्मीले नेपालमा अपराध गरेर धेरै अपराधी विदेशमा गएर लुकेको बताउँदै उनीहरूलाई पक्राउ गर्न इन्टरपोलले सहयोग गर्ने आफूहरूले अपेक्षा रहेको बताएका थिए । आइजिपी उपेन्द्रकान्त अर्यालले आतंकवादबाट कुनै पनि देश अछुतो रहन नसक्ने चर्चा गर्दै उनले एक–आपसमा हुने उत्कृष्ट सहयोग, समन्वय र सहकार्यबाट मात्रै त्यस्ता अपराधको सहजतापूर्वक सामना गर्न सकिने बताए । बुधबारदेखि सुरु भएको सम्मेलनमा ३३ राष्ट्रका प्रहरीप्रमुखलगायत एक सय ६६ प्रतिनिधिको सहभागिता थियो । सन् १९६७ मा जापानमा सम्पन्न इन्टरपोलको ३७औँ महासभाबाट नेपालले इन्टरपोलको १००औँ सदस्य राष्ट्रको रूपमा मान्यता पाएको थियो । नेपालले २७ वर्षअघि ०४५ सालमा १०औँ क्षेत्रीय सम्मेलन आयोजना गर्ने मौका पाएको थियो । २७ वर्षपछि नेपालले २३औँ सम्मेलनको आयोजना गरेको हो । हरेक दुई वर्षमा हुने यस्तो सम्मेलन अर्को वर्ष इरानमा हुने निर्णयसमेत सम्मेलनले गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy