Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

मिर्गौला प्रत्यारोपण भारतमा भन्दा नेपालमा सस्तो

\"\"काठमाडौं, ८ माघ । परिवार–परिवारबीच मृगौला साटासाट गर्न पाउने व्यवस्थापछि प्रत्यारोपण गर्नेको संख्या बढ्न थालेको छ । त्यस्तो व्यवस्था नहुँदा भने थुप्रै बिरामी मिर्गौला नपाएर विगतमा डायलाइसिस गरेर बस्दै आएका थिए । अहिले त्यस्ता बिरामी प्रत्यारोपणमा जान थालेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– यसैबीच सरकारले विभिन्न ३२ अस्पतालमा निःशुल्क डायलाइसिस सेवा विस्तार गरेको छ । तर, पछिल्लो समय बिरामीहरूले प्रत्यारोपण रोज्न थालेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । ‘विगतमा डायलाइसिसको मात्रै व्यवस्था थियो । मानव अंग प्रत्यारोपण ऐन, ०७२ संशोधन भएपछि गत साउनबाट मिर्गौला साटासाट गरेर प्रत्यारोपण गर्ने बाटो खुल्यो । त्यसकारण डायलाइसिस गर्नेभन्दा प्रत्यारोपण गर्न चाहनेको संख्या बढेको हो,’ डा। श्रेष्ठले नयाँ पत्रिकासँग भने । परिवार–परिवारबीच साटासाट गर्न मिल्ने मिर्गौला दान गर्ने मानिसहरू नभेट्दा प्रत्यारोपणका लागि समस्या भएपछि केन्द्रले परिवार–परिवारबीच मिर्गौला साटासाट गर्ने वातावरण सिर्जना गरेको हो । डा। सुमित आचार्यले परिवार–परिवारबीच मिर्गौला साटासाट गर्नेको संख्या बढेको बताए । आचार्यले भने, ‘ब्लड ग्रुपका आधारमा मिर्गौला प्रत्यारोपण गर्ने हो । पहिला परिवारका सदस्यहरूबीच ब्लड ग्रुप मिल्नुपर्छ । त्यसपछि प्रत्यारोपण गरिन्छ ।’ केन्द्रमा अहिले पनि दुई परिवारले एकआपसमा मिर्गौला साटासाट गरेर उपचार गराइरहेका छन् । उदयपुरका २१ वर्षीय उज्वल दाहाल र धादिङकी २८ वर्षीय सुनिता पाण्डेले प्रत्यारोपण गराएका छन् । उज्वलले सुनिताकी आमा गीताकुमारी पाण्डेबाट मिर्गौला लिएका छन् । सुनिताले उज्वलकी आमा हीरामाया खड्काबाट मिर्गौला दान लिएकी हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य बनिसकेको छ । मिर्गौला दान दिनेहरूको स्वास्थ्य अवस्था पनि सामान्य भएकाले घर पठाउन लागिएको आचार्यले बताए । परिवार–परिवारका सदस्यबीच मिर्गौला साटासाट गरेको नेपालको सन्दर्भमा दोस्रो घटना भएको उनले बताए । यसअघि गत साउनमा काठमाडौंका खेमराज निरौलाको मिर्गौला फेल भएपछि इमाया थापाबाट लिएका थिए भने विष्णुबाबु श्रेष्ठलाई निरौलाकी श्रीमती मातृकादेवी चापागाईंले मिर्गौला दान दिएकी थिइन् । भारतमा भन्दा नेपालमा सस्तो नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि भारतबाट समेत मानव अंग प्रत्यारोपण केन्द्रमा बिरामी आउन थालेका छन् । अहिले पनि केन्द्रमा भारतको अछामबाट प्रत्यारोपणका लागि बिरामी भर्ना भएका छन् । अस्पतालका अनुसार पुनः तीनजना प्रत्यारोपणका लागि आएका छन् । यसले नेपालको मिर्गौला प्रत्यारोपणको सेवा भारतमा भन्दा सस्तो, गुणस्तरीय, प्रभावकारी र विश्वसनीय रहेको देखाएको चिकित्सकहरूको भनाइ छ । मिर्गौला प्रत्यारोपणका लागि भारतको अछामबाट आएका ६५ वर्षका सुलतान दोर्जी अलीले भने, ‘भारतमा २० लाख रुपैयाँसम्म लिने गर्छन्, नेपालमा दुई लाख भारुमा उपचार हुने रहेछ ।’ भारतबाट मिर्गौला प्रत्यारोपणका लागि आएकी सोनिया सिंह पनि केन्द्रमा भर्ना भएकी छिन् । कलेजो प्रत्यारोपणमा कठिनाइ बिरामीको चाप बढेसँगै मानव अंग प्रत्यारोपण केन्द्रमा शैया, आइसियू कक्ष र अप्रेसन थिएटरको चरम अभाव भएको छ । मिर्गौला डायलाइसिस र प्रत्यारोपण गर्ने नेपाल र भारतका बिरामीले अस्पताल भरिभराउ भएपछि केन्द्र थप समस्यामा परेको कार्यकारी निर्देशक डा। श्रेष्ठले बताए । उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ । तर, अस्पतालमा शैया अभाव हुँदा बिरामीको व्यवस्थापनमा समस्या देखिएको छ ।’ उनले स्थान अभावका कारण बाध्यवश बिरामीलाई वीर र शिक्षण अस्पताल महाराजगन्जमा रिफर गर्ने गरेको जानकारी दिए । ‘तर, केन्द्रबाट बिरामीहरू भने बाहिर जान मान्दैनन् । यसले पनि चुनौती थपेको छ,’ उनले अनुभव सुनाए । केन्द्रमा हाल सय शैया सञ्चालनमा रहेको छ । केन्द्रलाई तत्काल थप सय शैया आवश्यक छ । हाल चार शैयाको आइसियू रहेको केन्द्रमा तत्काल ६ शैया आवश्यक परेको छ । एक महिनाभित्र तीनवटा कलेजो प्रत्यारोपण गर्ने तयारीसहित केन्द्र अगाडि बढेको छ । कलेजोको प्रत्यारोपण जटिल र संवेदनशील भएका कारण छुट्टै सुविधासम्पन्न शैया आवश्यक पर्ने श्रेष्ठले बताए । एक महिनापछि तीनजनामा कलेजो प्रत्यारोपण गर्दा कम्तीमा पनि दश दिन मिर्गौलाको डायलाइसिस र प्रत्यारोपण पूर्ण रूपमा ठप्प गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए । निकट भविष्यमै फोक्सो र मुटुको प्रत्यारोपण गर्ने योजनामा रहेको केन्द्रलाई ठाउँ अभावको समस्या चुलिँदै गएको छ । छतमा प्रशासन सारेर ५० शय्या निकाल्ने ठाउँ अभाव तत्काललाई समाधान गर्न केन्द्रले अस्पताल प्रशासनलाई छतमा सार्ने तयारी थालेको छ । यस्तै, भुइँतलामा रहेका प्रतीक्षालय, बैठक कक्ष, कक्षाकोठा, पुस्तकालय, परामर्श कक्षलाई खाली गरेर आइसियू, पोस्टअप्रेसन वार्ड राखेर ५० शैया थप्ने तयारीका साथ काम अघि बढिरहेको श्रेष्ठले जानकारी दिए । तीन महिनाभित्र जग्गा दिन्छौँ स् स्वास्थ्यमन्त्री भक्तपुरमा रहेको नेपाल ट्रस्टको जग्गा मानव अंग प्रत्यारोपण केन्द्रलाई तीन महिनाभित्र दिने तयारीमा सरकार रहेको स्वास्थ्यमन्त्री गगन थापाले बताए । उनले  भने, ‘मानव अंग प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने विषयमा विभिन्न चरणमा प्रधानमन्त्रीसमक्ष कुरा गरिसकेको छु । प्रधानमन्त्रीले अध्यक्षता गरेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मानव अंग प्रत्यारोपण केन्द्रलाई यसै आर्थिक वर्षमा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।’ उज्ज्वल र सुनिताले पाए नयाँ जीवन उदयपुर बेलटारका उज्वल दाहाल ९हाल प्रत्यारोपण गराइरहेका छन्० दुई वर्षअघि स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै थिए । उनको स्वास्थ्यमा अचानक समस्या देखियो । हातखुट्टामा समस्या देखिन थालेपछि चिकित्सकको सल्लाहमै थुप्रै आयुर्वेदिक औषधि प्रयोग गरे । तर, ठीक नभएपछि उनी उपचारका लागि भारत गए । भारतको पुनेया रिसर्च सेन्टरमा उपचार गराउँदा उनको २० लाख रुपैयाँ खर्च भयो, तर उनको स्वास्थ्यमा सुधार आएन । ‘ठूलो रकम खर्च गर्दा पनि स्वास्थ्यमा कुनै सुधार आएन, मेरो स्वास्थ्य थप जटिल बन्न थाल्यो,’ दाहालले नयाँ पत्रिकासँग भने । भारतमा उपचार गराउँदा नभएपछि एक वर्षअघि नेपाल आएर टिचिङ, ग्रिनसिटीलगायतका विभिन्न अस्पतालमा डायलाइसिस गराइरहेका दाहाल मिर्गौला प्रत्यारोपण गर्ने निर्णयमा पुगे, र मानव अंग प्रत्यारोपण केन्द्रमा नाम टिपाए । त्यति नै वेला घादिङ गजुरीकी सुनिता पाण्डे भारतको मेदान्त अस्पतालमा गएर मिर्गौलाको सामान्य उपचारपछि नेपाल फर्किन् । भारतमा मिर्गौला प्रत्यारोपण महँगो हुने भएपछि उनी नेपाल फर्कने निर्णयमा पुगिन् । उनले नेपाल फर्केपछि केन्द्रमा आफ्नो नाम टिपाइन् । संयोगवश केन्द्रले उनीहरूको परिवारबीच मिर्गौला प्रत्यारोपणका लागि उपयुक्त हुने रिपोर्ट दिएपछि दुवैले केन्द्रमै मिर्गौला प्रत्यारोपण गरे । उनीहरूले केन्द्रमा प्रत्यारोपण गर्दा तीन लाख रुपैयाँ मात्र खर्च भएको जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy