Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

वर्षौंदेखि जङ्गलमा बस्दै बाढीपीडित

\"\"डडेल्धुरा १० माघ । डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षौं बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन् । बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन् । सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ । विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६ लाई रङ्गुन नदीले बगाउँदा एउटा सिङ्गो गाउँ नै बगरमा परिणत भएको स्थानीय बाढीपीडित भानबहादुर साउदले बताए । रङ्गुन नदी र खहरेले आठ वर्ष अगाडि वडा नम्बर– ६ का बस्ती बगाएर बगर बनाउँदै लगेको पीडितले विगत सम्झँदै बताए । हालसम्म वडा नम्बर ६ का, ठन्नजला, पट्यानी, बिरेपानी, मल्लो सिमलखेतको बस्ती बगरनै रहेकोे साउदले बताउनुभयो । बाढीपीडित भई जाने सर्वसाधारण पुनःस्थापना नहुँदा जङ्गल मासेर बसेका छन् । विभिन्न निकायसँग गुहार माग्दा समेत पुनर्वास हुन नसकेको एक अर्का जङ्गलमा बस्दै आएका पीडित प्रदीप पन्तले बताए । विस्थापित भएका परिवारको गणनानै नभएको पीडितको भनाइ रहेको छ । वडा नम्बर ६ का अढाइ सय घर परिवारमध्ये १५० घरपरिवारको घरखेत बगेर विस्थापित हुनुपरेको थियो । जसमध्येका २०६५ मा बाढीपीडित भएका ५९ घरपरिवारलाई सरकारले पुनर्वास गर्ने भनेको थियो तर अहिलेसम्म उनीहरुको समेत पुनर्वास नभएको स्थानीय बाढीपीडित बिर्खे साउदको भनाइ रहेको छ । सरकारले भित्री मधेसमा रङ्गुन नदी र खहरेबाट बस्ती संरक्षण गर्न रु एक अर्ब १८ करोडको लगानी तीन वर्षमा पूरा हुने गरी गुरुयोजना लागू गरेको भएता पनि आउ“दो आर्थिक वर्षमा मात्रै वडा नम्बर ६ समेटिने जनाएको छ । गुरुयोजनाको पहिलो चरणको काम जोगबुढा र परिगाउँबाट सुरु भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending