Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सचिव अनुगमनको समिति नै बेवारिसे

काठमाडौं, १४ माघ । सरकारले सचिव तथा सहसचिवको अनुगमन एवं मूल्यांकनका लागि बनाएको समिति नै बेवारिसे बनेको छ । निजामती कर्मचारीहरूको कार्यसम्पादन तथा मूल्यांकनका लागि २० असोजमा मन्त्रिपरिषद् बैठकले पूर्वसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठ रहेको एक अनुगमन तथा मूल्यांकन समिति गठन गरेकामा उक्त समिति बेवारिसेजस्तै बनेको हो । आजको राजधानी दैनिकमा खबर छ– मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिए पनि समितिका सदस्य नै यसबारे बेखबर रहेको पाइएको छ । सरकारले समिति सदस्यलाई स्पष्ट कार्यादेश दिन नसक्दा र सम्बन्धित व्यक्ति तथा निकायले पनि बेवास्ता गर्दा समिति बेवारिसे बनेको हो । २० असोजमा नै समितिमा चयन गरिएका पूर्वसचिव आचार्यले यो विषय आफूले अनौपचारिक रूपमा सुनेको भन्दै यसबारेमा मुख्य सचिवबाटै जानकारी लिन आग्रह गरे । ‘खै कता समिति बन्यो भन्ने त सुनेको थिएँ,’ आचार्यले समितिबारे जानकारी नै नभएको संकेत गर्दै राजधानीसँग भने, ‘यो विषय मलाईभन्दा पनि समिति गठन गर्ने मुख्य सचिवलाई नै सोध्नुस् ।’प्रधानमन्त्री कार्यालयका सचिव दामोदर रेग्मी भने कार्यदेशसहित समिति गठन गरिएको तर यसको प्रगति विवरणबारे आफूसँग कुनै जानकारी नआएको बताउँछन् । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरे पनि सोही दिन नियुक्त गरिएका सदस्यहरूसँग कुनै समन्वय भएको छैन । मन्त्रिपरिषद् बैठकले समिति गठन गरेलगत्तै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले समितिले नेपाल सरकारका सचिव र सहसचिवहरूको नेतृत्व क्षमता र कार्यसम्पादनको नियमित अनुगमन गर्ने र सरकारलाई रिपोर्ट दिने काम गर्ने बताएका थिए । तर, समिति गठन भएको चार महिनासम्म समितिले कुनै अनुगमन र मूल्यांकनको काम अघि बढाएको छैन । प्रधानमन्त्री प्रचण्डले कार्यभार सम्हालेसँगै सरकारका सबै सचिवलाई राम्रो र नतिजा आउने गरी काम नगरिए कारबाही हुने चेतावनी दिँदै आए पनि कार्यसम्पादन प्रभावकारी नभएको आलोचना बढ्दै गएको थियो । सचिव तथा सचिवहरूले सन्तोषजनक काम नगरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट बनेपछि पूर्वनिजामती उच्च अधिकारीलाई समेटेर अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको थियो । सरकारले राजनीतिक विषयमा बनाइने समितिहरू सरकार परिवर्तन भएसँगै स्वतः समाप्त हुने भए पनि निजामतीसम्बन्धी मन्त्रिपरिषद्ले बनाएको यो अनुगमन समिति पनि कुनै काम नगरी भंग हुने स्थितिमा पुगेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending