Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

स्ववियु निर्वाचनको चहलपहल बढ्याे, के गर्दैछन् विद्यार्थी संगठन ?

\"\"काठमाडौँ, १४ माघ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना गर्ने, विद्यार्थी भर्ना, भेला बैठकजस्ता चुनाव केन्द्रित गरिरहेका छन् । विद्यार्थी सङगठनबीच निर्वाचनका लागि उम्मेदवारको उमेरको हदबन्दी २८ वर्ष र मिश्रित निर्वाचनमा प्रणालीका बारेमा सहमति भएपछि निर्वाचन हुने निश्चित भएपछि क्याम्पसमा सरगर्मी बढेको हो । त्रिभुवन विश्वविद्यालयमा आठ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा आफ्नो पक्षमा नतिजा पार्नका लागि विद्यार्थी सङ्गठन प्रचारात्मक कार्यमा समेत जुटिसकेका छन् । उनीहरुले क्याम्पसका भित्तामा निर्वाचन लक्षित भित्तेलेखन पनि सुरु गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस, आरआर क्याम्पसलगायत राजधानीका मुख्य क्याम्पस अगाडि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठनले भित्तेलेखन गरेका छन् । दुईपटक स्ववियु निर्वाचन घोषणा भएपनि हुन नसकेपछि अहिले हुन थालेको निर्वाचनमा विद्यार्थी उत्साहित भएका छन् । नेपाल विद्यार्थी सङ्घका महामन्त्री सरोज थापाले सबै क्याम्पसमा आफ्नो सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेको बताए । उनले आफ्नो सङ्गठनले उमेरको हदबन्दीका बारेमा पुनःविचार गर्न माग गरेपनि चुनावमा होमिएको बताए । क्याम्पसमा भर्ना, भित्तेलेखन र बैठकजस्ता कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययरत अनेरास्ववियु शैक्षिक विभाग प्रमुख माधव पन्तले विद्यार्थी सङ्गठनबीच यसपटक जसरी पनि स्ववियु निर्वाचन गर्ने भनेपछि त्रिवि क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी तातेको बताउछन् । उनले अहिले मुख्य तीन सङ्गठन चुनावी प्रचारात्मक कार्यक्रममा गर्न थालेका जानकारी गराए । आठ वर्षपछि हुन थालेको निर्वाचन हुने निश्चित भइसकेपछि देशको ठूलो क्याम्पस त्रिविमा पनि विद्यार्थी सङ्गठनले चुनाव लक्षित विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । अखिल क्रान्तिकारीका आरआर क्याम्पसका इन्चार्ज धु्रव वाग्लेले निर्वाचन हुने सुनिश्चित भएपछि आफूहरु निर्वाचनमा होमिएको बताए उनले निर्वाचन आफ्नो पक्षमा पार्नका लागि सङ्गठन गतिविधि बढाएको बताए । “क्याम्पसमा हामीले आफ्ना साथीलाई विद्यार्थी भर्ना र भित्तेलेखन जस्ता कार्य गरिरहेका छौँ”, उनले भने, “निर्वाचनमा सफलता पाउने तरिकाले लागेका छौँ ।” दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुने विद्यार्थी सङ्गठनबीच प्रणालीका विषयमा सहमति हुन नसक्दा २०६५ सालयता हुन सकेको थिएन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending