Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

राणोद्दीप सिंहलाई दैनिक भान्सा !

\"\"काठमाडौं, १७ माघ । तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज रणोद्दीप सिंहका लागि आजपर्यन्त दैनिक तातो भात पस्किइँदैछ । वि. सं.। १९४२ सालमा खड्गशमशेर, भीमशमशेर र डम्बरशमशेरले गोली प्रहार गरी प्रधानमन्त्री जनरल रणोद्दीपको हत्या गरिएको इतिहासमा उल्लेख छ । यिनै प्रधानमन्त्री सिंहको आत्मा अझै अमर छ भन्ने मान्यताका आधारमा पशुपतिस्थित बज्रघरमा स्व. सिंहका लागि भातभान्सा तयार गरिँदै आएको छ । अाजको गोरखापत्रमा खबर छ– ब्राह्मणद्वय लीलानाथ सिंखडा (गुह्येश्वरी) र क्रृषिराम चालिसे (अत्तरखेल, जोरपाटी)ले यो भान्सा तयार गर्दै आएका छन् । भान्सामा भात, दालबाहेक अन्य तरकारी भने पाक्ने गरेको छैन । भान्से ब्राह्मण सिंखडाका अनुसार मासको दाल र भूस मिसिएको चामल (सरुवा चामल)को भात तयार गरेर श्री ३ महाराजलाई भान्सा तयार गर्नुपर्ने चलन छ । “विगत केही वर्षदेखि भूस मिसिएको चामल हटाई राम्रै खाले चामल पकाउन थालेका छौँ,” अर्का भान्से ब्राह्मण चालिसेले भने । महाराज रणोद्दीप भगवान् श्रीरामका भक्त रहेका र सोही कारण उनैले रामभक्तेश्वर गुठी स्थापना गरेका थिए । सोही गुठीबाट आजपर्यन्त रणोद्दीपका नाममा भान्सा सञ्चालन हुँदै आएको छ । रामभक्तेश्वर गुठीका पुजारी उमेश कुइँकेल (भुवनेश्वरी, पशुपति)का अनुसार दैनिक चार पाथी चार माना चामल र तीन माना मासको दालसहितको भान्सा तयार हुन्छ । त्यसबाट रणोद्दीपलाई चार पन्यू भात पस्केर छुट्याएपछि बाँकी भात आएका जो कोहीलाई खुवाइन्छ । कुइँकेलका अनुसार बेसार महिनामा छ माना, नून तीन पाथी, असल घ्यू चार धार्नी र दैनिक ३५ पैसाको अचारबाट मासिक रूपमा यहाँको दैनिक भान्सा तयार हुन्छ । सर्वसाधारणले पनि यहाँ तातो पेट गर्न पाउँछन्, भान्सा गरिसकेपछि ल्वाँङ र सुपारी सहित भान्सा गर्ने सबैलाई बिदाइ गरिन्छ । रणोद्दीपका लागि खाना पस्किएपछि बिहान ठीक ९ बजे सर्वसाधारणले यहाँ भोजन गर्न पाउँछन् । पुजारी कुइँकेलका अनुसार उहिल्यैका पुराना पित्तलका थालमा सर्वसाधारणलाई यो भान्साको भोजन गराउनुपर्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ रणोद्दीपको हत्यापछि वीरशमशेर कास्की र लमजुङको श्री ३ महाराज सहित प्रधानमन्त्री भएका थिए । जङ्गे खलकलाई शमशेर खलकले हर क्षेत्रबाट उतिबेला परास्त गर्दै पलायन गराएको इतिहासमा अङ्कित छ, यसो भए पनि श्री ३ महाराज रणोद्दीपको आत्मालाई जीवित मान्दै यहाँ यो भान्सा तयार हुँदै आएको छ । ब्राह्मण भान्से चालिसे भन्छन्, “रातमा यही भान्साघरमा सेतो कुर्था लगाएको अस्पष्ट आकृति छालाको जुत्ता बजार्दै यताउता गरेको देखिन्थ्यो, यो दृश्यले यहाँका पाले पुजारी तर्सन्थ्यौँ । अचेल मानिसको भीड बढ्यो, यस्तो देखिन्न सुनिन्न तर भात भान्सा चोखोनीतो गर्दै आएका छौँ । ”
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending