देशभरका आठ सय पुल जोखिममा, कुनै पनि बेला भत्किन सक्ने
माघ २० गते, २०७३ बिहिवार 2nd February, 2017 Thu०८:०५:२२ मा प्रकाशित
काठमाडौं, २० माघ ।देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– ‘जोखिमको अवस्थामा पुगेकामध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुल शाखा प्रमुख सरोजकुमार प्रधानले भने । सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ । तर, अधिकांश पुल निर्माण भएको ४० वर्ष पूरा भइसकेको छ ।
केही ४५ वर्ष पुगेका छन् । जोखिममा पुगेकामध्ये केहीको ‘लाइफ स्पान’ पूरा हुन लागेका, केही खोलाको बहावका कारण असर गरेका र केही डिजाइनमा कमजोरी हुँदा जोखिमको अवस्थामा रहेका छन् । जोखिमको अवस्थामा पुगेकामध्ये २९ वटा रणनीतिक सडक पुल र ९७ वटा स्थानीय सडक पुल अझ बढी खतरामा रहेको प्रधानले बताए ।
पुल मर्मतमा बजेट थोरै
सडक विभागका अनुसार सरकारले नयाँ पुल निर्माणलाई धेरै प्राथमिकता दिए पनि बनेका पुलको मर्मतसम्भारमा ध्यान दिएको छैन । सडक मर्मत गर्न विनियोजित बजेटसमेत कम रहेको छ । चालू आर्थिक वर्ष ०७३/७४ मा पुल मर्मत गर्न ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्ष ०७/७३ मा ७० करोड रुपैयाँ विनियोजन भएको महानिर्देशक प्रधानको भनाइ छ ।
यस वर्ष विभागले दुई सय ५४ वटा पुल मर्मतको योजना ल्याएको छ । सरकारले मर्मतसम्भार गर्न पर्याप्त बजेट नदिने र थप माग गर्दा प्रक्रिया पुर्याउँदा–पुर्याउँदै ढिला हुने गरेको विभागका अधिकारीहरूको अनुभव छ । जोखिमको अवस्थामा पुगेका देशभरका पुलको लगत पत्ता लगाउन अध्ययन गर्न मात्र दुई वर्ष लाग्ने विभागले जानकारी दिएको छ । ‘अध्ययन नगरेसम्म के–कस्तो मर्मत गर्ने, कति खर्च लाग्छ भन्ने कुरा यकिन भन्न सकिँदैन,’ उपमहानिर्देशक प्रधानले भने ।
१२ सयवटा पुल निर्माणाधीन
सडक विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत अहिले एक हजार एक सय ९१ वटा पुल निर्माण भइरहेका छन । तीमध्ये स्थानीय सडक पुल नौ सय तीनवटा छन् भने रणनीतिक सडक पुल दुई सय ८८ वटा छन् ।
बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा
महेन्द्र राजमार्गअन्तर्गत बारादेखि नवलपरासीसम्मका ६८ पुल उच्च जोखिममा छन् । यो क्षेत्रमा पर्ने बागमती पुल, चाँदी पुल, रोतोगोला पुल, उनासी, तेह्रकिलो, पासाह, बैजुरा, बालगंगा लगायतका पुल जोखिममा छन् । त्यस्तै, काठमाडौं उपत्यकाभित्रको टेकु–कालीमाटीस्थित पुल पनि जोखिममा छ । ‘बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा छन् । तर, यही रुटको चितवन जिल्लामा पर्ने पुलहरू भने सुरक्षित छन्,’ सडक विभागको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले भने ।
मर्मत नगरे विस्थापन मात्र विकल्प
जोखिममा पुगेका पुललाई मर्मत, रिडिजाइन र आंशिक विस्थापन नगर्ने हो भने भत्काएर नया“ निर्माण गर्नुको विकल्प छैन । ‘यस्ता उपाय अपनाउने हो भने जोखिममा रहेका पुलको थप १० वर्ष आयु वृद्धि गर्न सकिन्छ,’ सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले भने । यसले राज्यको करोडौँ रकम तत्कालका लागि खर्च हुनबाट जोगाउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: