Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

म प्रधानमन्त्री हुँदा

\"\"भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि पुस्तक निस्कियो । नाम हो– म प्रधानमन्त्री हुँदा । अर्थात उहाँ प्रधानमन्त्री हुँदा । आफू प्रधानमन्त्री हुँदाको समयलाई चिरस्मरणीय बनाउने उद्देश्यले पनि यो पुस्तक आएको हुनुपर्छ । किनभने उहाँ प्रधानमन्त्री बन्नुभएको समय वास्तवमै स्मरणीय छ । अझ चिरस्मरणीय भन्दा पनि फरक नपर्ला । उहाँ प्रधानमन्त्री बन्नुभएको त्यो क्षण सायद उहाँलाई पनि सम्झना छैन होला, मलाई पूरा सम्झना छ । उहाँले बिर्सिएपनि म बिर्सिन सक्दिनँ । किनभने उहाँ प्रधानमन्त्री भएकै बेला मैले ग्यासको सट्टा चुलो बालेर भात पकाउनु परेको थियो । त्यस्तो क्ष्ँणलार्य कसरी बिर्सिने ? उहाँ प्रधानमन्त्री भएकै बेला गाडीको सट्टा हिँडेर अफिस जानुपर्ने अवस्था आएको थियो । उहाँ प्रधानमन्त्री भएकै बेला हा, मैले प्रतिलिटर हजारमा पेट्रोल किन्नु परेको । हप्ताको तीन लिटर तेल लिन बिहान तीनै बजेदेखि उठेर लाइन बस्नुपरेको । यस्तो प्रधानमन्त्रीकाल कसले बिसर्नन सक्छ ? उहाँ आफैंले बिर्सेपनि म बिर्सन सक्दिनँ । सायद यस्तै कुरा लेखिएको होला भनेर एक थान ‘म प्रधानमन्त्री हुँदा’ लिएर आएँ । पढ्दै गएँ । पहिलो लेखमा उहाँले गरेको कामभन्दा पनि उहाँले बोलेको हुरा रहेछ । दोस्रो लेखमा पनि उहाँले गरेको काम होइन, उहाँले बोलेको कुरा रहेछ । तेस्रो लेखमा पनि उहाँले गरेको काम छ्रैन, बोलेको कुरा मात्र छ । चौथोमा पनि काम छैन , कुरा मात्रै छ । पाँचौं, छैटौं, सातौं, आठौं... अन्त्यमा अन्तिम लेख पुगिसक्दा पनि उहाँले गरेको काम केही देखिनँ, खालि बोलेको मात्रै कुरा देखियो । पुस्तक अद्योपान्त पढेपछि थाहा भयो, उहाँ प्रधानमन्त्री हुँदा बोली मात्रै रहेछ । कामचाहिँ केही भएको रहेनछ । धन्य नेपाल यहाँ बोलेरै मात्र पनि प्रधानमन्त्री बन्न सकिने रहेछ ! साक्षी कमरेड केपी ओलीको पुस्तक छ– म प्रधानमन्त्री हुँदा ! जनअास्था साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending