Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बन्ने भयो ‘काठमाडौं भ्यू टावर’

\"\"काठमाडौं, २१ माघ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौं भ्यू टावर’ को निर्माण सुरु भएको छ । करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो । आजको कान्तिपुरमा खबर छ– निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परेपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो । गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले टावरको शिलान्यास गरेपछि यसको निर्माण कार्य अघि बढेको हो । यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ । भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए । ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तारै अरू तल्ला निर्माणको अनुमति दिइन्छ ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे । ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार टावर निर्माण हुनेछ । भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ । निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए । ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, न्युरोड लगायतको ट्राफिकजाम पनि कम हुन्छ,’ उनले भने । न्युरोडसम्म घुम्न र किनमेल गर्न जानेहरूले भ्यु टावरमै गाडी पार्किङको सुविधा पाउने उनले बताए । राजधानीमा पर्यटकीय आकर्षणसमेत बढ्ने विश्वास महानगरको छ । टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ । टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ । टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन् । जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ । सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ । टावर निर्माण गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । जमिनको प्रत्येक वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ । टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे तीन प्रतिशतका दरले बढ्नेछ । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए । तीन वर्षभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending