Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

आईजीपीबारे कांग्रेसमा विवाद

\"\"काठमाडौं, २२ माघ । आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद शुरु भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ– प्रधानमन्त्री प्रचण्डले सरकारले कुनै पनि निर्णय गर्दा आफू विवादमा नपर्ने जानकारी सत्ता साझेदार दल नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई गराएको भए पनि कांग्रेसभित्र भने नयाँ प्रहरी प्रमुख बनाउने विषयमा विवादले उग्ररुप लिएको छ । नेपाली कांग्रेसका प्रभावशाली मन्त्री रमेश लेखक, सांसद कर्ण मल्ल र सुदूरपश्चिमका कांग्रेस नेताहरुले आफ्नो अनुकुलका डीआईजी जयबहादुर चन्दलाई जुनसुकै हालतमा प्रहरी प्रमुख बनाउनुपर्ने लबिङ गरेपछि विवादले उग्र रुप लिएको हो । बिहीबार शीर्ष नेतासहितका केही उच्च नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा मन्त्री लेखकसहितको टोलीले चन्दलाई आईजीपी बनाउनुपर्ने जिकिर गरेको थियो । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूले विधि र प्रक्रियालाई मिचेर कुनै पनि नयाँ प्रहरी प्रमुख बनाउन नसक्ने अडान लिएपछि बैठकमा तीव्र विवाद भएको एक सहभागी सांसदले बताए । नेपाल प्रहरीका हालका प्रमुख उपेन्द्रकान्त अर्यालले आगामी फागुन २ बाट अनिर्वाय अवकाश पाउने भएपछि हालका डीआईजीमध्येबाट सरकारले प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने बाध्यता रहेको छ। आईजीपी अर्यालसहित सबै एआईजीहरूले एकैदिनमा अवकाश पाउने भएपछि सरकारले हालका डीआईजीमध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यता उत्पन्न भएको हो। आईजीपीका लागि डीआईजीहरू एक नम्बरमा नवराज सिलवाल, दुई नम्बरमा प्रकाश अर्याल, तीन नम्बरमा चन्द र चौथो नम्बरमा बमबहादुर भण्डारी रहनुभएको छ। गृहमन्त्री निधिले विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैलाई पनि प्रहरीको प्रमुख बनाउन नसक्ने बताएपछि पार्टी सभापति शेरबहादुर देउवाले पश्चिमका साथीहरूको भावनालाई बुझ्नुपर्ने बताउनुभएको थियो। यद्यपि यसै गर्ने भनेर कांग्रेसले निर्णय भने नगरेको बताइएको छ। नेपाली कांग्रेसका युवा नेता तथा सांसद रामहरि खतिवडाले कुनै पनि संगठनको चेन अफ कमान्ड बिगार्ने गरी निर्णय गर्न नहुने बताए । कांग्रेसमा गृहमन्त्री र अन्य नेताहरूको राय बाझेका कारण मन्त्रीमण्डलमा नै हेरफेरको सम्भावनासमेत रहेको स्रोतले बताएको छ। बिहीबारको बैठकमा सहभागी हुनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल चुप लागेर बसेका कारण नयाँ प्रहरी प्रमुखमा पार्टीका तर्फबाट कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन नसकेको पनि ती सांसदले जानकारी गराए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy