माघ २२ गते, २०७३ शनिवार 4th February, 2017 Sat०६:३६:३७ मा प्रकाशित
काठमाडौं, २२ माघ । प्रशव बेथाले च्यापेपछि वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी रमावतीदेवी पासवानले जेठी बुहारी आशालाई शुक्रबार बिहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याइन् । आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य ठीक थियो । आशाले अस्पतालको प्रसूति वार्डमा १० बजेर ४० मिनेटमा सामान्य अवस्थामै छोरो जन्माइन् ।
अाजको कान्तिपुरमा खबर छ– बच्चा सफा गरेर नर्सले हजुरआमा (रमावती) को जिम्मा लगाए । अनि सुत्केरीलाई वार्डमा सारे । त्यतिबेलासम्म रमावतीकी कान्छी बुहारी खुस्बु पनि आइसकेकी थिइन् । कान्छी बुहारी र रमावती दुवै मिलेर परिवारको नयाँ सदस्य र सुत्केरीको रेखदेख गर्न थाले ।
सुत्केरी बुहारी शौच जान उठदा अत्यधिक रक्तस्राव भएपछि रमावतीले स्टाफ नर्सलाई खबर गरिन् । नर्सले वार्डमै आएर शय्या नम्बर ६५ को वरिपरि साडी बेरेर रगत सफा गरे । साढे १ बजेतिर छेउकै एक सुत्केरीलाई सुई लगाउन नर्स आउँदा पनि अवस्था सामान्य नै थियो । त्यसको केही बेरपछि नवजात शिशुकी हजुरआमा रमावती ‘हमार बबुवा के कौन लेगइल’ भन्दै रुँदै कराउँदै अस्पताल परिसरतिर दौडिइन् ।
उनले अस्पतालमा तैनाथ प्रहरी र सुरक्षा गार्डलाई बच्चा चोरी भएको बताइन् । सुरुमा कसैले विश्वास गरेनन् । रमावती भक्कानिने क्रम नरोकिएपछि सबै गम्भीर भए । प्रसूति वार्डबाट बाहिर निस्कने प्रत्येकलाई द्वारमा जाँच गर्न थाले । शय्यामा आराम गरिरहेकी आशादेवी नवजात छोरा चोरी भएको सुनेपछि अचेत भइन् । चारैतर्फ खोजबिन गरेर पनि बच्चा फेला नपरेपछि परिवारले आफन्तलाई खबर गर्न थाले । अपराहन २ बजेपछि अस्पतालमा होहल्ला र नाराबाजी सुरु भयो । नर्सकै लापरबाहीले बच्चा हराएको आरोप लगाउँदै परिवार र आफन्तले नर्सलाई गाली गर्न थाले । त्यसपछि नर्सहरूले वार्ड छाडेर गएकाले वार्डका अन्य सुत्करी महिलासमेत अलपत्र परेका छन् । आक्रोशित भीडले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो । त्यसपछि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।
उपक्षेत्रीय अस्पतालमा झन्डै ४ लाख रुपैयाँ खर्चेर ‘सीसीटीभी’ जडान गरिए पनि कुनै पनि चालु अवस्थामा छैनन् । कमिसनको चक्करमा कमसल क्यामेरा खरिद गरिएकाले जडान भएको केही दिनमै क्यामराले काम गर्न छोडेको कर्मचारी बताउँछन् ।
‘बिहान वार्डमा आएदेखि सँगै रहेकी एक अपरिचित महिलाले बच्चा चोरेकी हुन्,’ बिलौना गर्दै रमावतीले भनिन्, ‘अस्पताल प्रशासनको लापरबाहीले यस्तो घटना भयो ।’ उनका अनुसार पातलो शरीर र गहुँ गोरो हुलिया भएकी ती महिला प्रसूति वार्डमै थिइन् । ‘अस्पतालका गार्ड र नर्सले अरूलाई बाहिर निकाल्दा पनि ती महिला जतिखेर पनि वार्डमै घुमिरहेको देख्थें,’ गहभरि आँसु झार्दै उनले भनिन्, ‘मैले सोचें, उनी पनि यहींकै स्टाफ हुन् ।’
‘कान्छी बुहारी र म जेठीलाई स्याहार गर्दै थियौं, नाति रोएपछि ती महिलाले हातमा उठाएर खेलाउन थालिन्,’ उनले भनिन्, ‘बाहिर निस्किएपछि बुहारी पनि पछिपछि लागिन् तर एकछिनमै ती महिला बच्चा लिएर बेपत्ता भइन् ।’ वार्डका अन्य कुरुवाका अनुसार ती महिला रमावतीसँग घुलमिल भइसकेकी थिइन् । ‘दूध र पाउरोटी खरिदका लागि ५० रुपैयाँ पनि ती महिलाले दिएकी थिइन्,’ वार्डमा भेटिएका एक कुरुवाले भने ।
प्रसुति गृहमा पहिलोपटक नवजात शिशु हराएपछि चिकित्सक, नर्स र कर्मचारी स्तब्ध छन् । ‘यही प्रसूति वार्डमा काम गरेको १७ वर्ष भयो,’ स्टाफ नर्स गीता केसीले भनिन्, ‘पहिलो पटक बच्चा चोरीको घटना सुन्दै छु, मेरो आफ्नै मुटु कामिरहेको छ ।’
मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले ‘नर्मल डेलिभरी’ भएकाले बच्चा परिवारको जिम्मा लगाएर सुत्केरीलाई वार्डमा सारिएको बताए । ‘यस्तो घटना कहिल्यै भएको थिएन,’ डा. साहले भने, ‘प्रहरी प्रशासनको सहयोगमा बच्चा खोजीमा लागेका छौं ।’ प्रसूति गृहमा जो कोहीले सजिलै प्रवेश पाउने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: