Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

यस्तो छ मोर्चालाई मनाउन सरकारले गरेका दुई प्रयास

\"\"काठमाडौं, २२ माघ । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी बनेको छ । दुई पक्षबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा विधेयक परिमार्जनसहित पारितपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जाने विषयमा शुक्रबार मोर्चाका नेताहरूसँग छलफल गरेका थिए । बैठकमा निर्वाचन तयारी र संशोधन विधेयक दुवै सँगै अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘छलफल सकारात्मक भएको छ,’ उनले भने, ‘संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने र निर्वाचन तयारी पनि सँगसँगै अगाडि बढाउने समझदारी बनेको छ ।’ मन्त्रिपरिषद्को बिहीबारको बैठकले निर्वाचन तयारीका लागि निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेपछि मधेसी मोर्चाका नेताहरू असन्तुष्ट भएका थिए । मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म निर्वाचन नस्विकार्ने बताउँदै आएको छ । बालुवाटार बैठकमा संविधान संशोधनमा कहाँ के विषयमा परिमार्जन भन्नेबारे समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी गराएका थिए । बैठकमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका नेताहरू सहभागी थिए । मोर्चाका नेताहरू समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरू उपस्थित थिएनन् । बैठकमा प्रधानमन्त्रीले के भने ? निर्वाचन आयोगलाई तयारी गर्दै गर्नू भनेर पत्र पठाइएको हो । निर्वाचन मिति तोकिएको छैन । पत्रिकाले बदमासी गरेको मात्र हो । आयोगलाई निर्वाचनको आन्तरिक तयारी गर्न गरेको आग्रहमै आत्तिनुपर्नै कुरा छैन । संविधान संशोधन नभई मिति घोषणा हुँदैन । संशोधन विधेयक परिमार्जन गर्ने र परित गराउने संख्या पुर्‍याउन लागिरहेका छौँ । त्यसमा सरकारले मात्र योगदान गरेर पुग्दैन । तपाईंहरूले पनि उत्तिकै भूमिका खेल्नुपर्छ । स्थानीय तह पुनर्संरचनाका लागि मन्त्रीस्तरीय समिति बनाएर काम गर्न भनिएको छ । त्यसले सुझाब दिएपछि अगाडि जान सकिन्छ । मोर्चाका नेताहरूले भने– संविधान संशोधनका लागि हामीले कति दिन कुरेर बस्ने रु संशोधन प्रक्रिया छिटो अगाडि बढाउनुपर्छ । स्थानीय तहबारे सैद्धान्तिक विषय प्रस्ट हुनुपर्छ । प्रदेशमातहत गाउँपालिका, नगरपालिका हुनुपर्छ । विशेषतः संरक्षित स्वायत्त क्षेत्रका विषयमा प्रस्ट हुनुपर्छ । यी विषयमा कार्यदल परिमार्जन गरेर आउनुपर्छ । मोर्चालाई मनाउन सरकारका दुई प्रयास १. पुनर्संरचना प्रतिवेदन मिलाउने सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्न बिहीबारको मन्त्रिपरिषद्बाट स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । आयोगलाई प्रतिवेदनपछि आएका सुझाब पनि समेट्ने गरी प्रतिवेदन पुनर्लेखन गर्न १५ दिनको समय दिइएको छ । सोही क्रममा सरकारले मोर्चाको असन्तुष्टि रहेको २ नम्बर प्रदेशका गाउँपालिका र नगरपालिकाको संख्या परिमार्जन गरी मधेसी मोर्चालाई मनाउन प्रयास गर्नेछ । २. अन्तिम प्रतिवेदनपछि मात्र निर्वाचन घोषणा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन हुने गरी मन्त्रीस्तरीय समितिले सुझाब दिएपछि पारित गरेर निर्वाचन घोषणा गर्ने सरकारको तयारी छ । यसमा मोर्चा सकारात्मक छ । यसबीचमा संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गराउने भूमिका खेल्न सरकारले आग्रह गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy