Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

४५८ माग ७४ हजारको आवेदन

\"\"काठमाडौं, २२ माघ । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । आजको नयाँ पत्रिकामा खबर छ– लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त दिन सकिने व्यवस्था छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले दोब्बर दस्तुरको समय सकिँदा दरखास्त दिनेको संख्या ८० हजार पुग्ने अनुमान गरिएको बताए । आयोगको विश्वसनीयता, सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण दरखास्त दिनेको संख्या अत्यधिक रहेको कोइरालाले बताए । मध्यमाञ्चलबाट धेरै दरखास्त लोकसेवा आयोगले अनलाइनमार्फत दरखास्त लिँदै आएको छ । आयोगका अनुसार मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी ३२ हजार ६ सय ९० दरखास्त परेका छन् । मध्यमाञ्चलमा नायब सुब्बा तहका एक सय ९८ पदमा आवेदन मागिएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाबाट नासुकै ९१ पदका लागि १४ हजार ६ सय ५४ को दरखास्त परेको छ । पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ६९ पदका लागि ११ हजार चार सय सातजना, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ५७ पदका लागि आठ हजार ६ सय ५० जना र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ४३ पदका लागि ६ हजार सात सय ३८ जनाले दरखास्त पेस गरेका छन् । आयोगले हालै थप गरेका तीन परीक्षा केन्द्रमध्ये लहानमा चार हजार चार सय ६३ जनाले दरखास्त दिएका छन् । वीरगन्ज केन्द्रमा दुई हजार नौ सय ३१ र डोल्पा केन्द्रमा ७३ जनाको दरखास्त परेको छ । लोकसेवा आयोगले पाँचवटै क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र केन्द्रबाट परीक्षा सञ्चालन गर्ने गरेको छ । खुला तथा आन्तरिक परीक्षा प्रथम चरणको फागुनमा र दोस्रो चरणको वैशाखमा हुने आयोगले जनाएको छ । ९ सय ८० शाखा अधिकृतमा ५३ हजारको दरखास्त परेको थियो लोकसेवा आयोगले यसअघि मागेको शाखा अधिकृतको प्राविधिक र अप्राविधिक गरी नौ सय ८० पदमा ५३ हजार चार सय १६ जनाको दरखास्त परेको थियो । आयोगले कात्तिक पहिलो साता शाखा अधिकृतको प्राविधिकतर्फ चार सय ७२ पदमा विज्ञापन गरेको थियो । सो विज्ञापनमा ३१ हजार ५ सय १७ जनाले दरखास्त पेस गरेका थिए । मंसिरको पहिलो बुधबार शाखा अधिकृतको अप्राविधिकतर्फ ५ सय ८ पदमा दरखास्त आह्वान गरिएको थियो । सो आह्वानअनुसार २१ हजार आठ सय ९९ जनाले दरखास्त पेस गरेका थिए । सरकारी सेवाप्रति आकर्षण बढ्दो छ लक्ष्मीविलास कोइराला, प्रवक्ता, लोकसेवा आयोग सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण लोकसेवा आयोगले मागेका पदमा प्रतिस्पर्धा गर्न आवेदन दिनेको संख्या वर्षेनी बढ्ने गरेको छ । आयोगको विश्वसनीयता र निष्पक्ष परीक्षा प्रणालीका कारण पनि आवेदन दिनेको संख्या बढेको हो । निजामती सेवालाई उत्कृष्ट बनाउन आयोग प्रतिबद्ध छ । आयोगले राजनीतिक वा अन्य कुनै प्रकारको दबाबबाट स्वतन्त्र भएर समान अवसर प्रत्याभूति गर्दै आइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy