Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

रामकृष्ण र यम बराल : प्रतिस्पर्धाविहीन सम्बन्ध

\"\"गायकद्वय रामकृष्ण ढकाल र यम बराल एक–अर्कालाई ‘बेस्ट फ्रेन्ड’ मान्छन् । आधुनिक तथा पाश्र्वगायनमा यी समकालीन गायक मित्रको आ–आफ्नै स्थान छ । उनीहरू लगभग एकै समयमा गायनमा उदाएका हुन् । तर, गायकका रूपमा स्थापित हुन रामकृष्णले यमले भन्दा निकै नै संघर्ष गर्नुपर्‍यो । बारा जिल्ला स्थायी घर भएका रामकृष्ण बच्चैदेखि गाउँदै हिँड्थे । इलामका यम डिल्लीबजारस्थित विजय मेमोरियलमा आठ कक्षामा पढ्न थालेदेखि गायनमा लागेका हुन् । उनीहरू निकै मिल्छन् । संघर्षका दिनमा मात्र होइन, अहिले पनि उनीहरू एक–अर्काको सम्पर्कमा हुन्छन् । कतिपयले उनीहरूबीच प्रतिस्पर्धा रहेको बुझ्ने गरेका छन् । तर, यी दुवैले आफूहरू एक–अर्काको असल साथी भएको बताउँछन् । पहिलो भेट आफूहरूको पहिलो भेट ठ्याक्कै कहिले र कहाँ भएको थियो भन्नेमा रामकृष्ण ढकाल र यम बराल आफैँ ‘क्लियर’ छैनन् । ‘खै पहिलो भेट ठ्याक्कै याद त छैन,’ रामकृष्ण भन्छन्, ‘सायद रेडियो नेपालतिरै हो जस्तो लाग्छ ।’ यम आफूहरूबीच पहिलोचोटि डिल्लीबजारमा भेटघाट भएको ठान्छन् । ‘डिल्लीबजारस्थित गोपाल कर्माचार्यको घरमा पहिलोचोटि भेटेको जस्तो लाग्छ,’ यम भन्छन्, ‘मैले त्यसअघि रामकृष्णका बारेमा सुनेको थिएँ ।’ रामकृष्ण बच्चैदेखि गीत गाउँदै हिँड्थे । स्वरसम्राट् नारायणगोपालको दोस्रो रूपमा रामकृष्णको परिचय बनेको थियो । त्यसकारण यमले उनका बारेमा सुनिसकेका थिए । ‘०४८ मा हो क्यारे भेटेको,’ राम–यम दुवैको एउटै कथन छ, ‘त्यतिवेला समान्य चिनजान भयो । पछि बिस्तारै बिस्तारै मित्रता झाँगिएको हो ।’ रामकृष्णभन्दा यम जेठा रामकृष्णभन्दा यम उमेरले जेठा छन् । त्यसकारण सुरुका दिनमा रामकृष्णले यमलाई दाइ भन्ने गर्दथे । त्यतिवेला रामकृष्ण निकै दुब्ला थिए । यम भने मोटाघाटा नै थिए । रामकृष्णलाई आफ्नो दुब्लोपन देखेर उदेक लाग्थ्यो रे ! ‘गायनमा म सिनियर भए पनि उमेरका हिसाबले यम मभन्दा जेठो भएकाले सुरुका दिनमा मैले उसलाई दाइ, तपाईं भन्थेँ,’ रामकृष्ण सम्झन्छन्, ‘पछि हामी सँगै गीत गाउन थाल्यौँ । दिनहुँ भेट हुन थाल्यो । त्यसपछि तिमी हुँदै तँ–तँको सम्बोधनमा उत्रियौँ ।’ ‘म रामकृष्णभन्दा जम्मा एक वर्ष जेठो छु,’ यम भन्छन्, ‘जेठो भएकाले रामले मलाई सुरुका दिनमा दाइ भन्थ्यो । पछिपछि त साथी भइयो । तँ तँ चल्न थाल्यो ।’ त्यतिवेला यम पनि नारायणगोपालका गीत गाउने गर्दथे । ‘तर मैले रामकृष्णले जत्तिको भने गाइन“,’ यम भन्छन्, ‘ऊ त दोस्रो नारायण गोपालका रूपमा चर्चित थियो । म भने नारायणगोपाल, भक्तराज आचार्यहरूका गीत गाउने गर्दथेँ ।’ यम कागती खाने, राम नमान्ने रामकृष्ण र यम यति मिल्थे कि, उनीहरू दिनभरिजसो सँगै हुन्थे । कतै कार्यक्रममा जाँदा पनि उनीहरू सँगै हुन्थे । दिनभरि रेडियो नेपालमा चहारेर साँझ खानपिन गर्न उनीहरू भृकुटीमण्डप पुग्थे । खाजामा यम चिकेन चिल्ली निकै मन पराउँथे । बोसो लाग्ने डरले उनले चिल्लीमा कागती निचोरेर हाल्थे । तर, मोटाउने इच्छामा रहेका रामकृष्ण भने सकभर कागती नखाने जोडमा हुन्थे । तर, एउटै प्लेटमा खाने भएकाले नचाहेर पनि रामकृष्णले कागतीयुक्त चिकेन चिल्ली खानुपथ्र्यो । जसले गर्दा यमको मोटाइ त ब्यालेन्समा रह्यो, तर रामकृष्ण भने झन् पातला भए । ‘यम कागती खुब खान्थ्यो,’ रामकृष्ण भन्छन्, ‘उसले गर्दा मैले पनि कागती खानुपथ्र्यो । मभन्दा उमेरले जेठो भएकाले पनि म उसका कुरा मान्थेँ ।’ आफू मोटाउने डरले त्यसो गरेको यम स्विकार्छन् । ‘बोसो लाग्ला भन्ने डरले म कागती खाइरहन्थेँ । राम पनि त्यही घानमा पथ्र्यो ।’ यम दुब्लाउन, राम मोटाउन जिमखाना किशोरावस्थामा रामकृष्ण निकै दुब्ला थिए । यम भने डल्लाडल्ला मोटा थिए । रेडियो नेपालमा सँगै गीत गाउँथे । अरू वेला पनि सँगै हुन्थे । तर, रामकृष्णलाई अलि मोटाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो भने यमलाई अलि दुब्लाउने मन थियो । जसका कारण यमले रामकृष्णसँग जिमखाना जाने सल्लाह गरे । यमको सल्लाहमा सुरु भयो जिम । जिममा यम तौल घटाउने ध्यानमा हुन्थे । त्यसकारण ‘इन्स्ट्रक्चर’ ले यमकै अनुसार सिकाउने गर्दथे । रामकृष्ण पनि त्यसमै परे । जिमले यमको बोसो त पगाल्यो नै, साथै रामकृष्णलाई झन् पिलन्धरे उन्मुख बनायो । ‘यमको अनुसार गर्नाले मलाई बहुत गाह्रो भयो । हेभी एक्सरसाइज गर्नाले हिँड्न, ट्वाइलेट बस्न पनि निकै गाह्रो भयो । मैले त जिम छोडिदिएँ,’ रामकृष्णले सम्झिए, ‘मेरो जिम धेरै दिन टिकेन । पछि यमले पनि निरन्तरता दिएन क्यारे ।’ सँगै गायन रामकृष्ण र यमले देश–विदेशका थुप्रै स्टेजमा सँगै गीत गाएका छन् । उनीहरूका गीत थुप्रै एल्बम, फिल्ममा छन् । उनीहरूले आ–आफ्ना सोलो एल्बम थुप्रै निकालेका छन् । तर, उनीहरूलाई याद भएसम्म अहिलेसम्म जम्मा दुईटा गीतमा मात्र उनीहरूको संयुक्त स्वर छ । ‘गोपाल योञ्जनज्यूको निशानी–२ को यो मेरो टोपी कैलाशको शिरजस्तोमा म र यमको लिड भोकल छ,’ रामकृष्ण सम्झन्छन् । ‘राम र मैले यो मेरो टोपी र पोखरा नगरपालिकाको एउटा गीत सँगै गाएका छौँ,’ यम भन्छन्, ‘त्यसबाहेक अरू गीत सँगै गाएको याद छैन ।’ रामको कोठामा यम यम काठमाडौँमा परिवारसहित बस्थे । रामकृष्ण भने कोठामा एक्लै बस्थे । त्यसकारण यमले रामकृष्णको कोठामा थुप्रै रात बिताएका छन् । अबेर राति घर जाने अवस्था नहुँदासमेत यम रामको कोठामा बस्थे । ‘मैले रामको कोठामा धेरै रात बिताएको छु,’ यम सम्झन्छन्, ‘ऊ एक्लै बस्थ्यो । म परिवारसहित बस्थेँ । त्यसले गर्दा कहिलेकाहीँ साथीकोमै बस्न मन लाथ्यो ।’ यम र आफूले धेरै सुख–दुःखका दिन कटाएको स्मरण रामकृष्णको छ । ‘ऊ मेरो सबैभन्दा मिल्ने, नजिकको साथी बन्यो । ऊसँग धेरै दुःख–सुखका दिन बितेका छन् ।’ आफूहरू सँगै बस्दा गीत गाउने, गीतसंगीतकै कुरा गर्ने गरेको उनीहरूको स्मरण छ । ‘गीत गाउँथ्यौं, अब कसरी अघि बढ्ने, केके गर्ने भनेर सल्लाह गथ्र्यौं,’ यम–रामकृष्ण दुवै भन्छन्, ‘कसरी हुन्छ राम्राभन्दा राम्रा गीत गाउन पाए, हिट हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’ समाजले प्रतिस्पर्धी ठानेपछि रामकृष्ण र यमलाई एक समय प्रतिस्पर्धी गायकका रूपमा हेरिने गर्दथ्यो । त्यतिवेला उनीहरूले लगालग एल्बम निकाल्थे । स्टेज सो गर्थे । फिल्ममा गीत गाउँथे । दुवैका गीत आ–आफ्नै शैलीमा हिट हुन्थे । त्यसकारण उनीहरूलाई प्रतिस्पर्धी गायकका रूपमा पनि हेरिएको थियो । तर, आफूहरूबीच कहिल्यै प्रतिस्पर्धा नभएको उनीहरूको दाबी छ । ‘हामीबीच कहिल्यै प्रतिस्पर्धा भएन,’ राम–यम भन्छन्, ‘समाज, मिडियाले हामीलाई प्रतिस्पर्धी हुन् भनेर हल्ला चलाएका हुन् । वास्तवमा हामी आ–आफ्नै शैली र तरिकाका छौंँ ।’ पाश्र्व तथा आधुनिक गायनमा यमको उदयसँगै राजेशपायल राई पनि उदाएकाले बरु यम र राजेशपायलबीच प्रतिस्पर्धा चलेको अनुभव रामकृष्णलाई भएको थियो रे १ ‘बरु यम र राजेशपायलबीच प्रतिस्पर्धा थियो,’ रामकृष्ण भन्छन्, ‘फिल्मका गीत उनीहरूले धेरै गाएका थिए । त्यसले गर्दा श्रोतादर्शकले उनीहरूलाई एकअर्काका प्रतिस्पर्धी ठान्थे । तर, म र यमबीच प्रतिस्पर्धाको स्थिति कहिल्यै भएन ।’ यम पनि रामकृष्णको कुरामा सहमति जनाउँछन् । फेरि चलचित्र अभिनयमा फर्कंदै रामकृष्ण गायनका अलावा रामकृष्ण अभिनय पनि गर्छन् । आफ्ना गीतका म्युजिक भिडियोमा उनी आफैँ मोडलिङ गर्छन् । अभिनयकै हुटहुटीले उनले आफ्नै जीवनकथामा आधारित ‘आशीर्वाद’ चलचित्रमा अभिनय गरेका थिए । जुन चलचित्रलाई निर्माता गोपाल कर्माचार्यले निर्माण गरेका थिए । उनको अभिनयलाई दर्शकले रुचाए पनि । तर गायनमा सफल भएका उनले अरू फिल्ममा काम गरेनन् । अब पुनः उनी अभिनयमा फर्कने भएका छन् । त्यसका लागि हाल स्क्रिप्टको काम भइरहेको रामकृष्ण बताउँछन् । नायकमा जम्न सकेनन् यम रामकृष्णले अभिनय गरेको चलचित्र ‘आशीर्वाद’ सफल भएपछि यमलाई पनि नायक बन्ने रहर चल्यो । उनी चलचित्र ‘मालती’मा नायक बनेर अभिनय गरे । चलचित्रले औसत व्यापार ग¥यो । तर, व्यावसायिक नायकको रूपमा यम स्थापित हुन सकेनन् । उनलाई दर्शक तथा श्रोताले नायकभन्दा गायककै रूपमा सुन्न र देख्न चाहे । त्यसपछि उनले कुनै चलचित्रमा काम गर्ने अवसर पाएनन् । ‘मालती’ अभिनय गरेको केही समयपछि यम अमेरिका लागे । सुमधुर पारिवारिक सम्बन्ध आफूहरूको पारिवारिक सम्बन्ध पनि निकै सुमधुर रहेको बताउँछन् रामकृष्ण–यम । ‘हामीहरूको पारिवारिक सम्बन्ध पनि निकै सुमधुर छ,’ दुवैजना भन्छन्, ‘एक अर्काको आउने–जाने भइरहन्छ ।’ तर, पछिल्लो समय यम धेरैजसो अमेरिकामा बस्ने गर्दछन् । केही समयअघि काठमाडौं आएका यमको रामकृष्णसँग सामाजिक सञ्जाल, फोनमा भने बरोबर कुरा भइरहन्छ । ‘लास्ट टाइम आलोकश्रीजीको एल्बम विमोचनमा भेट भएको थियो,’ रामकृष्ण भन्छन्, ‘फोनमा भने कुरा भइरहेको छ । एक दिन मज्जाले बस्ने योजना छ ।’ यम पनि कार्यव्यस्ताले यसपालि रामकृष्णसँग भेट्न नपाएको बताउँछन् । ‘अलि बिजी–बिजी भएकाले ऊसँग धेरै समय बिताउन पाएको छैन । केही दिनमै बस्छौँ,’ यम भन्छन्, ‘ऊ मेरो सबैभन्दा नजिकको साथी हो । समयले कहाँकहाँ पुर्‍याए पनि मन भने सधैँ सँगै हुने गरेको छ ।’ रामकृष्ण पनि यमलाई आफ्नो सबैभन्दा नजिकको साथी ठान्छन् । ‘तन टाढा भए पनि मन र मित्रता भने सधैँ गाढा नै रहेको छ । यम र म जहाँ रहे पनि सधैँ सँगै हुन्छौँ ।’ रामकृष्णलाई ‘अ’ अक्षर फलिफाप रामकृष्णले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्न धेरै संघर्ष गर्नुपरेको थियो । गायन क्षेत्रमा एउटा अवसर पाएपछि उनले आफूलाई स्थापित गरे । औपचारिक रूपमा उनको २०४३ सालमा सांगीतिक करिअर सुरु भएको हो । उनले २०४५ सालमा पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत गाएका थिए । अहिलेसम्म उनले नौवटा गीतिएल्बम निकालेका छन् । नौमध्ये आठवटा गीतिएल्बमको नाम ‘अ’ बाटै राखेका छन् । ‘अ’ अक्षरबाट राखेका गीति एल्बमका गीतहरू उनका निकै चलेका छन् । रामकृष्णका हालसम्म आशीर्वाद, आशिष, आशा, आरोह, आग्रह, आधार, आश्रय, आगमन र मेरो साथी एल्बम प्रकाशित छन् । ‘ओराली लागेको हरिणको चाल भो’, ‘बिहानै उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस्’ लगायत उनका दर्जनौँ गीत लोकप्रिय छन् । यमलाई अमेरिकाको ग्रिनकार्ड रामकृष्ण, राजेशपायल राईसँगसँगै नेपाली संगीत फाँटमा क्रियाशील रहेकै समयमा यम एक्कासि अमेरिका हानिए । उनी अमेरिका गएपछि नेपालमा रामकृष्ण र राजेशपायल सुगम संगीतमा सक्रिय रहे । अमेरिका जानुअघि चलचित्रको पाश्र्वगायनमा यम र राजेशपायलबीच कडा प्रतिस्पर्धा थियो । यमले अमेरिकाको ग्रिनकार्ड पाइसकेका छन् । आफ्नो दुई दशकको सांगीतिक यात्रामा यमले एक हजारभन्दा बढी गीत गाएका छन् । ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा‘,’ ‘निष्ठुरीले छोडेर गई हाली‘’ जस्ता चर्चित गीत पस्केका बरालले हालसम्म बाह्रौँ गीतिएल्बम प्रकाशित गरिसकेका छन् । उनका सुगम गीतभन्दा पनि चलचित्रका गीतहरू भने निकै चर्चित छन् । असली कलाकारिता छ यममा यम एकदमै राम्रो कलाकार हो । विशेषगरी आधुनिक गायनमा यमको बेग्लै स्थान छ । मेरो एकदमै नजिकको, सुख–दुःख बुझ्ने साथी हो । जहाँ गए पनि गीतसंगीतमै मरिमेट्छ, असली कलाकारिता छ उसमा । उसको आवाज निकै मिठो छ । तर, उसले आफ्नो आवाजअनुसारका गीत छान्न त्यति भेउ पाउने गरेको छैन । मैले मात्र होइन, उसलाई अरूहरूले पनि यस्तै भन्ने गरेका छन् । संख्याभन्दा गुणस्तरीय गीतमा उसले ध्यान दिनुपर्छ । साथी भनेको विश्वास हो । हामी कतिपय कुरा आफ्नो परिवारलाई भन्न सक्दैनौँ । तर, साथीलाई निर्धक्क भन्छौँ । यम मेरो त्यस्तो साथी हो । यो साथित्वको सम्बन्ध जीवन रहुन्जेल अटुट रहोस् भन्ने कामना गर्दछु । ‘यम र मेरो आ–आफ्नै शैली, तरिका र स्थान छ,’ रामकृष्ण भन्छन्, ‘ऊ मेरो र म उसको निकै असल साथी हौँ । हामीमा कहिल्यै प्रतिस्पर्धा भएन ।’ रामकृष्ण मेरो प्रगतिमा खुसी हुने साथी रामकृष्ण निकै ठूलो हृदय भएको मान्छे हो । ऊ जति राम्रो गाउँछ, त्योभन्दा पनि राम्रो उसको मन छ । ऊ मेरो प्रगतिमा खुसी हुने साथी हो । दुःख–सुखका सयौँ पल सँगै बिताएका छौँ हामीले । म सधैँ उसको प्रगति भइरहेको हेर्न चाहन्छु । उसले आफ्नो शैलीलाई अझ अघि बढाउनुपर्छ । पारिवारिक रूपमा पनि हामी एकदम नजिक छौँ । मेरो छोरो र रामकृष्णकी छोरी दिदीभाइ हुन् । मेरो छोरोले भाइटीका लगाएको छ । म चाहन्छु, हाम्रा छोराछोरीले हरेक वर्ष भाइटीका लगाइरहन पाऊन् । रामकृष्ण, भाउजू र छोरी सधैँ खुसी रहून् । अघि बढ्दै जाने क्रममा आफूबाट केही गल्ती हुन गयो भने त्यसको महसुस गरेर अघि बढोस् । ‘हामीमा कहिल्यै प्रतिस्पर्धा भएन,’ यम भन्छन्, ‘समाजले हामीलाई प्रतिस्पर्धीको नजरले हेर्‍यो, तर हामीबीच कहिल्यै कुनै कुरामा प्रतिस्पर्धा भएन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy