Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

हतकडी नलाई सीकेलाई माया ?

काठमाडौं, २२ माघ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सीके राउतलाई सिरहा प्रहरीले राज्यविरुद्धको संगठित अपराध मुद्दा चलाएको छ। देश विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका र विभिन्न योजनाहरू बनाएको आरोपमा पक्राउ परेका राउतलाई सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई राज्यविरुद्धको संगठित अपराध मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ– राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । सिरहा प्रहरीको आग्रहमा बिहीबार धनुषा प्रहरीले जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट राउतलाई पक्राउ गरी सिरहाको लहान ल्याएको थियो। गत माघ ५ गते बलिदानी दिवसको अवसरमा लहानस्थित पशुपति आदर्श माविको खुल्ला मैदानमा आयोजित बलिदानी सभामा देश टुक्रइउने र छुट्टै मधेस देश बनाउने अभिव्यक्ति दिएकाले राज्यविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक केसीले बताए। सप्तरीको महदेवा गाविस स्थायी घर भएका राउत जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। यता सिरहाको लहानमा बिहानैदेखि राउतका समर्थक कार्यकर्ताहरूले रिहाइको माग गर्दै प्रदर्शन गर्न थालेपछि २१ जना समर्थक कार्यकर्ताहरूलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अधिकांश युवाहरू रहेका छन्। राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो। तर धरौटीमा छुटेका थिए। राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ। देश विखण्डनको कार्यमा अग्रसर उनलाई प्रहरीले हतकडी नलाई माया गरेको तस्वीरमा देखिएको छ। यसरी पक्राउ गरिएका व्यक्तिलाई अक्सर हतकडी लगाउने गरिन्छ। उनलाई बिहीबार दिउँसो ३ बजेतिर पक्राउ गरिएको भए पनि उनको समर्थनमा प्रदर्शन गरिएको भन्दै सीकेले शुक्रबार पनि ट्वीटरमा फोटो हालेको पाइएको छ। जब कि थुनामा रहेको व्यक्तिलाई सामाजिक सञ्जाल चलाउने अनुमति हुँदैन।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy