Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सेना प्रहरीसँग नभिड्ने रणनीतिमा विप्लव माओवादी

\"\"काठमाडौं, २५ माघ । बेला बखत सशस्त्र क्रान्तिको उद्घोष गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाली सेना तथा प्रहरीसँग नभिड्ने रणनीतिलाई नै अँगालेर अघि बढ्ने भएको छ । विप्लव माओवादीले आठौं महाधिवेशनबाट शान्तिपूर्ण कार्यक्रमलाई नै पहिलो प्राथमिकताका साथ अघि बढाउने भएको छ । आजको राजधानी दैनिकमा खबर छ– विप्लव माओवादीले दलाल तथा भ्रष्टाचारीहरुमाथिको निशानालाई भने झनै महत्व दिँदै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । माओवादीले सांगठनिक रुपमा संसदीय व्यवस्थाभन्दा बाहिर रहेका माओवादीसँग तालमेल र सहकार्यलाई महत्व दिने नीति समेत लिने देखिएको छ । करिब २ वर्ष अगाडि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट विभाजन भएर बनेको नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउँदै आएको जनाएको छ । माओवादीले भ्रष्टाचारीको नाममा विभिन्न व्यक्तिमाथि भौतिक आक्रमण तथा कालोमोसो दल्ने कामसमेत गर्दै आएको छ । सोही माओवादीले १ फागुन अर्थात १० वर्षे सशस्त्र जनयुद्ध सुरु भएको दिनदेखि नै आठौं महाधिवेशन सुरु गर्ने भएको छ । माओवादी नेता अनिल शर्माका अनुसार महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्लामञ्चमा हुनेछ भने बन्दसत्र रोल्पाको थवाङमा गर्ने तयारी छ । ५ फागुनदेखि १० गतेसम्म हुने बन्दसत्रमा पार्टीले राजनीतिक तथा सांगठनिक विषयमा समिक्षा र सांगठनिक पदपूर्ति समेत गर्ने जनाएको छ । गाउँदेखि शहर जोड्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव माओवादीले पार्टीले अगालेको कार्यदिशालाई अझै प्रष्ट पार्ने तर कार्यदिशामा खासै परिवर्तन नहुने जनाएको छ । ‘शान्तिपूर्ण रुपमा नै अगाडि बढ्ने हाम्रो पार्टीको पहिलो शर्त हो,’ नेता शर्माले भने, ‘तर शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा, संगठन बनाउँदा दमन भए, धरपकड भएमा त्यहीअनुसार बढ्न सकिन्छ ।’ माओवादी नेता सन्तोष बुढामगरले अहिले सेना प्रहरीसँग भिड्ने पार्टीको कुनै रणनीति नहुने स्पष्ट पारे । ‘हाम्रो उद्देश्य देशलाई निकास दिनु हो, अहिले सेना प्रहरीसँग भिड्ने लड्ने हुन्न,’ बुढामगरले भने, ‘तर दलाल र भ्रष्टाचारीहरुविरुद्ध हाम्रा गतिविधि जारी रहन्छन् ।’ माओवादीले संसदीय व्यवस्थाले निकास नदिने भन्दै गाउँमा आफ्नै सत्ता निर्माण गर्न तिब्रता दिने र संगठन विस्तारलाई ध्यान दिने सांगठनिक रणनीति अपनाउने बुझिएको छ । पार्टीले बन्दसत्रमा १ हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने आकलन गरेको छ । व्यवस्थापन समितिको जिम्मा पाएका बुढामगरले थवाङमा बन्दसत्रका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । ‘एक हजार बढी अट्ने हल निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ, अहिले बन्द सत्रका लागि यो हल प्रयोग गरिन्छ भने पछि गाउँ र स्कुललाई जिम्मा दिइनेछ,’ बुढामगरले भने । बुढामगरका अनुसार श्रमसहित जोड्दा भवन निर्माण लागत डेढ करोड लाग्ने भएपनि आफ्नै श्रम भएकाले ५० लाख रुपैयाँमाथि लागतमा भवन निर्माण भईरहेको हो । महाधिवेशन प्रतिनिधिका लागि माओवादीले १० हजार पार्टी सदस्य बराबर १० जना प्रतिनिधि र त्यसभन्दा माथि जति भएपनि १२ जनाको दरले सहभागी गराउने जनाएको छ । ‘विदेशलगायत कतिमा सदस्यहरु बन्ने क्रममा छन्, त्यस्तो ठाउँबाट एक जना प्रतिनिधि सहभागी हुन्छन्,’ नेता शर्माले भने, ‘नत्र १० हजार पार्टी सदस्य बराबर १० जना भन्ने नियम बनाएका छौं, यसो गर्दा १ हजारको संख्यामा प्रतिनिधि पुग्ने देखिएको छ ।’ प्रचण्ड बाबुरामलाई बाईपास विप्लव माओवादीले महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई नबोलाउने भएको छ । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र मोहन विक्रमलाई भने अतिथिका रुपमा निमन्त्रणा गरिने जनाइएको छ । ‘अहिलेसम्म प्रचण्ड र बाबुरामलाई नबोलाउने भन्ने नै कुरो रहेको छ, वैद्य र मोहन विक्रमलाई भने बोलाउने निर्णय गरिएको छ,’ नेता शर्माले भने । उनले विदेशी पाहुनाहरु क–कसलाई निमन्त्रणा गर्ने भनेर तयारी भइरहेको समेत जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy