Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

विद्यार्थी पढाउँदै दोलखाका जिसिअ

\"\"दोलखा, २८ माघ । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त छन् । नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कक्षामा पुगी विद्यार्थीलाई पढाउने गरेका छन् । विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवम् अनुगमन गर्ने क्रममा जिशिअ काशिछेवाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्यार्थीलाई सिकाउने गरेका छन् । जिशिअले टोलीमा विषयगत विशेषज्ञ स्रोत व्यक्तिहरु लिएर जाने हुँदा विषयगत समस्या समाधान गर्न सजिलो भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । जिल्लाको सिकाइ उपलब्धि जसरी भएपनि वृद्धि गर्नुपर्ने चुनौती आजका शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीमा रहेकाले विद्यालय निरीक्षण दौडाहा कार्यक्रम अभियानका रुपमा अगाडि बढाएको जिशिअ काशिछवाले बताए । शैक्षिक सुधारका लागि शिक्षाका तीन खम्बा शिक्षक, विद्यार्थी र अभिभावकलाई नै सचेत तथा क्रियाशील गराउन गाउँगाउँ पुग्ने गरेको जिशिअ काशिछेवाले दाबी गरे । विद्यालयमा प्रधानाध्यापक भए÷नभएको छड्के रुपमा शिक्षकलाई टेलिफोन गर्ने र को शिक्षक छैन, प्रअलाई निरन्तररुपमा फोन गर्ने अभियान जिशिअ काशिछेवाले चलाएका छन् । विगतका दिनमा भन्दा काशिछेवाको आगमनपछि अधिकांश विद्यालयमा शिक्षकले नियमित रुपमा पढाउन थालेको प्रधानाध्यापक बताउँछन् । भौतिक निर्माणका काम जिल्ला शिक्षाले तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लामा सञ्चालित निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि धेरै नै न्यून रहेकाले जिल्ला शिक्षा कार्यालयको यो अभियानले यी विद्यालयको अन्तरलाई केही हदसम्म कम गर्ने शिक्षाविद प्रदीप मानन्धरले बताए । मानन्धरले भने, “हरेक जिशिअले यही शैक्षिक गतिमा अघि बढ्ने हो भने सरकारले अपेक्षा गरेको शैक्षिक उपलब्धि सहजरुपमा हासिल हुनेछ ।” काशिछेवा जिल्ला शिक्षा अधिकारीका रुपमा दोलखामा आएपछि शैक्षिक सुधारका गतिविधि उल्लेख्यरुपमा अगाडि बढिरहेको राजकुलेश्वर निमाविका शिक्षक तथा सहायक प्रधानाध्यापक बलराम शिवाकोटी बताउछन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy