Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

जेठमा निर्वाचन असम्भवः राणा

\"\"भक्तपुर, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने बताएका छन् । रफत सञ्चार क्लवले आयोजना गरेका साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले राप्रपा जेठमा निर्वाचनको पक्षमा भएपनि सरकार निर्वाचन गर्ने पक्षमा नभएको बताए । मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कातर्फ सरकारले मधेशी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको उनले बताए । राणाले मधेशवादी दललाई वाईपास गरेर निर्वाचन सम्भव नभएको बताउँदै दुई दशकदेखि हुन नसकेको निर्वाचन यथाश्रीघ यही सरकारले गर्नुपर्ने बताए । ठूला पार्टीले देशलाई दिशा दिन नसक्दा देश कता जाने के गर्ने अनिर्णयको बन्दीमा फसिरहेको बताउँदै ठूला राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उनको धारणा थियो । चुनाव हुने वा नहुने संकटमा परेको बताउँदै उनले निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्ने बताए । उनले तत्काल निर्वाचनको मिति घोेषणा गर्न माग गर्दै सरकारले भूकम्पपीडितको लागि केहि काम गर्न नसकेको बताए । सरकारले पुनःनिर्माणको कार्यलाई अगाडि बढाउन नसक्दा जनता निरास भइरहेकाले तत्काल पुनःनिर्माणको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरे । भूकम्पपीडितलाई बाँडिएको किस्ताले नेपाली जनतालाई अपुग भएको पनि उनले बताए । उनले राप्रपा सरकारबाट बाहिरिने कुरा हल्ला मात्र भएके बताउँदराप्रपाले सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताए । उनले को नेताले कहाँ गएर के भन्छ भनेको भनाईलाई सरकारबाट फिर्ता बोलाउन नसकिने बताए । उनले पार्टीले सरकारबाट फिर्ता बोलाउने आधिकारिक निर्णय गरिनसकेको बताए । देशमा ठूला पार्टीको नयाँ विकल्पको रुपमा राप्रपा अगाडि बढिरहेको उनको भनाई थियोे । आगामी निर्वाचनमा राप्रपा तेस्रो शक्तिको रुपमा स्थापित हुने उनको दावी रहेको छ । पार्टी एकता महाधिवेशनले राप्रपालाई निर्वाचनमा तेस्रो शक्तिका रुपमा उभ्याउने उनको भनाई रहेको छ । ठूला पार्टीले देशलाई विकास गर्न नसकेकाले नयाँ विकल्पको रुपमा खडा गरिरहेको उनले बताए । महाधिवेशनबाट आउने नयाँ नेतृत्वले मुलुकमा भएको विद्यमान समस्यालाई हल गर्ने उनले बताए । नेता जबराले ३ प्रतिशतको थे्रसहोडले राप्रपालाई कुनै फरक नपर्ने बताउँदै थे्रस होड राख्नुपर्ने पक्षमा राप्रपा रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy