Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पार्टीको नाम फेर्ने तयारीमा विप्लव माओवादी

\"\"काठमाडौं, २ फागुन । नेकपा (माओवादी) को आठौँ महाधिवेशन आइतबारबाट सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित सभामा महाधिवेशन उद्घाटन गरे । उद्घाटनअघि माओवादीले काठमाडौंको मुख्य तीन स्थान कालिमाटी, लैनचौर र बबरमहलबाट र्‍याली निकालेको थियो । आजको नयाँ पत्रिकामा खबर छ– र्‍यालीका सहभागीले रातो झन्डा बाकेर रातै क्याप लगाएका थिए । सहिदगेटमा तीनवटै र्‍याली मिसिएका थिए । सहिदगेटबाट र्‍यालीको नेतृत्व महासचिव चन्दले गरेका थिए । र्‍यालीमा सहभागी माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस भव्य रूपमा मनाऔँ,’ ‘एकीकृत जनक्रान्ति जिन्दाबाद’ जस्ता नारा लगाएका थिए । थवाङमा बन्दसत्र राजधानी काठमाडौंमा महाधिवेशनको उद्घाटन भए पनि माओवादीले बन्दसत्र भने जनयुद्धको उद्गमस्थल थवाङमा आयोजना गर्ने भएको छ । ५ फागुनबाट सुरु हुने बन्दसत्र पाँचै दिन चल्ने प्रचार समितिका सदस्य जन्मदेव जैसीले बताए । बन्दसत्रका लागि सोमबार र मंगलबारबाट प्रतिनिधिहरू त्यसतर्फ प्रस्थान गर्ने जैसीको भनाइ छ । महाधिवेशनमा करिब साढे आठ सय प्रतिनिधि सहभागी हुँदै छन् । एकीकृत जनक्रान्तिको कार्यदिशा महाधिवेशनमा महासचिव चन्दले एकीकृत जनक्रान्तिको कार्यदिशासहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्दै छन् । कार्यदिशा जनक्रान्ति नै भए पनि त्यसको रूप कस्तो हुनेबारे माओवादीले केही बताएको छैन । जनविद्रोहमार्फत अघि बढ्न खोजेको माओवादीले हिंसात्मक आन्दोलन गर्ने कि नगर्नेलगायतका विषयमा बन्दसत्रमा घनीभूत छलफल गर्ने बताइएको छ । यद्यपि, महासचिवको प्रतिवेदन अहिलेसम्म गोप्य राखिएको छ । महाधिवेशनको सम्मुखमा भ्रष्ट र दलालमाथि कारबाही गर्ने भन्दै माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि दुव्र्यवहार गर्दै कालोमोसो दलेको थियो । पार्टीको नाम फेर्ने तयारी माओवादीले महाधिवेशनबाटै पार्टीको नाम फेर्ने विषयमा छलफल गर्दै छ । महासचिव चन्दले राजनीतिक प्रस्तावमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । विप्लवसहित केन्द्रीय नेता एउटै ड्रेस कोडमा महाधिवेशनमा महासचिव चन्दसहित ६१ सदस्यीय केन्द्रीय समितिका नेता एउटै ‘ड्रेस कोड’ मञ्चमा देखा परेका थिए । प्रायः सबै नेताले खैरो रङको कोट र रातो टोपी लगाएका थिए । माओत्सेतुङले लगाउने ‘ड्रेस कोड’मा माओवादी नेता मञ्चमा देखा परेका हुन् । ‘सबै समस्याको जड संसदीय व्यवस्था’ नेकपा (माओवादी) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेका सबै समस्याको जड संसदीय व्यवस्था भएकाले नयाँ जनवादी व्यवस्थाका निम्ति क्रान्ति अघि बढाउनुपर्ने बताएका छन् । खुलामञ्चमा भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेका सबै विभेद र असमानता संसदीय व्यवस्थाका उपज हुन्, यसलाई ढाल्न क्रान्ति गरेर नयाँ समाजवादी व्यवस्थामा जानुपर्छ ।’ तर, क्रान्तिको स्वरूप कस्तो हुने भन्ने उनले केही खुलाएनन् । उनले जनयुद्धले उठाएका मुद्दा र सपना पूरा हुन नसकेको भन्दै प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्ध दिवस मनाउने नैतिक अधिकार गुमाइसकेको दाबी पनि गरे । ‘जनयुद्धका योद्धाहरूको सपना पूरा भएन, बीचैमा ठूलो धोका भयो,’ विप्लवले भने, ‘त्यसैले जनयुद्धको नाममा प्रचण्ड र बाबुरामहरूले कमान्डर दाबी गर्ने नैतिक अधिकार गुमाइसकेका छन्, अब नयाँ ढंगले जनक्रान्तिलाई उठाउनुपर्ने आवश्यकता छ ।’ सम्बोधनको अधिकांश समय उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसको आलोचनामा खर्चिए । प्रचण्डले भारतसँग २५ बुँदे सम्झौता गरेर राष्ट्रघात गरेको विप्लवले आरोप लगाए । बिप्पा सम्झौतासँगै सुरु भएको राष्ट्रघातको शृंखला २५ बुँदे सम्झौतासम्म पुग्दा उत्कर्ष रूप लिएको उनको दाबी छ । ‘प्रचण्ड हामीलाई भारतसँगको असमान सन्धि–सम्झौता खारेज हुनुपर्छ भन्दै थिए तर होइन रहेछ, ती त सबै नक्कली कुरा रहेछन्,’ विप्लवले भने, ‘भारत भ्रमणमा २५ बुँदे सम्झौता गरेर राष्ट्रिय स्वधीनतालाई दाउमा राखेपछि उनको असली नियत के हो भन्ने प्रस्ट भइसक्यो ।’ उनले सिके राउतलाई जस्तै माओवादीका नेता–कार्यकर्ता पक्राउ गरेर जेल हाल्ने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यस्तो हर्कत गरिए ठूलो जनविद्रोह हुने चेतावनी पनि दिए ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy