Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मोर्चा मनाउन प्रधानमन्त्रीको ‘वान टु वान’ भेट

काठमाडौं, ६ फागुन । यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त मधेसी मोर्चाका नेतासँग ‘वान टु वान’ भेट थालेका छन् ।मोर्चालाई सहमतिमा ल्याएर जेठभित्रै स्थानीय निर्वाचन सम्पन्न गर्ने गरी ८ फागुनअगावै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड निर्वाचन मिति एक–दुई दिनमा नै घोषणा गर्ने र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी तयारी गरिरहँदा संसद्बाट चाँडै नै संविधान संशोधन पनि गराउने गरी सहमति जुटाउने प्रयासमा छन् । आजको राजधानी दैनिकमा खबर छ– निर्वाचन आयोगले ८ फागुनभित्रै निर्वाचन मिति घोषणा गरिए १ र २१ जेठमा दुई चरणमा स्थानीय निर्वाचन गर्न सम्भव रहेको कार्यतालिका सरकारलाई दिएको थियो । आयोगकै कार्यतालिकाअनुसार निर्वाचन मिति घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड १० फागुनमा बस्ने व्यवस्थापिका–संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संविधान संशोधनमा लचिलो हुन आग्रह गर्ने र त्यसअघि मोर्चालाई निर्वाचनमा लचक हुन आग्रह गरेर निर्वाचन मिति घोषणा गर्ने तयारीमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार संयुक्त मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग ‘वान टु वान’ भेट गरेका छन् । भेटमा प्रचण्डले मिति घोषणा र संविधान संशोधन विधेयक केही दिन अघिपछि भए पनि एकैसाथ अगाडि बढाउने सरकारको तयारी रहेकाले निर्वाचन मिति घोषणामा सहयोग गर्न आग्रह गरेका छन् । मोर्चाका नेता महतो पनि प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा सकारात्मक बनेको बताइएको छ । महतोले सुरुमा मिति घोषणा गर्दा अन्य मोर्चाका नेताहरूको असन्तुष्टि रहने भएकाले संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्नु राम्रो हुने सुझाव दिएका थिए । तर, प्रचण्डले निर्वाचन आयोगले फागुन पहिलो साता नै निर्वाचन मिति घोषणा गर्न माग गर्दै आएकाले अहिले निर्वाचन मिति घोषणा गर्ने र लगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको बताएपछि महतोले आफू भने सकरात्मक नै रहेको जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले मोर्चाका विभिन्न घटकसँग सुरुमा ‘वान टु वान’ भेट गर्ने र मोर्चासँग संयुक्त रूपमा भेटेर पनि सहमति जुटाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । यसअघि प्रमुख तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ८ फागुनअगावै निर्वाचन मिति घोषणा गर्न सहमति जुटेको थियो । सरकारले निर्वाचन मिति घोषणा गर्ने तयारी गरे पनि मोर्चाले भने संविधान संशोधनअगाडि निर्वाचन मिति घोषणा भए आन्दोलनमा उत्रने चेतावनी दिँदै आएको छ । ‘परिमार्जनसहित विधेयक पारित नभए सशक्त आन्दोलनमा उत्रनुको विकल्प छैन,’ फोरम नेता अशोक राईले भने । निर्वाचनको वातारण नबनीकन चुनाव मिति घोषणा गर्न नहुने उनको तर्क छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचन सबैको सहमतिमा र सबैले भाग लिन सक्ने अवस्थामा गर्नुपर्ने भए पनि संविधान कार्यान्वयन गर्नुपर्ने राज्यको मुख्य जिम्मेवारी भएकाले मिति घोषणा र संविधान संशोधन एक–दुई दिन अघिपछि भए पनि सँगसँगै अघि बढ्ने बताइन् । ‘निर्वाचन मिति घोषणा गर्न मोर्चाले सहयोग गर्नुपर्छ, अनि संविधान संशोधन गर्न एमाले लचक हुनैपर्छ,’ उनले भनिन
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending