Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

राजधानीमा दिउँसै व्यापारी अपहरित

काठमाडौं, ७ फागुन । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो । सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए । मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ । अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए । त्यसवेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । दुई अपहरणकारी पक्राउ प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् । मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए । त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए । अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए । युवतीको माध्यमबाट अपहरण बढ्दो केही समययता युवती परिचालन गरी अपहरणका घटना बढ्न थालेका छन् । गत ४ पुसमा सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई युवतीमार्फत अपहरण गरी महाराजगन्जमा बन्धक बनाइएको थियो । अपहरणमा संलग्न दुईजना युवक पक्राउ परे भने युवतीसहित मुख्य नाइके अझै फरार छन् । त्यस्तै, गत २३ माघमा नेपालगन्जमा पनि जग्गा व्यवसायी केशरबहादुर रोकायालाई युवतीकै माध्यमबाट अपहरण गरी फिरौती असुलिएको थियो । गिरोहमा आबद्ध युवती रीता गुरुङसहित चारजनालाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो । पहिलोपटक अदालतको आदेशमा ‘कल डिटेल’ उपत्यकामा प्रहरीले पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमएस डिटेल तथा लोकेसन हेर्न थालेको छ । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौं जिल्ला अदालतबाट आदेश लिएर विभिन्न सातवटा नम्बरको कल डिटेल नेपाल टेलिकमबाट मगाएको हो । अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थालिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । सर्वोच्चले अदालतको आदेश लिएर मात्र कल डिटेल हेर्न आदेश दिएपछि प्रहरीले यस्तो प्रक्रिया सुरु गरेको हो । गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेश अपराध अनुसन्धानका लागि धेरै जटिल हुने प्रहरी अधिकारीहरू बताउँछन् । बिहीबार व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेको खबर बेलुका साढे ८ बजे प्रहरीले पाएको थियो । तत्काल कल डिटेल हेरेर अनुसन्धान गर्नुपर्ने थियो । तर, अदालतले शुक्रबार दिउँसो मात्र कल डिटेल हेर्न अनुमति दियो । ‘त्यतिवेलासम्म अपहरणकारीहरू सजिलै भागे,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘अदालतको आदेशपछि अब अपराधीलाई सहज भएको छ, हामी अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुगेका छौँ ।’ अपराध अनुसन्धानमा कल डिटेल नै प्रहरीको प्रमुख आधार हुँदै आएको छ । तर, भनेको समयमा कल डिटेल नआउँदा अपराधी भागिसक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy