Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

संशोधन ‘फेस’ गर्न विपक्षी गठबन्धन तयार

\"\"काठमाडौं, १२ फागुन । सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई संसद्मा मतदानबाट टुंगो लगाउन एमाले तयार भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सबै दलहरू प्रक्रियाबाट आउने परिणाम स्वीकार गर्न तयार भए प्रक्रियामा जान एमाले तयार भएको हो । एमालेको सो लचकतापछि संसद्मा टेबुल भइसकेको संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गर्न लागिएको छ । आजको राजधानी दैनिकमा खबर छ– प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको नौ दलीय विपक्षी गठबन्धनले संविधान संशोधन विधेयक संसद्बाट पारित वा फेल भएको अवस्थामा के हुने भन्ने विषयमा सरकारबाट स्पष्ट जवाफ नआएसम्म बैठकको कार्यसूचीमा संविधान संशोधन विधेयक राख्न नदिने जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज (बिहीबार) बिहान यस विषयमा स्पष्ट भएपछि मात्रै संसद् बैठक सञ्चालन गर्न दिने विपक्षी गठबन्धनको दलको अडान छ । संविधान संशोधन विधेयक पास भए पनि फेल भए पनि एमालेसहितका नौ दलले स्वीकार गर्ने जनाएका छन् । ‘मधेसी मोर्चाले परिणाम स्वीकार गर्ने हो कि होइन ? यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्छ,’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘यस विषयमा स्पष्ट जवाफ आए संसद्मा संविधान संशोधन विधेयकको कार्य अघि बढ्नेछ ।’ संविधान संशोधन संसद्को दुई तिहाइ बहुमतबाट मात्र हुने भएकाले एमालेले दुई तिहाइ पुग्न नदिने रणनीतिमा भने लागि नै रहने जनाएको छ । संविधान संशोधन विधेयक असंवैधानिक भन्दै गत १६ मंसिरदेखि १८ पुससम्म संसद् अवरुद्ध गरेका प्रमुख प्रतिपक्षसहितका नौ दलले यसपटक भने केही लचकता देखाएका हुन् । तर, परिणाम स्वीकार गर्न सबै तयार हुनुपर्ने विपक्षी गठबन्धनको भनाइ छ । संविधान संशोधन विधेयकलाई संसद्मा प्रक्रियाबाटै टुंगो लगाउने भन्दै आफ्नो लचकता देखाएका कारण संविधान संशोधन विधेयक संसद्मा अघि बढ्ने लगभग निश्चित छ । मंगलबार १ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमालेको आग्रहका कारण सूचना जारी गर्दै बुधबार २ बजे बोलाइएको थियो । बुधबार बोलाइएको बैठक पनि प्रमुख प्रतिपक्षको आग्रहमा सूचना जारी गर्दै स्थगित भएको छ । संसद् बैठक बस्नुअघि एमाले संसदीय दलको बैठक बसेको थियो । दलको बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयकलाई संसद्मा अघि बढ्न दिने तर त्यसलाई असफल बनाउने रणनीति लिनुपर्ने बताएका थिए । अब एमालेले उग्ररूप लिँदा यसैको निहुँमा आगामी ३१ वैशाखको स्थानीय तहको निर्वाचन भाँडिन सक्ने हुँदा त्यसलाई मध्यनजर गरेर संविधान संशोधन विधेयकलाई संसद्मा अघि बढ्न दिने तर त्यसलाई असफल तुल्याउनुपर्ने ओलीको भनाइ थियो । संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्तिका रूपमा स्थापित हुने निश्चित भएकाले त्यसलाई अब बाधा पुग्ने काम गर्ने गरी एमाले प्रस्तुत हुन नहुने सुझाव दिएका थिए । संविधान संशोधन विधेयकमाथि एमालेले संसद्मा फेस गर्न तयार हुने निर्णय गर्दै विधेयक पारित भए सरकारले के गर्छ ? फेल भए मधेसी मोर्चाले के गर्छ ? त्यसको जवाफसमेत माग गरेर जवाफ आएपछि मात्रै संसद्मा संशोधन विधेयक अघि बढ्न दिनुपर्ने निर्णयमा पुगेको हो । यो प्रस्ताव एमाले उपाध्यक्ष रावलले गरेका थिए । ‘संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गरिसकेपछि पास वा फेल एक हुन्छ, पास भएमा सरकारले के गर्छ, फेल भए मोर्चाले के गर्छ ? यसबारे सरकारको धारणा नआएसम्म एमालेले संविधान संशोधन विधेयकको विषय कार्यसूचीमा राख्न दिँदैन,’ रावलले भने, ‘सबै पक्ष संसद्बाट आउने परिणाम स्विकार्न तयार भए प्रक्रिया अघि बढाउन हामी सबै तयार छौं ।’ रावलले सो प्रस्तावलाई बैठकले स्वीकार गर्दै नौ दलको बैठकमा लगिएको थियो । नौ दलले पनि सो प्रस्तावलाई स्वीकार गरेपछि संसदको बैठक स्थगित भएको हो । एमालेसहितका नौ दलको आग्रहमा बुधबार २ बजे बोलाइएको संसद् बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद्मा गत २४ पुसमा संविधान संशोधन विधेयक टेबुल भएको थियो । विपक्षी गठबन्धनले मोर्चासहित सबैले परिणाम स्वीकार नगर्ने अवस्थामा संशोधनलाई यथास्थितिमा राखेर निर्वाचनमा जानृुपर्ने निर्णयसमेत गरेको छ । मोर्चाका नेताहरूले संशोधन पारित नभए संसद्बाट राजीनामा दिएर जाने चेतावनी दिएपछि एमालेसहितका विपक्षी गठबन्धनले सो प्रस्ताव गरेका हुन् । ‘संविधान संशोधन विधेयक मुलुकको हितमा नभएका कारण पारित गर्न सकिन्न, हामी असफल पार्छौं, विधेयक असफल भए संसद्बाटै राजीनामा दिएर जाने मधेसी मोर्चाले धम्की दिइसकेका कारण यथास्थितिमा राख्नु नै बुद्धिमानी हुन्छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने । उनले परिणाम स्वीकार नगर्ने अवस्थामा विधेयक अघि बढाउनु झनै घातक रहेको बताए । ‘परिणाम आएपछि संसद्बाटै राजीनामा दिएर जान्छु भनिसकेपछि कसरी अघि बढाउने ? यस्तो काम गर्नुहुँदैन,’ नेम्वाङले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy