Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

संसदीय समितिको निर्देशन ‘पाँच वर्षभित्र फास्ट ट्रयाक सम्पन्न गर’

\"\"काठमाडौं, १८ फागुन । संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याक आयोजना पाँच वर्षभित्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । चालू आर्थिक वर्ष ०७३/७४ देखि आयोजना निर्माण प्रक्रिया सुरु गर्ने गरी उक्त निर्देशन दिएको हो । ‘समितिको निर्देशनअनुसार सरकारले आर्थिक वर्ष ०७७(७८ मा आयोजना सम्पन्न गर्नुपर्छ,’ लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले भने । आजको नयाँ पत्रिकामा खबर छ– समितिले कार्ययोजना बनाएर काम अघि बढाउन र चालू आर्थिक वर्षमै बोलपत्र आह्वान गरी ठेक्का सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै, आयोजना निर्माणमा ढिलाइ हुँदा लागत वृद्धि हुँदै गएको समितिको निष्कर्ष छ । आयोजना निर्माणमा कुनै प्रकारको गुणस्तरमा कमी नगर्न भनिएको छ । यस्तै, मंगलबार बसेको समितिको बैठकले नेपाल सरकार आफैँले निर्माण गर्ने यो राष्ट्रिय गौरव आयोजना समयमै सम्पन्न गर्न आवश्यक स्रोत उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई पनि चालू आर्थिक वर्षमा सम्पन्न गर्न समितिले सरकारलाई भनेको छ । न्यायोचित मापदण्ड तयार गरी मुआब्जा सार्वजनिक लेखा समितिले फास्ट ट्रयाक आयोजनाका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जाको सम्बन्धमा पनि निर्देशन दिइएको छ । ‘न्यायोचित मापदण्ड तयार गरी चालू आर्थिक वर्षमै मुआब्जा वितरण सम्पन्न गर्नू’ निर्देशनमा उल्लेख छ । यसअघि गत हप्ता समितिमा भएको बैठकमा फास्ट ट्र्याक आयोजना प्रमुख सत्येन्द्र शाक्यले मुआब्जा वितरण आर्थिक वर्ष ०७४/७५ मा मात्र सम्पन्न गर्न सकिने जानकारी दिएका थिए । आयोजना कार्यालयका अनुसार फास्ट ट्रयाकको ७६ दशमलव ४ किलोमिटरमध्ये ९३ प्रतिशत (७० किलोमटिर) मा जग्गा अधिग्रहण गरिसकिएको छ । बाँकी रहेको ६ दशमलव ४ किलोमिटर सडकका लागि जग्गा अधिग्रहण गर्न २ अर्ब ८० करोड रुपैयाँ आवश्यक रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा पर्ने उक्त (६.४ किलोमिटर) जग्गा प्राप्तिका लागि मुआब्जामा विवाद भएपछि अझै वितरण हुन पाएको छैन । उक्त क्षेत्रका बासिन्दाले जग्गाको मूल्य निर्धारण कम भएको भन्दै निर्धारित मुआब्जा लिन मानेका छैनन् । ‘उपत्यकाको जग्गा भएकाले चलनचल्तीको दरभन्दा धेरै मूल्य राखिँदा पनि स्थानीयले असन्तुष्टि देखाएको आयोजना प्रमुख सत्येन्द्र शाक्यको भनाइ छ । काठमाडौं–तराई(मधेस फास्ट ट्र्याक सडक आयोजनाले अहिलेसम्म ३ अर्ब २४ करोड रुपैयाँबराबरको रकम ट्र्याक खोल्न र जग्गाधनीलाई मुआब्जा वितरणमा खर्च भएको छ । त्यसमध्ये ९४ करोड ४४ लाख रुपैयाँ भने ट्र्याक खोल्नमा खर्च भएको छ । भारतीय कम्पनीकै डिपिआर खरिदमा सहमति सार्वजनिक लेखा समितिले आफ्नो निर्णयमा उल्लेख नगरे पनि भारतीय निर्माण कम्पनी आइएल एन्ड एफएस (इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज) ले तयार गरेकै डिपिआर (विस्तृत आयोजना प्रतिवेदन)लाई खरिद गरी काम अघि बढाउन सरकारलाई सहमति दिएको छ । नयाँ डिपिआर तयार गर्ने हो भने थप १ वर्षको अवधि चाहिन्छ । जब कि चालू आर्थिक वर्ष सम्पन्न हुन ४ महिना १२ दिनको अवधि मात्र छ । यसअनुसार चालू आर्थिक वर्षमै ठेक्का सम्पन्न गर्नु भन्नुको अर्थ नयाँ डिपिआर तयार गर्नतिर लाग्नुभन्दा तयार भइसकेकै डिपिआर खरिद गरेर काम अघि बढाउनु उत्तम रहेकोमा समिति पुगेको समितिका एक सदस्यले बताए । यसअघि सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको समितिले पनि भारतीय कम्पनी आइएल एन्ड एफएसले तयार गरेको डिपिआर नै खरिद गर्ने सुझाब दिएको थियो । उक्त समितिले गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । सुझाब समितिले प्रतिवेदनमा फास्ट ट्रयाकलाई जतिसक्दो छिटो र कम खर्चमा सम्पन्न गर्नुपर्ने भएकाले नयाँ विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न समय र खर्च धेरै लाग्ने देखिएको उल्लेख गरेको थियो । नयाँ डिपिआर तयार गर्दा यसका केही फाइदा भए पनि १ वर्षको समय आवश्यक पर्ने र खर्च पहिले डिपिआर बनाउँदा लागेकोभन्दा धेरै लाग्ने भएकाले तयार गरेकै डिपिआर खरिद गर्न सुझाब दिएको थियो । डिपिआरको मूल्य ६० करोड ८० लाख भारतीय निर्माण कम्पनी आइएल एन्ड एफएस (इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज) ले डिपिआरका लागि भारतीय रुपैयाँ ३८ करोड (६० करोड ८० लाख रुपैयाँ) माग गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले भने कम्पनीसँग छलफल गरेर माग गरेको रकमभन्दा कममा पनि खरिद गर्न सकिने सम्भावना रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy