फाल्गुन १८ गते, २०७३ बुधवार 1st March, 2017 Wed०६:२९:३६ मा प्रकाशित
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा मंगलबार सम्बोधन गर्दै घोषित स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा भएको छ ।
निर्वाचनमा सहभागी हुन आह्वान
निर्वाचनसँगै राजनीतिक दलहरूबीच गाली र तालीको होइन, बरु निर्माण, विकास र जनसेवाको प्रतिस्पर्धा हुनेछ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । यो महोत्सवमा विनासंशय, विनाधक, विनाडर, मन, वचन र कर्मले उत्साहका साथ सहभागी हुन आमन्त्रण गर्दछु ।
उपलब्धि उल्टाउने षड्यन्त्र
देशको परम्परागत शासक वर्गलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मन परेको छैन । यी उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको छ । हिजो मधेसमा सबैभन्दा धेरै उत्पीडन गर्ने वर्ग अहिले मधेसी जनताकै काँधमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने सपना देखिरहेको छ ।
मोर्चालाई ६ प्रश्न
१. एकात्मक, केन्द्रीकृत र सामन्तवादी राज्यसत्ताले देशका बहुसंख्यक जातजाति, भाषभाषी, लिंग, वर्ण, वर्ग र क्षेत्रका जनतामाथि सदिऔँदेखि लादेको उत्पीडनविरुद्ध सबैभन्दा बढी को लड्यो ?
२. मधेसी, महिला, आदिवासी–जनजाति, मुस्लिम, दलित र विपन्नमाथिका राजनीतिक, आर्थिक र सांस्कृतिक विभेद अन्त्य गर्ने निर्णायक अभियान कसले सुरु गर्यो ?
३. मधेसलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो ?
४. पहिलो होस् वा दोस्रो, हरेक संविधानसभामा मधेस, थारू, जनजाति, उपेक्षित क्षेत्र र वर्गका जायज चासो र चिन्तालाई सम्बोधन गर्न हरेक लडाइ“को अग्रमोर्चामा को थियो ?
५. संविधान जारी गर्नैपर्ने बाध्यात्मक अवस्थामा समेत मधेसी, आदिवासी र जनजातिका जायज विमतिलाई दस्तावेजीकरण गर्दै आठबु“दे असहमति कसले दर्ज गर्यो ?
६ मधेसी जनताको जागरण र साहसको दुरुपयोग गरेर जनताका अधिकार खोस्न हिजो मधेसमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेसी जनताकै काँधमा बन्दुक राखेर लागिरहेका छन्, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ ? के मधेसी जनता यसको हिस्सेदार बन्न सक्छन् ?
मोर्चा मनाउन ७४४ स्थानीय तह
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन समितिले ७४४ स्थानीय तहको सिफारिस गरेको छ । २ नम्बर प्रदेशमा २२ र ५ नम्बर प्रदेशमा तीन स्थानीय तह बढाइएको छ । सबैभन्दा धेरै सप्तरीमा पाँच, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा एक–एक तह थप गरिएको छ । तर, मोर्चाले राजनीतिक सहमति नगरी संख्या टुंगो नलगाउन आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले समितिको म्याद तीन दिन थपेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: