फाल्गुन १८ गते, २०७३ बुधवार 1st March, 2017 Wed०७:०१:२७ मा प्रकाशित
काठमाडौं, १८ फागुन ।आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ । सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरूप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । अभ्यास चैत तेस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।
सेनाले सैन्य कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन विभिन्न राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल-चीन संयुक्त अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप फस्र्ट\' नाम दिइएको छ । टोलीले चिनियाँ जनमुक्ति सेनासँग समन्वय गरी अभ्यासको मिति, स्थान र रूपरेखा (मोडालिटी) टुंगो लगाउने सैनिक स्रोतले बताएको छ ।
सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रवक्ता कार्कीले अन्नपूर्णसँग भने, दुवै पक्ष अन्तिम तयारीमा जुटेका छन् । संयुक्त अभ्यासको मिति छिट्टै तय हुन्छ ।\' चीनमा दुवै देशका सैनिक अधिकारीको बैठकले अभ्यासमा सहभागी हुने सैनिक संख्या निर्धारण गर्नेछ ।
केही वर्षयता चीनले नेपाली सेनालाई दिँदै आएको सैन्य सहयोग बढाउँदै आएको छ । चिनियाँ र नेपाली सेनाको संयुक्त अभ्यासलाई भारत, अमेरिकालगायत कतिपय देशले असहज माने पनि सेनाले चीनसँगको सैनिक अभ्यास सामान्य र नियमित भएको जनाएको छ ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पुस १४ मा बेइजिङमा पत्रकारसम्मेलन गरी सन् २०१७ मा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यास हुने बताएका थिए । प्रारम्भिक चरणमा दैवीप्रकोप उद्धार र विपत् व्यवस्थापन केन्द्रित गरेर सैन्य अभ्यास गर्ने छलफल भए पनि विश्वमा बढ्दै गएको आतंकवादी गतिविधिलाई ध्यान दिँदै दुवै देशका सैनिक अधिकारी आतंकवाद र त्यसबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न सैन्य अभ्यासका लागि सहमत भएका थिए ।
नेपाली सेनाले यसअघि अमेरिका, भारतलगायत देशसँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ । नेपाली र बंगलादेशी सेनाबीचको सैन्य अभ्यास भने तत्कालका लागि स्थगित भएको सैनिक उच्च स्रोतले बताएको छ । सेनाले बंगलादेशसँग सगरमाथा आरोहण संयुक्त अभ्यासको तयारी गरिरहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: