फाल्गुन १८ गते, २०७३ बुधवार 1st March, 2017 Wed०७:२८:२० मा प्रकाशित
काठमाडौं, १८ फागुन ।फागुन १३ गते साँझ । बाँके बेतहनीकी माया बर्मा घरमा खाना बनाउँदै थिइन् । गाउँका केही केटाहरु त्यही बाटो भएर जाँदै थिए। मायालाई भाउजू भन्दै उनीहरुले भलाकुसारी गरे। घरमा मासु पाक्दै थियो, खाएरै जाने निधो भयो।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– केही बेरपछि आगँनमा पुलिस पुगे। सबैको भागाभाग भयो। एकजना हसन अलि मनिहारलाई प्रहरीले पक्राउ गर्यो। अर्का एकजना जुनेद खाँ त्यहाँबाट भागे अहिलेसम्म सम्पर्कमा छैनन्। प्रहरीले चौकीमा ल्याएर बलात्कारको मुद्दा चलाएको छ तर खासमा मायाको बलात्कार भएकै थिएन।
गाउँमा बिहेको रमझम थियो। शिवरात्रीको त्यस्तै उल्लास थियो। मानिसहरु यताउता गरिरहेका थिए। त्यही क्रममा उनीहरु पनि मायाको घरमा पुगेका थिए। छिमेकी भएका कारण उनीहरुको बोलीचाली, व्यवहार राम्रै थियो। त्यही बेला घरभित्र बसेका बेला कसैले पुलिसलाई फोन गरेर भनेछ ‘त्यहाँ केटाहरु गएर, मायाको बलात्कार गरिरहेका छन्।’ पुलिस तत्कालै पुग्यो।
अहिले मायाले पनि आफ्नो बलात्कार भएकै छैन, निर्दाेषहरुलाई फँसाइएको छ भनेर वकिल अनि प्रहरीलाई बयान दिइरहेकी छिन्। तर, प्रहरी मानिरहेको छैन। पक्राउ परेका हसनलाई प्रहरीले बलात्कारको मुद्दा लगाइसकेको छ।
खासमा यो घटनामा गाउँकै एकजनाले रिसिइबी साँध्नकालागि मायालाई प्रयोग गरेका छन्। केही दिनअघि बेतहनी–२ मा रहेको माछापुछ्रे प्राविमा विद्यालय व्यवस्थापन समितिको चुनाव भएको थियो। त्यसमा सदस्यकालागि उमेदवारी दिएका युनुस खाँले चुनाव हारेका थिए। हसन, जुनेदको समूह मिलेर एउटा प्यानल बनाएका थिए भने युनुसको अर्को प्यानल थियो। युनुसको समूहबाट सदस्य पदमा उठेकी मायाले पनि अर्को समूहकै बराबर १५ मत पाएकी थिइन्। चिठ्ठाबाट छानिदाँ माया पनि बाहिरिइन्। आफ्ना समूहका सबैले चुनाव हारेपछि युनुसले त्यो समूहसँग हरेक कुरामा निहु खोजिरहेका थिए।
त्यसअघि पनि स्थानीय सामुदायिक बनको चुनावमा युनुस कोषाध्यक्षमा लडेका थिए। त्यहाँ पनि जुनेदकी भाउजुले युनुसलाई हराइन्। त्यसपछि हरेक कुरामा त्यो समूहसँग बदला लिन खोजिरहेका युनुसले त्यो योजना रचे। अनि उनले त्यही घटनामा जुनेद र हसनहरुलाई फसाएर बदला लिने योजना बनाए। त्यसका लागि मायालाई प्रयोग गरे। त्यो गाविसमा रहेका चारवटा विद्यालय सबैमा युनुसको समूहले चुनाव हारेको थियो।
गाउँकी स्वास्थ्य स्वयं सेविका भएर काम गरिरहेकी मायाका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान भारतको गोवामा काम गर्छन्। घरमा एक्ली उनलाई गाउँलेले पनि ‘फरक’ नजरले हेर्थे। त्यो घटनापछि त झनै उनको बलात्कार भयो भनेर, हल्ला धेरै फैलिइसकेको थियो। ‘चार–चार जना बच्चा हुर्काएर बसिरहेको मान्छे हुँ, हुँदै नभएको हल्ला चलिरहेको थियो, निर्दाेषलाई त्यस्तै जेल हालिएको छ’ माया भन्छिन् ‘मैले आफै मेरो बलात्कार भएको छैन भनेपछि त सक्किगो नि ? ’
त्यही हल्लालाई समातेर युनुसले मायालाई धेरै डर देखाइदिए। \'हेर तिम्रो बलात्कार भयो भनेर गाउँभरि हल्ला भइसक्यो, अब तिमी केही गरेपनि बच्दैनौ बरु पुलिसमा त्यही मुद्दा देऊ नत्र झन बेइज्जत हुन्छ भनेर धेरै डर देखाए\' माया भन्छिन् \'युनुसको कुरा पनि ठीकै लाग्यो अनि ऊसँगै आएर बलात्कार भएको मुद्दा दिएँ, उजुरी पनि उसैले लेखिदियो मैले सहीमात्रै गरेँ अहिले पछुतो लागिरहेको छ।\'
त्यो दिन उनको घरमा पुगेको प्रहरीलाई पनि मायाले ‘बलात्कार भएकै छैन, भित्र बसेर गफमात्रै गर्दै थियौँ’ भनेकी थिइन् तर, प्रहरीले ‘तिमी चुप लाग अब हामी आफैं मुद्दा हेर्छौं भनेर हसनलाई समातेर लगेको थियो। \'मलाई त बोल्नै दिएनन्, अघिपछि महिलाअधिकारका कुरा गर्न आउने, अहिले यस्तो भन्ने ? भनेर पुलिसले उल्टै हप्काए\' उनले भनिन् \'अब हुँदै नभएको बलात्कारलाई मैले कसरी हो भन्नु त ?\'
प्रहरीले भने अब त्यो मुद्दामा केही पनि हेरफेर हुन नसक्ने बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राईका अनुसार बलात्कारजस्तो संवेदनशील मुद्दालाई फेरि फिर्ता गर्न मिल्दैन। \'त्यही महिलाले अघिल्लो दिन बलात्कार भयो भनेर मुद्दा दिने अनि अहिले फेरि हैन भन्ने\' उनले भने ‘यदि त्यस्तो भएन भने अब उसैलाई कारबाही गर्नुपर्छ। तर, अब यो मुद्दा प्रहरीको मात्रै होइन, अदालतले नै फैसला गर्नुपर्छ।\'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: